Yug Post

Day: २१ चैत्र २०८१ २०:४१

रवि लामिछाने लाई उच्च अदालतले थुनामा पठाउने आदेश

रवि लामिछाने लाई उच्च अदालतले थुनामा पठाउने आदेश

बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा रास्वपाका सभापति रवि लामिछाने लाई उच्च अदालतले थुनामा पठाउने आदेश भएको छ। यसअघि रूपन्देही जिल्ला अदालतले रविलाई रू १ करोड धरौटीमा रिहा गर्न गरेको आदेश बिरूद्ध जिल्ला सरकारी वकिल कार्यालयले उच्च अदालतमा पुनरावेदन गरेको थियो। उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले उक्त पुनरावेदनमा सुनुवाई गर्दै जिल्ला अदालतको आदेश बदर गरी थुनामा पठाउने आदेश गरेको हो। उच्च अदालतको आदेश बिरूद्ध पनि सर्बोच्च अदालतमा पुनरावेदन गर्न सकिन्छ। अब रविलामिछानेलाई त्यता जाने वा नजाने कुनै निश्चिति छैन ।
Read More
कृष्णसेन इच्छुक बहु प्राबिधिक शिक्षालयमा गुणस्तरीय शिक्षाका लागी  प्रमुख  चौधरीले लिए यस्ता योजना

कृष्णसेन इच्छुक बहु प्राबिधिक शिक्षालयमा गुणस्तरीय शिक्षाका लागी प्रमुख चौधरीले लिए यस्ता योजना

कृष्णसेन इच्छुक बहु प्राबिधिक शिक्षालयमा शिक्षालय प्रमुख मोतिलाल चौधरीले गुणस्तरीय शिक्षा दिलाउन निरन्तर मूल्याङ्कन प्रणालीलाई कार्यान्वयनमा लिएका छन् । घोराही उपमहानगरपालिका गैरागाउ दाङमा अबस्थित कृष्णसेन इच्छुक बहु प्राबिधिक शिक्षालयमा शिक्षालय प्रमुख मोतिलाल चौधरी प्रमुख भएर आएपछि शिक्षालय सुधारको विभिन्न योजना बनाएर त्यसको कार्यान्वयन थालिएको छ। योजना अनुसार निरन्तर मूल्याङ्कन प्रणालीलाई कार्यान्वयन गरिएको छ। जसले प्रत्येक प्रशिक्षकले प्रत्येक दिन विद्यालयमा गरेको शिक्षण क्रियाकलाप जस्तै प्राक्टिकलका गरेको नगरेको बारेमा शिक्षालय प्रमुखलाई प्रत्येक दिन अपडेट गराउने नियम राखिएको छ। जस अनुसार विद्यालयमा उपस्थित हुने प्रशिक्षक र विद्यार्थीहरुलाई निश्चित टाइम भित्र आएको वा उपस्थित नभएको र आएर केके गरेको अभिलेख राख्ने गरिएको छ। त्यस्तै…
Read More
गाजाकाे विद्यालयमा इजरायलकाे आक्रमणबाट २७ जनाको मृत्यु

गाजाकाे विद्यालयमा इजरायलकाे आक्रमणबाट २७ जनाको मृत्यु

उत्तरी गाजामा रहेको एक विद्यालयमा इजरायलले हवाई आक्रमण गर्दा महिला र बालबालिकासहित २७ जना प्यालेस्टिनीको ज्यान गएको छ । तुफाह जिल्लामा रहेको दार अल–अरकाम विद्यालयमा आक्रमण हुँदा अरु २४ जनाभन्दा धेरै घाइते भएका बीबीसीले जनाएको छ । आक्रमण भएको विद्यालयमा विस्थापित परिवारहरूको आश्रयस्थल रहेको विद्रोही समूह हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । इजरायली सेनाले विद्यालयलाई लक्षित नगरेको भन्दै हमासको निर्देशनमा सञ्चालित प्रमुख विद्रोहीहरुलाई आक्रमण गरेको दाबी गरेको छ । इजरायल रक्षा बलका अनुसार आक्रमण गरिएको ठाउँमा हमास लडाकूहरूले इजरायली नागरिक र सेनाहरूविरुद्ध आक्रमणको योजना बनाउन प्रयोग गरिरहेका थिए । हमासको स्वास्थ्य मन्त्रालयले २४ घण्टामा इजरायली आक्रमणमा थप ९७…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search