Yug Post

रोल्पाको माडी गाउँपालिकामा पुर्ण खोप सुनिश्चितता कार्यक्रम सम्पन्न       

Advertisement

रोल्पाको माडी गाउँपालिकामा पुर्ण खोप सुनिश्चितता कार्यक्रम सम्पन्न भएको छ ।         

माडी गाउँपालिका स्तरीय खोप समन्वय समितिका अध्यक्ष तथा गाउँपालिका अध्यक्ष अमरसिंह घर्तिमगरको अध्यक्षता एवम् स्वास्थ्य कार्यालय रोल्पाका निमित्त कार्यालय प्रमुख सीता कुवर, जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, सरोकारवालाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।


स्थानीय स्रोतको उपयोग स्वामित्व र सहभागिता, पुर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता भन्ने मुल नाराका साथ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाका लागि पूर्ण खोप पालिका घोषणा गरिएको हो ।

घरधुरी सर्वेक्षणका आधारमा पालिकाभित्रका आंशिकरुपमा खोप लगाउन छुटेका बालबालिकालाई खोजेर घरमै गई पूर्ण खोप लगाएपछि पूर्णखोप सुनिश्चितता घोषणा गरिएको हो ।

बच्चा जन्मिएको १६ महिनादेखि ५९ महिनासम्मका गाउँपालिकाभित्र रहेका कुल १ हजार १ सय ८० जना बालबालिकाहरुलाई पूर्ण खोप लगाई सकेपछि पूर्णखोप पाएको सुनिश्चितासहित पालिकालाई पूर्ण खोपको दिगोपना कायम राख्ने प्रतिबद्धता जनाउँदै पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको छ।पालिकामा जन्मेदेखि १५ महिना भित्रका ३ सय ३३७ जना बालबालिकाहरुले सम्पूर्ण खोप पाइरहेको माडी गाउँपालिकाले जनाएको छ ।

पूर्णखोप गाउँपालिका सुनिश्चित गर्ने राष्ट्रिय पूर्णखोप सुनिश्चितता निर्देशिका २०७१ (तेस्रो संस्करण २०७७) बमोजिम सम्पूर्ण प्रक्रियाहरु पुरा गरी राष्ट्रिय खोप तालिका अनुसार तोकिएका उमेर समूहका बालबालिकाहरुले सम्पूर्ण खोपको मात्रा पुरा गरेको तथा खोप निर्देशिका अनुसार आवश्यक सबै प्रक्रियाहरु पुरा गरी गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख जय प्रकाश बुढाले बताउनुभयो ।

बालबालिकाहरु जन्मेपश्चात् ५९ महिनासम्म पोलियो, दादुरा, हेपाटाईटिस, जापानीज ईन्सेफ्लाईटिस, रुबेला, झाडापखाला, टाईफाइडलगायत रोगहरुको विरुद्धमा पाउनुपर्ने विभिन्न १३ प्रकारका खोपको सबै मात्रा पुरा गरेका छन् ।


पूर्ण खोप पालिका घोषणा गर्दै जिल्ला समन्वय समिति प्रमुख एवं जिल्ला खोप समन्वय समितिका संयोजक श्री सीता आचार्यले पूर्ण खोप कार्यक्रमलाई प्रत्येक वर्ष निरन्तरता दिनुपर्ने कुराको आवश्यकता औंल्याउनुभयो । कुनै पनि बालबालिका खोपबाट वञ्चित हुन नहुनेमा गाउँपालिका अध्यक्ष अमरसिंह घर्तिमगरले जोड दिनुभयो । खोपको निरन्तरताका लागि सबैको साथ र सहयोग महत्त्वपुर्ण हुने समेत बताउनुभयो । सो अवसरमा निरन्तर पूर्ण खोप सुनिश्चित गर्ने साझा प्रतिबद्धता समेत व्यक्त गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search