Yug Post

आठ नियमले चिनलाई यस्तो प्रभाव पारेको रहेछ

Advertisement

२०८१ चैत २८ गते चीन भ्रमणको दाेस्राे दिन “आठ वटा नियमहरुले चीनलाई गहिरो रुपले परिवर्तन गरेको छ ” भन्ने थियोे ।

। हामी पुर्व निर्धारित समय तालिका अनुसार पार्टी स्कुल एकेडेमी टावरकाे दाेस्राे तला रेष्टुरेन्टमा बिहान ८ बजे नास्ता गरेर बिषयगत कक्षा (१) मा सहभागी हुन प्रशिक्षण भवनको १०३ नम्बर काेठामा गयौं ।

आज हामी सबै औपचारिक पाेशाकमा उपस्थित भयौं । मैले पनि आज जीवनमा पहिलोपटक टाई लगाए । बिहानको नाै बजे देखि प्रशिक्षण सुरु भयो । त्यसमा हामी नेपाली प्रतिनिधिमण्डल र छाेङछिङ पार्टी स्कुलका प्रतिनिधि बिद्यार्थीहरु सहभागी थियौँ । कार्यक्रम प्राेटाेकल अनुसारको नाम प्लेट सहित व्यबस्थित र मर्यादित थियो । हरेक टेवुलमा कापी , कलम, हरियो चिया , हातमुख र चश्मा पुछ्ने पेपर सहित राखिएको थियोे । आजको मुल प्रशिक्षक पार्टी स्कुलको पुर्व प्राचार्य तथा द्वितीय श्रेणी प्राध्यापक लुओ जिओमेई ( Luo Xiao Mei ) थिइन । प्रशिक्षण तथा छलफलको बिषय चिनियाँ कम्युनिस्ट पार्टी द्वारा जारी ” आठ वटा नियमहरुले चीनलाई गहिरो रुपले परिवर्तन गरेको छ ” भन्ने थियोे । यस शिर्षक भित्र विभिन्न उप शिर्षकहरु पनि थिए । प्रशिक्षणमा प्राध्यापक लुओले ती विभिन्न उपशिर्षक अन्तरगत माओ देखि सिजिङपिङ सम्मको बिचारकाे बिकाश र अहिले पार्टी केन्द्रीय समितिले सम्पुर्ण देश र पार्टी भित्र लागू गरिएको आठ नियमको बारेमा लामो ब्याख्या गरेकी थिइन । यसमा पार्टीको संक्षिप्त इतिहास , दुई पहाड संगकाे लडाइँ , पार्टीको कार्यशैली सुधार , चीनिया शैलीको आधुनिकिकरणले जनजीवनमा पारेको प्रभाव , आठ नियमको अन्तरनिहित अर्थ र आन्तरिक सार आदि बिषय समेटिएका थिए । जसको सार लिउकाे भनाइमा यस्तो रहेकाे छ ।


छाेङछिङ शहर क्रान्तिकाे लाल किल्ला भएको र यसले अहिले पनि देशको मुल आर्थिक मेरुदण्डको रुपमा काम गरेको छ । याे सुन्दर शहर, सफा याङ्सी नदि र वरिपरिका हरिया पहाड बिच यहाँहरुलाई स्वागत छ । उनको जाेड थियोे अठारौं महाधिवेशन देखि अहिलेसम्म महासचिव सी ले अघि सारेको बिचारले चीनलाई नयाँ र आधुनिक चीनमा बदलेकाे छ । विशाल चीनलाई एकताबद्ध र संगठित गर्न एक उच्च बैचारिक आदर्शवाद र अर्को अनुशासन द्वारा संभव भएको हाे । दर्शन र अनुशासन द्वारा नै हामीले विशाल चीनलाई एकताबद्ध र समृद्ध बनाउन सकेका हाै । सुदृढ पार्टी चरित्र , उत्कृष्ट कार्यशैली र कडा अनुशासन कम्युनिस्ट पार्टीमा चाहिन्छ । आठ नियम अनुसार पार्टीको कार्यशैली सुधार गर्नु र अनुशासन द्वारा उत्कृष्ट कार्यशैली अपनाउनु हाम्रो मुल कार्यभार हाे । माक्र्सवादी पार्टी निर्माणको मुल सिद्धान्त भनेको कम्युनिस्ट घाेषणापत्र हाे ।

हाम्रो बिगतकाे आन्दोलन अनुसन्धानमा आधारित थियो भने अहिलेकाे आन्दोलन समाजवादी निर्माणमा छ । माक्र्सवादी आन्दोलन बिश्व सर्वहारकाे हितमा गरिएको हाे र छ । यसले जनतालाई केन्द्रमा राख्छ । हामीले पार्टी अनुशासनलाई बलियो बनाउनुपर्छ र अनुशासन द्वारा पार्टीलाई बाँध्नुपर्छ । सर्वहारा कम्युनिस्टको लागि अनुशासन र मेहनत मुख्य मन्त्र हाे । कम्युनिस्ट पार्टी निर्माणको लागि फलामे अनुशासन र क्रियाशीलता चाहिन्छ । हामी माक्र्सवाद र समाजवादको आदर्शलाई पकडेर अगाडि बढेका छाै ।


सन १९२१ काे पहिलो महाधिवेशनले चीनिया कम्युनिस्ट पार्टीकाे मार्ग तय गरेको थियोे भने सन १९२२ काे दाेस्राे महाधिवेशनले पार्टीको अनुशासनलाई छुट्टै बिधानले बाँधेको थियो । पछि माओले तीन गर तीन नगर अनि आठ ध्यान दिनु पर्ने कुराले निर्देशन गर्नुभयो । अहिले हामीलाई महासचिव सी ले जनताबाट आउने र फेरि जनतामा जाने बिधि नै सहि र उत्तम भएको निर्देशन गर्नुभएको छ । छाेङछिङ भ्रमणको बेला महासचिव सी ले गर्नुभएको भाषण , दिनुभएको निर्देशन र आठ नियम हाम्रो लागि सहि मार्गनिर्देशन हाे ।
इतिहासको दृष्टिकोणले हेर्दा अनुशासन द्वारा उत्कृष्ट कार्यशैली सुनिस्चित गर्नु भनेको चीनिया कम्युनिस्ट पार्टीको अमुल्य अनुभव हाे । सन १९२७ मा पार्टीले धक्का खाएपछि चिङकाङसानमा गएर थप याेजना बनाउनु त्यसकै नमुना हाे । हामीले माओका तीन गर र आठ ध्यान दिने कुरालाई पनि पालना गरेमा छाै । हामीलाई याे सबै कुरा अध्यक्ष माओले नै सिकाउनु भएको हाे । राम्रो अनुशासनले राम्रो पार्टी बनाउछ । हाम्रो पार्टीले गाउँ र गाउलेलाई बढी ध्यान दिन्छ । एउटा सामान्य लालसेना चाङझुतेकाे कार्यशैलीलाई लिएर अध्यक्ष माओले जनताको सेवा गर भन्ने निति बनाएका बनाउनु भएको थियो । चाङझुतेकाे आदर्श र संघर्षलाई देखेर माओले चाङजुतेबाट सिक भनेका भन्नू हुन्थ्यो । माओ जस्तै हाम्रो महासचिव सी पनि जनताबाटै सिकेर आउनु भएको हाे ।

सन १९४७ मा पहिलो पटक च्याङकाइसेक याङआन आएर माओलाई गुफामा भेटी उत्कृष्ट सैनिक भनेका थिए जहाँ चुतेह पनि साथै थिए । चुतेह र माओले आफै खाना पकाएर जनता र सेनालाई सेवा गर्थें । हाम्रो अनुशासनको भनेको कडा प्रबन्ध र कुनै पनि दाेषीलाई क्षमा नगर्ने हाे । ह्वाकाे फेङले पार्टी र क्रान्तिमा गद्दारी गरेकोेले माओले आफै कार्वाही गरेका थिए । त्यस्तै लिउसाओची र चाङकाेथाओलाई पनि कार्वाही गरेका थिए । माओले भ्रष्टाचारीकाे टाउको काट्ने र आफुलाई पनि त्यस्तै गर्न भनेका थिए । पार्टीको साताै केन्द्रीय समितिको दाेस्राे बैठकले शासनकाे प्रारम्भिक अवधिमा कार्यशैलीका ६ वटा नियमहरुकाे जग बसालेकाे हाे । जसमा जन्मदिन नमनाउने, उपहार नदिने , अरुको अपमान नगर्ने , मितव्ययी बन्ने , जनताको सेवा गर्ने , भष्टाचार नगर्ने आदि रहेका छन् ।

यसरी हेर्दा वास्तवमा चीनिया कम्युनिस्ट पार्टीले कठाेर वास्तविकतालाई आत्मसात गर्दै भ्रष्टाचारका बिरुद्ध कडा कदम चालेको रहेछ । उनीहरुको भनाइमा अब हामी कम्युनिस्ट पार्टीलाई कसरी समयानुकूल बनाउने र आदर्शमा कायम राख्ने भन्नेमा ध्यान केन्द्रित गरेका छाै । अनुशासन र कार्यशैलीकाे सुधार गर्नु भनेको भ्रष्टाचार बिरुद्धकाे मुल समाधान हाे । भ्रष्टाचार केन्द्र र स्थानीय दुबैमा हुन्छ र त्यसलाई कडा कार्वाहीकाे दायरामा ल्याउनुपर्छ । हामीले १८ औं महाधिवेशनबाट भ्रष्टाचार बिरुद्ध कडा नियम ल्यायाै । १९औ र २०औं महाधिवेशनमा आउदा धेरै नेताहरूलाई जेल हाल्याै । छाेङछिङमा पनि ४ वटा नकारात्मक प्रमुख पात्रहरुलाई जेल हालेका छाै । औंषधी लगाएतकाे क्षेत्रमा भ्रष्टाचार गर्ने ठुला नेताहरूलाई महासचिव सी ले कार्वाही गर्नु भएको छ । अनुशासन र कार्यशैली सुधार गर्नु भनेको शासन वातावरणमा आएको गहिरो परिवर्तन हाे । हाम्रो जस्तो ठुलो पार्टीकाे लागि अनुशासन कायम गर्नुभनेकाे मुख्य चुनाैती हाे ।

अहिले चीनिया कम्युनिस्ट पार्टीमा ९ कराेड ९१ लाख १८ हजार पार्टी सदस्य र १७ लाख स्थानीय पार्टी सदस्य रहेछन । त्यसमा अझै ५० लाख नयाँ सदस्य भर्ना गर्ने याेजना रहेछ । सिजिङपिङकाे भनाइमा आत्मक्रान्तिकाे भावना द्वारा पार्टीलाई रुपान्तरण र सुधार गर्नुपर्छ भन्ने रहेछ । आठ नियमको मुल सार, जनताले सबैभन्दा घृर्णा गर्ने कार्यशैलीलाई लक्ष गर्ने रहेछ । आठ केन्द्रीय प्रबन्ध वा नियममा निम्न कुराहरु समावेश गरिएको रहेछ ।
१) अनुशासित र लगनशील बन्ने
२) जनतासंग घनिष्ट संबन्ध राख्ने र जनताको सेवा गर्ने
३) अध्ययनशील र मेहनती बन्ने
४) अनुसन्धानात्मक र सृजनशील बन्ने
५) गाेपनियता र मितव्ययीता अपनाउने
६) जनताको आधारभूत आवश्यकता र शिक्षामा सुधार गर्ने
७) सहि समाचार सम्प्रेषण गर्ने र बैठकहरु व्यवस्थित गर्ने
८) औपचारिकता र नाेकरशाहीपनकाे बिराेध गर्ने, आदि ।


यसका अतिरिक्त महासचिव सी काे भनाइमा ,
अनावश्यक मन्दिर र मुर्ति बनाउनु भनेको जनताको सम्पत्ति अनावश्यक खेर फाल्नु हाे ।
अनावश्यक भवन र जनतालाई फाइदा नहुने याेजनामा लगानी गर्नु फजुल खर्च हाे ।
संसारको सबैभन्दा ठुलो सुख भनेको जनताको खुसिका लागि संघर्ष गर्नु हाे । चीनिया शैलीको आधुनिकिकरणमा जनजीवन सर्वाेपरि हाे । जनताबाट आउने र जनतामा जाने बिधि सहि र उत्तम विधि हाे ।
हामीले सहि प्रशासन र उपलब्धिमूलक दृष्टिकोण राख्नुपर्छ । जनताको पैशा खाएर जनतामा गलत शासन गर्ने नेता कहिल्यै असल बन्न सक्दैन ।

हामीले शासन गर्दा र पार्टी चलाउदा माक्र्सवादी सिद्धान्त र दर्शनलाई केन्द्रमा राखेर जानुपर्छ ।
पार्टी आचरण निर्माण गर्नु भनेको राष्ट्र समृद्ध , जनता सुखि र खुसी , राष्ट्रको प्रतिष्ठा उचाे, नवनिर्माणमा टेवा र जनताको सेवा गर्नु हाे ।
आठ नियम भनेको पार्टीलाई दीर्घकालसम्म बलियो बनाउन र राष्ट्रलाई समृद्ध गर्न ल्याइएकाे हाे ।
यहि आदर्श र बिधिमा टेकेर पछिल्लो चरणमा चीनमा ७ लाख ६८ हजार जति भ्रष्टाचारको कार्वाही भएको रहेछ । त्यसमा २ हजार ६२ केन्द्रीय सरकारी अधिकारी परेका रहेछन् । चीनमा साना ठुला सबैलाई एउटै नियम लागू हुनेरहेछ । प्राध्यापक लुओकाे भनाइमा ´ हाम्रो पार्टीमा पनि गम्भीर प्रश्न उठेकाेले नै आठ नियम बनाउनु परेको हाे । `
हामीले हाम्रो पार्टीलाई रुपान्तरण गर्नैपर्छ । सरकारी नेताहरुले भ्रष्टाचार गरेर भाेज खान र निजी सम्पत्ति लिन मिल्दैन । आठ वटा नियमले हाम्रो नेताका हात र जिब्रोमा नियन्त्रण जमाएकाे छ ।
आठ नियम लागू भएपछि जनताको बिस्वास र आर्थिक सुधारमा परिवर्तन सहित सकारात्मक परिणाम आएको छ । आठ नियमको प्रारम्भ महासचिव सीजिङपिङ र केन्द्रीय समितिका नेता हुदै तल्लो निकायमा लागू भएको हाे ।

यसको उद्देश्य पहिला नेताको टाउकोमा आगाे सल्काउनु पर्छ भन्ने हाे ।
अटल निश्चय र धैर्यका साथ कार्यशैली सुधारलाई अगाडि बढाउनुपर्छ । पार्टी र जनता बिच घनिष्ट सम्बन्ध राख्न सकिएन भने पार्टीको जग जनतामा खुम्चिने छ र शक्ति घट्ने छ आदि ।
यसक्रममा प्राध्यापक लुओले छाेङछिङका जनताले गरेको संघर्ष , दक्षिण चीनमा चाउएन लाईकाे नेतृत्वमा कम्युनिस्ट पार्टीले च्याङकाइसेक र जापान बिरुद्ध गरेको संघर्ष , कठिन पुर्ण भुमिमा गरेको उत्पादन र अहिले बिकास गरेको बिज्ञान प्रविधि र उद्योग तथा त्यसले पारेको अन्तर्राष्ट्रिय प्रभाव बारे प्रशिक्षण गरेकी थिइन ।

यस शेसनमा छाेङछिङ पार्टी स्कुलका बिद्यार्थी तथा आठ नियम कार्यान्वयन कर्ताहरुले पनि आआफ्नो अनुभव, कार्यान्वयनको प्रभाव र चुनाैती बारे प्रवचन दिएका थिए । त्यस प्रवचन दिनेमा Zhu Xiao, Shan Da Guo र Lin Ya लगाएत थिए । त्यसमा सबैको जाेड आठ नियमको पालना भनेको खाली सुन्दर नारा र खाेक्राे आदर्श नभई याे चीनिया संस्कृति र जीवन व्यवहार बनाउन खाेजेकाे र बन्दै गएको कुरामा थियो । यसले हामीलाई जनता संग जाेड्ने र जनताको बलियो बिश्वासमा हाम्रो बिशेषताकाे आधुनिक समाजवादी चीन बनाउनमा उच्च मार्गनिर्देशन गरेको छ । हामीलाई हाम्रो नेतृत्व महासचिव सी, महान माक्र्सवादी बिचार र पार्टी प्रति उच्च भराेशा र बिस्वास छ ।
उनीहरु सबैको जाेड अनुशासन , श्रम – समय र बैचारिक दृढता प्रति थियोे । सारमा उनीहरुको भनाइ पार्टीको र नेतृत्वको निर्देशनमा हामी जस्तोसुकै त्याग र बलिदान गर्ने पनि तयार छाै भन्ने थियोे । त्यतिमात्र नभएर निति लागू भएपछि के परिणाम निस्कियाे भन्ने पनि उनीहरुमा लेखाजोखा थियोे । जस्ताे कि पार्टी स्कुलका बिद्यार्थी Zhu Xiao काे भनाइमा आठ नियम लागू भए पछिको प्रभाव यस्तो थियो –

हाम्रो चीन शिष्टाचार युक्त देश हाे ।
म आठ नियम कार्यान्वयन गर्ने स्थानीय निकायको मान्छे हुँ । आठ नियम पछि औपचारिक तामझाम र खर्च घटाइएको छ र सभ्य सिष्टाचार कायम भएको छ ।
सार्वजनिक खर्च घटाइएको छ । नेताहरु आउदा गरिने सम्मान र समयको बचत भएको छ ।
सडकमा हुने ट्राफिक जाम र भिडभाड कम भएको छ । वित्तीय संस्थामाथिकाे खर्च र सार्वजनिक खर्च कम हुनुको साथै सरकारी गाडिको दुरुपयोग कम भएको छ ।
नेताहरु शासक र जनता शासित वा निरीह बन्ने प्रवृत्ति अन्त भएको छ ।
भ्रष्टाचार र औपचारिक झनझटिलाे पन अन्त भएको छ । नेताहरुकाे जीवनशैली जनताको जस्तो भएको छ ।
त्यस्तै स्थानियकाे महासचिव कमरेड सान दा गु (Shan Da Guo) काे अनुभव यस्तो थियो –
म आठ नियमको प्रभाव बारे अनुभव साट्न चाहन्छु ।
नेकपा माओवादी केन्द्रका कमरेडहरु संग भेट हुँदा र अनुभव साट्दा खुसि लागेको छ ।


आठ नियम भनेको सुन्दर नारा र खाेक्राे आदर्श हैन, याे त जीवन व्यवहार हाे ।म र हामी दैनिक आठ नियमकाे पालना गर्छाैं र यसको नेतृत्व गर्न सक्छाै ।
आठ नियमले हामीलाई सरल र असल कम्युनिस्ट बन्न सिकाएको छ ।नियम र सिद्धान्त जीवनमा प्रयोग भएनन् भने ती खाली खाेक्रा आदर्श मात्रै हुन्छन् ।
कम्युनिस्ट पार्टीको इतिहासले सिकाएको छ कि हामीलाई असंभव भन्ने केही लाग्दैन ।
म एक स्थानिय पार्टी सदस्य भएकोले आठ नियम पालना गरिरहेको छु ।इमानदार , लगनशील , अनुशासित, अध्ययनशील, सरल, स्वभाविक र वास्तविक बन्नु हाेस असल कम्युनिस्ट बन्न सकिन्छ ।
त्यस्तै छाेङछिङ पार्टी नगर सदस्यकाे कमरेड लिन या ( Lin Ya ) काे अनुभव यस्तो थियो –
म सन २०१२ देखि पार्टी स्कुलमा भर्ना भएर काम गरिरहेको छु ।
महासचिव सी काे निर्देशनमा हामी गाउँमा आठ नियम लागू गरिरहेका छाै ।
आठ नियमले जनता, पार्टी र सेनाको मुटु एउटै बनाएको छ ।
आठ नियम भनेको जटिल सिद्धान्त हैन, सरल जीवन व्यवहार र समाधान हाे ।
कागजी बैठक, खाेक्राे तामझाम, आडम्बरी सम्मान र अहमताबाट आठ नियमले हामीलाई मुक्त गरेको छ ।
आठ नियमले चीनलाई गहिरो संग परिवर्तन गरेको छ ।
आठ नियमले पार्टी र नेतालाई जनतामा फर्काएको छ र जनतामा एउटा नयाँ बिचार र सृजना पैदा गरेको छ ।
हामी महासचिव सी काे निर्देशनमा आठ नियमलाई दीर्घकालीन रुपमा लागू गरेर जनसंस्कृति निर्माण गर्न चाहन्छौं र यसकै आधारमा आधुनिक समाजवादी चीन बनाउन चाहन्छाै ।
हामीले आठ नियमलाई केन्द्रीय अनुशासन आयाेगकाे प्रमुख अंग बनाएका छाै ।
आठ नियम लागू गरेर हामीले पार्टी र जनताको बिस्वास जितेका छाै । आदी
प्रशिक्षण र प्रवचन पछि केही प्रश्न उत्तर र छलफल भयो । छलफलको क्रममा दुई पहाड ढालेको ब्याख्यामा एक साम्राज्यवादी पहाड र अर्को सामन्ती पहाड चीनिया जनताले कमरेड माओको नेतृत्वमा ढालेकाे र त्यो गाैरबशाली लडाइँ भएको कुरा प्राध्यापक लुओले प्रष्ट पारेकी थिइन । चीनिया माेडेलकाे समाजवादले सबै मानिस धनी र सबै धनी सम्पन्न र खुसि बन्ने भन्ने रहेछ । त्यस पश्चात् प्राध्यापक लुओ जिओमेई लगाएत हाम्रो टीमले सामुहिक फाेटा खिचियाे र दिउसो १२ बजे एकेडेमी टावरकाे दाेस्राे तलकाे रेष्टुरेन्टमा खान खाएर एक बजे बस चढेर छाेङछिङ कृषि बिज्ञान अकादमी तर्फ लाग्यौं । त्यहाँ ताेरी ( गाेपी ताेरी ), आलु, टमाटर , खुर्सानी , भान्टा, रामचना ( बकुला ), मकै, धान , साग, र अन्य तरकारी उत्पादन तथा अनुसन्धान गरिने रहेछ । यसको क्षेत्रफल ८० हजार हेक्टर रहेछ । यहाँ एक हेक्टर जमिनमा दुई क्विन्टल पचास किलो फल्दाे रहेछ । त्यसको अवलोकन भ्रमण हाम्रो पार्टी अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री कमरेड प्रचण्डले सन २०२३ सेप्टेम्बरमा छाेङछिङ आएको बेला गर्नुभएको रहेछ । त्यसपछि भरतपुरकी मेयर कमरेड रेणु दाहालले पनि गरेकी रहिछन् । कमरेड प्रचण्डको भ्रमण कालमा नै त्यहाँबाट नेपालमा पनि कृषि प्रविधि , अनुसन्धान र तालिमको व्यवस्था गर्ने सहमति भएको रहेछ र त्यसको काम चितवनको भरतपुरमा भएको रहेछ । त्यो सन २०२४ अगस्टमा नेपाल दक्षिण कृषि प्रविधि पार्क परियाेजना भएको रहेछ । जसलाई छाेङछिङ कृषि विज्ञान अकादमी र नेपाल कृषि तथा बन विश्वविद्यालयले मिलेर सञ्चालन गरिरहेका रहेछन् । यश परियोजनाकाे उद्देश्य नेपालमा खाद्यान्न उत्पादन बढाउने रहेको छ । त्यहाँ अवलोकन गर्ने क्रममा हामीलाई त्यहाँका माछा, साग, फलफूल र अन्य बिज्ञ प्राध्यापकहरुले सहजिकरण र प्रत्येक्ष प्रशिक्षण गरेका थिए । त्यहाँका सागका प्राध्यापक उङजिओयले भनेका थिए,
म दुई पटक नेपाल भ्रमण गरेको छु ।
म नेपालको पुरानो साथी हाे ।
म सागकाे विज्ञ हाे ।
यहाँ टमाटर , काँक्रा, खुर्सानी , साग , माछा आदि उत्पादन हुन्छ । यहाँ एक घण्टामा २० हजार बिरुवा राेप्ने मेसिन पनि छ ।यहाँ राेपिने साग २० दिनमा लगाउन मिल्छ र याे जडिबुटी , चिया , साग खान र माछाकाे चाराेमा प्रयोग हुन्छ ।
याे उद्योगले नेपालको चितवनमा १० हेक्टरमा काम गर्दैछ । यहाँ दुई बर्ष पहिला प्रचण्डले छाेङछिङ भ्रमण गर्दा संझाैता भएको हाे र भरतपुरकी मेयर रेणु दाहालले पनि भ्रमण गरेकी छिन ।
यहाँ उत्पादन हुने टमाटरकाे एक बिरुवाले दस महिना सम्म उत्पादन दिन्छ र एक बाेटमा दस केजी औषतमा फल्छ । उनको ब्रिफिङ पछि त्यहाँ अन्य माछा बिज्ञ लगाएतले हामीलाई प्रत्येक्ष प्रशिक्षण सहित माछा र साग उत्पादन गर्ने उद्योग अवलोकन गराएका थिए । त्यहाँ माछालाई पनि मेसिन द्वारा चाराे हालिने रहेछ जसले गर्दा २० प्रतिशत म्यानपावर कम गर्न सकिदाे रहेछ । माछा पाेखरीमा फाेहर भएको पानीलाई पनि खेर नफालेर रिफाइन गरि खाने लेउ र अन्य उत्पादनमा प्रयोग गरिने रहेछ । याे छाेङछिङ कृषि विज्ञान अकादमी द्वारा निर्मित भएर विज्ञान प्रविधि नवाचार, प्रदर्शनी , प्रशिक्षण , बैज्ञानिक शिक्षा र अनुभवसहित समेटिएको आधुनिक पहाडी कृषि अनुसन्धान केन्द्र रहेछ ।


हामी यस कृषि अनुसन्धान केन्द्रको अवलोकन भ्रमण गर्ने समय दिउसो १:३० देखि ३ बजेसम्म थियो । हामी त्यो सकेपछि ३:३० बजे जिउलाेङ्पाे लाेकतान्त्रिक गाउँमा आएर पार्टी निर्माणको सामुदायिक कार्यक्रममा सहभागी भयौं । सन २०२४ अप्रिलमा महासचिव सी चिनफिङले उक्त लाेकतान्त्रिक गाउँको अवलोकन गरेका रहेछन् । पहिले यश गाउँका भवनहरु पुराना र फाेहर वातावरणका रहेछन् । अहिले फेर्ने, भत्काउने र थप्ने गरि नवीकरण विधि मार्फत सामुदायिक वातावरण सफा र सुन्दर बनाइएको रहेछ । भ्रमणको क्रममा त्यहाँको आधारभूत पार्टी समिति र सरकारले कसरी बिराेधाभासकाे सामना गरेकाे रहेछ र कसरी बहुशासन स्राेतहरुलाई एकीकृत र संयुक्त गरेको रहेछ भनी बुझ्न सकिदाे रहेछ । यसको स्थापना सन १९०० मा भएको रहेछ । यहाँ समुदाय मिलेर बसेकाे र हरेक निर्णय सामुहिक हुने भएकोले लाेकतान्त्रिक गाउँ भनिएको रहेछ । यहाँ पहिले देखि एक वृद्धले चलाएको रेट अनुसार अहिले पनि पाँच रुपैयाँमा कपाल काट्ने चलन रहेछ । यहाँ सामुदायिक तरकारी बजार र सामुदायिक रेष्टुरेन्ट रहेछ । त्यस रेष्टुरेन्टमा सामान्य सबैले खाने रेट १८ युआन र ६० बर्ष कटेका नागरिकको लागि १५ युआन रेट राखिएको रहेछ । यहाँ फुर्सदको बेला आएर तास खेल्न पनि पाइदाे रहेछ । हामी आएको बेला पनि महिला पुरुषको एक ग्रुपले तास खेलिरहेको थियोे । यश रेष्टुरेन्टमा हरेक दिन करिब एक हजार जनाले खान खाने रहेछन् । यहाँको फाेटा र वृत्त चित्रमा पनि पुरानो र नयाँ गाउँको अवस्था जानकारी गराइएको थियोे । याे खासमा शहरिया कम्युन रहेछ । हेर्दा याे समुदाय पनि यहाँको अल्पसंख्यक जस्तो देखिन्थ्यो ।

हामी यताको भ्रमण सकेर बेलुका पाँच बजे पुनः पार्टी स्कुलको प्रशिक्षण भवनकाे १०३ नम्बर काेठामा दुई पक्षिय भेटवार्ताकाे लागि फर्मल ड्रेस सहित उपस्थित भयौं । यश दुई पक्षिय भेटवार्ताकाे हाम्रो नेपाली टिमको तर्फबाट टिम लिडर कमरेड दिनानाथ शर्माले गर्नु भएको थियोे भने चीनिया पक्षबाट त्यहाँ सिनियर प्रान्तीय कमरेड लिउ छिह्वा Liu Xiaowa ले गर्नु भएको थियोे । भेटवार्ताकाे क्रममा सर्वप्रथम Liu Xiaowa द्वारा आफ्नो टिमको परिचय सहित हाम्रो टिमलाई स्वागत गरिएको थियोे । भेटवार्ताकाे मुल ब्यानरमा नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) का पार्टी र सरकारी कार्यकर्ताहरुलाई चाेङकिङ पार्टी स्कुल भ्रमणमा स्वागत छ लेखिएको थियो । भेटवार्ताकाे दाेस्राे चरणमा चीन नेपाल संबन्ध र छाेङछिङकाे बारेमा जानकारी एवं हाम्रो पार्टीको अध्यक्ष कमरेड प्रचण्डको प्रथम चीन भ्रमण लगाएत दुई देश बिचकाे मैत्री सम्बन्ध बारे जानकारी गराइएको थियो । भेटवार्ताकाे क्रममा कमरेड Liu Xiaowa ले छाेङछिङकाे बारेमा निम्न कुरा जानकारी गराउनु भएको थियोे ।

छाेङछिङकाे प्रतिव्यक्ति आए एक हजार डलर भन्दा माथि छ । याे शहर अटाेमाेवाइल लगाएत आइटी उद्योगमा आधारित छ । याे शहर नदी र डाँडा बिचकाे उपत्यका हाे र चीनको चार मुख्य नगर मध्ये एक हाे ।
याे तीन हजार बर्ष भन्दा पुरानो सांस्कृतिक बिरासत बाेकेकाे शहर हाे ।
याे चाेङकिङ पार्टी स्कुल छाेङछिङ नगरपालिका काे अनुसन्धानमुलक ( बिचार, राजनीति , अर्थराजनिति, सिद्धान्त , बिकास ) क्षेत्रमा याेगदान गर्ने स्कुल हाे ।
याे सिधै केन्द्र संग जाेडिएकाे तथा राष्ट्रिय निति र अन्तर्राष्ट्रिय सम्बन्ध राख्न सक्ने पालिका हाे ।
यहाँ माक्र्सवादी सिद्धान्त , अर्थराजनिति, सामाजिक विज्ञान लगाएतमा अनुसन्धान हुन्छ र यसले प्रान्तीय स्कुलकाे समेत काम गर्छ ।
यसमा सन २०२४ मा मात्रै १७ सय भन्दा बढीलाई हामीले प्रशिक्षण दिएका छाै ।याे पश्चिम चीनका सबै पार्टी स्कुल भन्दा राम्रो स्कुल हाे ।याे स्कुलकाे अन्तरास्ट्रिय सम्बन्ध छ । जस्तो कि अमेरिका, काेरिया, भियतनाम लगाएत धेरै देशमा यसको सम्बन्ध छ ।
हामी नेपालको बिकास र समृद्धिकाे पक्षमा छाै ।
हामीले पार्टी र देश दुबैलाई जाेड्नु पर्छ ।
हामी दुई पार्टीका संयुक्त प्रशिक्षण चलाउन सक्छौं र अरु पनि सहकार्य गर्न सक्छाै ।

यहाँका प्राध्यापकहरु नेपालमा र नेपालका प्राध्यापकहरु यहाँ आएर छलफल तथा प्रशिक्षण गर्ने कुराकाे समर्थन गर्छु । नेपाली प्रतिनिधिमण्डलकाे तर्फबाट प्रस्तुत बिचारकाे सम्मान सहित स्वागत गर्दछु ।

कमरेड लिउले बिचार राखिसकेपछि हाम्रो नेपाली प्रतिनिधि मण्डलकाे तर्फबाट टिम लिडर तथा पार्टीका केन्द्रीय सचिव कमरेड दिनानाथ शर्माले धारणा राख्नु भएको थियोे । उहाँले हाम्रो पार्टीको धारणा सहित दुई पक्षीय सहयोग र सहकार्यकाे बारेमा कुरा राख्नु भएको थियोे । जसको प्रतिफल हामी सुदुर पश्चिम पार्टी स्कुल बिभाग र छाेङछिङ पार्टी स्कुल बिच अन्तमा Mou गर्ने सहमतिमा पुगेका थियौँ ।
केही दाेहाेराे अन्तरक्रिया र छलफल पछि हामीले केही उपहार पनि आदानप्रदान गर्याै । त्यसपछि दुबै टिमका प्रतिनिधिले पार्टी स्कुलको प्राङ्गणमा भएको माक्र्स र एङ्गेल्सकाे शालिक अगाडि गएर सामुहिक फाेटाे खिचायाै । सामुहिक फाेटाे शेसन पछि एकेडेमी टावरकाे दाेस्राे तले रेष्टुरेन्टमा आएर छाेङछिङका पार्टी स्कुल प्रमुख सहित सामुहिक भाेजन र खुसियाली मनायाै । साे क्रममा खुलेरै औपचारिक र अनाैपचारिक बिचार आदानप्रदान सहित सदाचार व्यक्त गर्ने काम पनि भयो । अन्तमा भाेली बिहानकाे समय तथा कार्यक्रम तालिकाकाे जानकारी सहित सबै जना बिदा भयौं ।
क्रमश ……..

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search