Yug Post

Day: ३० फाल्गुन २०८१ २०:२४

करेन्ट लगाएर माछा मार्ने क्रममा  दाङमा एकको मृत्यु

करेन्ट लगाएर माछा मार्ने क्रममा दाङमा एकको मृत्यु

दाङ – दाङको घोराहीमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवकको ज्यान गएको छ । घोराही उपमहानगरपालिका–६ घर भई घोराही–१३ डुमरगाउँमा बस्दै आएका ३२ वर्षीय गमन घर्ती मगरको करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ । घर्ती अर्का एक जना स्थानीयसहित घोराही–६ बबई नदीमा ब्याट्रीबाट करेन्ट लगाएर माछा मार्न गएका थिए । त्यही क्रममा उनलाई करेन्ट लागेको प्रहरीको भनाइ छ । घर्तीसँगै माछा मार्न गएका घोराही–१३ डुमरगाउँका ५० वर्षीय बीरबहादुर बुढालाई प्रहरीले पक्राउ गरेको छ ।
Read More
पुर्वराजालाई लक्षित गर्दै प्रचण्डले भने ,आफ्नै वंश मास्नेले फेरि आएर धाक

पुर्वराजालाई लक्षित गर्दै प्रचण्डले भने ,आफ्नै वंश मास्नेले फेरि आएर धाक

काठमाडौ - नेकपा (माओवादी केन्द्र )का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई वंश मासेकाे आरोप लगाएका छन्।   शुक्रबार सिन्धुपाल्चोकमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले पूर्वराजाको पछिल्लो सक्रियाता माथि टिप्पणी गर्दै यस्तो आरोप लगाएका हुन्। आफ्नै वंश मास्नेले फेरि आएर धाक लगाउन नमिल्ने समेत उनकाे भनाइ थियाे।   २५० वर्षसम्म राजा महाराजाले देशलाई कहाँ पुर्‍याए भन्ने नेपाली जनताले बिर्सिएको बताउँदै उनले भने, 'भाइमारा को हो? आफ्नै वंश मास्नेले आएर फेरि धाक लगाउन मिल्छ?'
Read More
समाजवादी मोर्चाको बैठक आलोकनगरमा जारी

समाजवादी मोर्चाको बैठक आलोकनगरमा जारी

काठमाडौ - समाजवादी मोर्चाको बैठक नेकपा एसको केन्द्रीय कार्यालय आलोकनगरमा जारी बैठकमा चैत १५ गते हुने विरोधसभाको तयारी लगायतका विषयमा छलफल भइरहेको जनाइएको छ । बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने उपस्थित छैनन्। बैठकमा माओवादीको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङ सहभागी छन्। एकीकृत समाजवादीबाट वरिष्ठ नेता प्रमेश हमाल, महासचिव घनश्याम भुसाल सहभागी छन्। यस्तै नेकपाको तर्फबाट महासचिव नेत्रविक्रम चन्द सहभागी छन्। मोर्चाले चैत २ गते बिहान बौद्धिक वर्गसँग अन्तर्क्रिया राखिएको छ । सो विषयमा पनि आजको बैठकमा छलफल हुने छ । यसअघि चैत ९ गते जनकपुरमा गर्ने भनिएको विरोधसभा स्थगित भएको…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search