Yug Post

कर्णाली बिम्ब: समाजशास्त्रीय अध्ययनको महत्त्वपूर्ण पुस्तक

Advertisement

भुमिका

लेखकद्धय टंक प्रकाश के.सी र गणेश रावतद्धारा लिखित तथा सङ्कलित पुस्तक ‘कर्णाली बिम्ब’ को पाण्डुलिपि पढ्ने अवसर प्राप्त भयो । यस पुस्तकको सम्पादन तथा भूमिका लेखन गरिदिनु पर्यो सर भन्दै केसी जी तिहार अगाडि मेरो घरमा मलाई खोज्दै आउनुभयो । मैले अरू कुनै व्यावसायिक पुस्तकहरू त हेर्ने गरेको छैन, त्यो मेरो रुचिको विषय पनि होइन, खै तपाइँको पुस्तक कस्तो छ भनेर प्रतिकृया दिएँ। उहाँले मैले कर्णाली प्रदेशको परिचय झल्किने र पर्यटन प्रवर्द्धनलाई पनि टेवा पुगोस् तथा कर्णालीबारे जान्न चाहने जोकोहीलाई पनि अध्ययन सामग्री बनोस् भन्ने उद्देश्य राखेर लेखेको र सङ्कलन गरेको छु सर तपाइँले हेर्नुभयो भने यसलाई अझ राम्रो होला भनेर आएको बताएपछि मैले उहाँको ल्यापटपबाट मेरोमा फाइल सारें र सरसर्ती फाइल हेरें। फाइल हेरिसकेपछि त्यसभित्र सङ्ग्र‌हित विषयले मलाई आकर्षित गर्यो । अनि मैले उक्त पुस्तकको भाषा तथा व्याकरण सम्पादन गरिदिने बाचा दिएँ ।

यतिखेर मैले उक्त पुस्तकको निकै मसिनो गरेर आध्योपान्त अध्ययन पनि गरें र मेरो ज्ञानले भेटेसम्मको सम्पादन पनि गरिसकेको छु। पुस्तक सङ्क्षिप्त छ तर गहकिलो पनि छ। यस पुस्तकमा सिंजासाम्राज्यको उत्पत्ति, विकास, विलय तथा बाइसे चौबीसे राज्यमा विभाजनदेखि पृथ्वीनारायण शाहको गोरखाराज्य विस्तारले बनेको हालको नेपाल सरहदसम्मका कथाव्यथाहरू समेटिएको छ । त्यसैगरी पुस्तकमा कर्णाली प्रदेशको निर्माण, प्रदेशमा रहेका स्थानीय निकायहरू र तिनका जनप्रतिनिधिहरू पनि उल्लेख गरिएको छ। पुस्तक यतिमा मात्रै सीमित छैन । पुस्तकमा कर्णाली प्रदेशका भौगालिक अवस्थाको चित्रण गर्नुका साथै यहाँका प्राकृतिक सम्पदाहरू, पर्यटकीय गन्तव्यका क्षेत्रहरू, विभिन्न जानकारी मुलक तस्विरहरू राखिएको छ । त्यसैगरि जनयुद्धकालमा लडिएका उच्च फौजी मोर्चाहरूको बयान पनि गरिएको छ । यसले जनयुद्धको इतिहास पढ्न पनि ठुलो मद्दत पुऱ्याउने मैले ठानेको छु।

प्रस्तुत पुस्तकमा कर्णाली प्रदेशमा पाईने विभिन्न प्रकारका जडीबुटीहरू, वन्यजन्तु, प्राकृतिक स्रोत, साधन र सम्पदाहरू, त्यहाँको जातीय बसोबास, जनजीवन तथा जनघनत्व, संस्कृति, भाषा, रहनसहन, त्यस क्षेत्रमा उत्पादित कृषिजन्य उपजहरूको विवरण आदि पनि उल्लेख गरिएको छ। साथै यी विषयहरूको तथ्याङ्कगत विवरण प्रस्तुत गरिएको हुनाले सबै प्रकारका पाठकहरूका निम्ति उपयोगी पुस्तक हुनेछ भन्ने मैले ठानेको छु। विश्व सम्पदा सूचिमा सूचिकृत वस्तुहरूको सङ्क्षिप्त परिचय पनि यसमा समेटेर टंक प्रकाश के.सी गणेश रावतले विद्यार्थी, पर्यटकहरू तथा आम पाठकलाई महत्वपूर्ण जानकारी र शानको खुराक प्राप्त हुनेछ भन्ने मेरो विश्वास रहेको छ।

यस पुस्तकको अर्को एउटा महत्वपूर्ण विषय भनेको त्यस क्षेत्रमा रहेका र नेपाल लोपोन्मुख एक मात्र जङ्गली समुदाय राउटे जातिका बारेमा प्रयाप्त पो गरिएको छ । राउटे जातिका बारेमा जान्नका लागि उपयुक्त सामग्री राखिएको छ। त्यसैगरी पुस्तकको अर्को विशेषता भनेको यस प्रदेशमा भएका जनयुद्धकालीन महत्त्वपूर्ण घटनाहरूको बारेमा जानकारी दिनु हो । जनयुद्धका बारेमा विस्तृत चर्चा गरिएको त छैन परन्तु सामान्य परिचयात्मक विवरण प्रस्तुत गर्नुले पनि युद्धको आवश्यकता किन थियो, कस्को नेतृत्वमा र किन जनयुद्ध सज्वालन गरिएको थियो भन्ने बारेमा बुझ्‌नका लागि यो विवरण उपयोगी रहनेछ। जनयुद्धमा सरकारी पक्षबाट केकस्ता मानअधिकार विरोधी हर्कत गरिएका थिए भन्ने कुरा जान्नका लागि खारा पटना र विधलडाँडा पटना नै प्रयाप्त छन् । यी विषय पनि यस पुस्तकमा समेटिएका छन ।

प्रस्तुत कृत ‘कर्णाली बिम्ब’ पुस्तक कर्णाली प्रदेशमा रहेर राजनीति गर्ने जोकोहीलाई पनि अति उपयोगी अध्ययन सामग्री रहेको छ। यहाँ प्रदेशको गठन, त्यहाँका स्थानीय निकाय र जनसङ्ख्याको अवस्था, निवार्चित जनप्रतिनिधिहरू, भौगोलिक विभाजन, पालिका गठन आदि विषयहरू समेटिएका छन् । स्थानीय निकायहरूको निर्माण हेर्दा नगरपालिकाको निर्माण जसरी गरिएको छ यो यहाँका जनताको आवश्यकता भन्दा पनि तत्क्षेत्रका राजनीतिक दल र तिनका नेताहरूको सनक र महत्त्वाकांक्षाका आधारमा निर्माण गरिएको प्रस्ट हुन्छ ।

पुस्तकलाई तीन वटा खण्डमा राखिएको छ । पहिलो खण्डमा सिंजाराज्यको छोटो ऐतिहासिक जानकारी सहित पञ्चायतकालमा निर्माण गरिएको भौगोलिक इतिहास, कर्णाली प्रदेशको निर्माणको पृष्ठभूमिसहित समग्र परिचय, यहाँका पर्यटकीय सम्पदाहरूको सङ्क्षिप्त जानकारी, जनयुद्धकालीन घटना स्थल र त्यसको छोटो चिनारी आदि प्रस्तुत गरिएको छ। त्यसैगरि दोस्रो खण्डमा कर्णाली प्रदेशका स्थानीय निकायहरूको भौगोलिक विभाजन, निर्वाचित जनप्रतिनिधिहरूको विवरण ती स्थानीय निकायमा रहेका भौगोलिक, प्राकृतिक एवम् युद्धकालीन घटनाक्रमहरूको सइ‌क्षिप्त जानकारीमूलक विषयहरू समेटिएको छ। यसले कर्णाली प्रदेशको स्थानीय सरकारका बारेमा जानकारी हासिल गर्न मदत गर्ने छ। साथै पयर्टकीय स्थल तथा त्यस क्षेत्रमा जानका निम्ति रुटगाइड समेतको भूमिका यस पुस्तकले दिने विश्वास गर्न सकिन्छ।

तेस्रो खण्ड परिशिष्ट खण्ड रहेको छ । यसमा विशेष गरेर सिंजासाम्राज्य तथा लोक संस्कृतिका बारेमा विस्तृत चर्चा गरिएका आलेखहरू समावेस गरिए‌को छ। सिंजासाम्राज्य तथा यहाँका लोक संस्कृतिका बारेमा चर्चा गरिएका आलेखाहरू समाजशास्त्रीय अध्यताहरूका निम्ति निकै उपयोगी इतिहासको तथ्यपूर्ण जानकारी प्राप्त गरिने सामग्रीका रूपमा रहेका छन् । त्यसैगरि यस परिशिष्ट खण्डमा समावेस गरिएको अर्को आलेख हो चौरजहारीको सोती घटना। यो घटना जाजरकोट खलङ्गा निवासी नवराज विकको अन्तरजातीय प्रेम प्रसङ्गमा आधारित छ। दलित समुदायको केटा र गैरदलित (ठकुरी) जात कि केटीका विचमा प्रेम हुन्छ र त्यो प्रेमलाई विवाहमा परिणत गर्ने उद्देश्यले केटी लिन आएका जाजरकोटका प्रेमि नवराज विक सहित छ जनाको निर्वाचित वडाध्यक्षकै योजना, निर्देशन र सङ्लग्नतामा विभत्स प्रकारले हत्या गरेर भेरी नदीमा बगाइन्छ। यो २१औं शताब्दी र स्वयम् जनयुद्धमा जातीय भेदभाव अन्त्य गर्न युद्धमा होमिएका पात्रहरूबाट यस प्रकारको जघन्य घटना घटाइनुले नेपालको जातिय विभेदको वर्तमान चित्र र चरित्र उदा‌ङ्गो रूपमा देखिएको छ । यो विषय पनि प्रस्तुत पुस्तकमा सेमेटिनुले यो घटना भावि पिंडीका जनतालाई पनि स्मरणीय सामग्री हुनेछ। यसरी समग्रमा भन्नु पर्दा पुस्तक निकै उपयोगी पाठ्यसामग्री रहेको छ।

सल्यान जिल्ला दार्मा गाउँपालिका वडा ५ स्थायी ठेगाना भई तुलसीपुर दाङमा बस्ने सामाजिक सशक्तिकरण र राजनीतिक आन्दोलनका विद्यार्थी नेता समेत रहेर भूमिका निभाएका टंक प्रकाश केसी र सल्यान जिल्ला कुमाख गाउँपालिका वडा नं २ घर भई तुलसीपुर दाङमा बस्ने गणेश रावतले यो पुस्तक तयार पारेर नेपाली समाजकालागि महत्त्वपूर्ण योगदान पुयाउनु भएको छ। हाल विभिन्न पत्रपत्रिका तथा अनलाइनहरूमा लेख तथा अभिव्यक्ति धारणा प्रकाशित गरेका उहाँहरुको पुस्तकाकार कृति यो पहिलो हो। हाल सञ्चार क्षेत्रमा आवद्ध रहेका उहाँहरु कर्णालीको इतिहास, भूगोल, राजनीति, समाजशास्त्रीय अध्ययन, प्राकृतिक साधन र सम्पदाहरू, पर्यटन क्षेत्र र सभ्यव्यताबारेका स्थानहरूको जानकारी दिने यस पुस्तक सबैले एक पटक पढ्न योग्य रहेको छ । यसप्रकारको गहन पुस्तक तयार गरेर नेपाली पाठक सामू पष्किएकोमा लेखक टंक प्रकाश केसी र गणेश रावतलाई धेरै धेरै धन्यवाद बधाई आगामी दिनमा यस भन्दा अझ गहन पुस्तक तयार गर्ने प्रेरणा सहित शुभकामना दिन चाहन्छु। धन्यवाद !

✍️हिरामणि दुःखी अध्यक्ष इच्छुक सांस्कृतिक प्रतिष्ठान

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search