Yug Post

रोल्पाको त्रिवेणीमा एक पुरुषको बेवारिसे अवस्थामा शव फेला

Advertisement

 

रोल्पा — रोल्पा जिल्लाको त्रिवेणी गाउँपालिका–५ मा एक पुरुषको शव बेबारिसे अवस्थामा फेला परेको छ। अन्दाजी ५५ वर्षका हरि बहादुर कामी मृत अवस्थामा फेला परेका हुन्।

लापदादा स्थित फारुली बोट नजिकैको बाटो छेउमा उनको शव शुक्रबार बिहान फेला परेको हो। मृतक कामी त्रिवेणी गाउँपालिका–५ नेर्पा बजार गएका थिए र घर फर्किने क्रममा बाटोमै मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ।

स्थानीय स्रोतका अनुसार घटना बिहीबार  साँझतिर नै भएको हुनसक्ने अनुमान गरिएको छ। मृतकका परिवारले बिहान ७ बजे मात्र घटनाबारे जानकारी पाएका थिए।

शव पोष्टमार्टमको लागि त्रिवेणी गाउँपालिकाको एम्बुलेन्समार्फत रोल्पा अस्पताल रेउघा पठाइएको छ। मृतक कामीको घर नजिकै जगरबोट रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search