Yug Post

रोल्पाको त्रिवेणी गाउँपालिका अध्यक्ष र उपाध्यक्षको २ करोड बारे विज्ञप्ति

Advertisement

रोल्पाको त्रिवेणी गाउँपालीका अध्यक्ष कर्ण बाठा र उपाध्यक्ष लेखमनी डाँगीले आफ्नो बारेमा २ करोड भ्रष्टाचार गरेको आरोप प्रति विज्ञप्ति निकालेका छन् ।

विज्ञप्तिमा भनिएको छ ‘लुम्बिनी प्रदेश रोल्पा जिल्ला त्रिवेणी गाउँपालिका वडा नं ३ रानागाउँमा संचालित रोल्पा चुनढुङ्गा प्रालि र शिवश्वरुप खनिज उद्योग प्रालि हरुले उत्खनन गरिरहेको खानी उत्खननको विषयलाई लिएर रानागाउँका बासिन्दाहरुले विभिन्न मागहरु राखेर विगत केहि समय यता आन्दोलनरत छन् ।

पटक पटक वडा तथा गाउँपालिकामा निवेदन दिएको र आफुहरु उद्योगीहरुबाट पिडित भएको आज भन्दा झण्डै ३ बर्ष पहिले उद्योगीले १० महिना भित्र आफ्नो जग्गाहरु किनिदिने भनेर वयाना लगाएको र आफ्नो बारीबाट सडक खन्दा खेति योग्य जमिन खण्डहर भएको, खानीबाट निस्किएको धुलो धुवा, एक्साभेटरको आवाजद्वारा बस्न लायक नभएको, बालबालिकाहरुलाई पढाइमा असर भएको भनेर आवाज उठाइ रहेको व्यहोरा सबैमा अवगत नै छ ।

खानी संचालन गर्दा खानी विभाग सँग गरिएका ३० बुँदा कार्यान्वयन गर्न हामी प्रतिनिधिहरुको नाताले पटक पटक वार्ता सम्बाद भयो उद्योगी पिएल संघाइ सँग समेत ध्यानाकर्षण पालिका सर्वदलीय निर्णय वार्ता संवाद गरियो ।

गरिएका कुनै पनि निर्णय कार्यान्वयन गर्नुको साटो विषयवस्तुको समाधान गर्नु भन्दा रोल्पा जिल्ला प्रदेश सभा २ ख का संसद माननीय दिपेन्द्र कुमार पुन ज्युले मिति २०८१ माघ २२ गते प्रदेश सभामा गाउँपालिका अध्यक्ष कर्णबहादुर बाँठा र उपाध्यक्ष लेखमणी डाँगीले चुनाव खर्च उठाउने नाममा रु २ करोड रुपैया मागेको भनेर हाम्रो चरित्र हत्या गर्ने मानहानी गर्ने, त्रिवेणी बासी जनताको अपमान गर्ने काम गर्नु भएको कुराले हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।

यस प्रकारको कपोल कल्पित भ्रामक अभिव्यक्तिको घोर निन्दा एवं भ्रत्सना गर्दछौ । हामिले उद्योगीबाट दुइ करोड रुपैया मागेको प्रमाण जनता र सम्बन्धित निकायमा पेश गर्नुहुन चुनौती दिन्छौ ।

अन्यथा चरित्र हत्या गर्ने मान मर्दन गर्ने सर्वसाधारण जनताको मागको व्यवास्ता गरेर दलालहरुको पक्षमा वकालत गर्ने एक जिम्मेवार पदमा बसेको व्यक्तिले जनताको आवाज उठाउनुको सट्टा उल्टै विषयलाई अन्यत्रै मोडेर थप जटिलतामा पुर्याउने माननीय नै जिम्मेवार हुनुपर्ने कुरा समेत यस विज्ञप्ती मार्फत ध्यानाकर्षण गराउन चाहन्छौ ।

अन्तमा मिथ्या, कपोकल्पित, भ्रामक र बदनाम गर्ने खालको अभिव्यक्तिबाट आम जनसमुदाय विचलित नहुन तथा त्रिवेणी गाउँपालिकाको जनताको हितमा जीवन उत्सर्ग गर्न सधैँ तत्पर रहेको व्यहोरा जानकारी गराउँदै पिडित जनताको आन्दोलनलाई हार्दिक समर्थन गर्दै पुर्व मन्त्री एबम प्रदेश सभा सदस्य माननीय दिपेन्द्र कुमार पुनले दिनुभएको असान्दर्भिक अभिव्यक्तिको घोर भ्रत्सना गर्दछौ ।

साथै संघीय सरकार, प्रदेश सरकार लगायत सम्बन्धित निकायलाई पिडित जनताको पक्षमा हुने गरि यथासिघ्र समस्या समाधान गर्न जोडदार माग गर्दछौ ।`

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search