Yug Post

लुम्बिनी प्रदेशमा ९२ प्रतिशत खानेपानीको पहुँच सुनिश्चित:मुख्यमन्त्री आचार्य

Advertisement

दाङ ,संवाददाता ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एक घर, एक धारा अभियानले उपभोक्ताको खानेपानीमा पहुँच सुनिश्चित गरेको बताएका छन् ।

भालुवाङमा आज आयोजित खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्णायक तहमा महिलाको भूमिका बिषयक प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले उक्त अभियानले आधारभुत तहका उपभोक्ताको खानेपानीमा पहुँच सुनिश्चित गरेको बताएका हुन् ।

लुम्बिनी प्रदेशमा ९२ प्रतिशत उपभोक्ताको पहुँचमा खानेपानी पुगेको उनले जानकारी दिए । उनले भने, “आधारभुत पानी मात्रै होइन, स्वच्छ पानी पु¥याउने सरकारको सङ्कल्प छ ।”

लुम्बिनी प्रदेशमा साना तथा ठूला गरेर तीन हजार एक सय ७० खानेपानी आयोजना सञ्चालनमा छन् । १५ लाख सात हजार छ सय ६३ उपभोक्ता शुद्ध खानेपानीको पहुँचमा पुगेको जनाइएको छ । दुई लाख ३७ हजार तीन सय ४८ धारा वितरण भएका छन् । चालु आर्थिक बर्षमा एक हजार तीन सय ९० आयोजना सञ्चालनमा छन् । जसका लागि एक अर्ब ५६ करोड ३३ लाख बजेट विनियोजन भएको छ ।

अघिल्लो सरकारको पालामा सुरु भएका तर, ८० प्रतिशत काम सम्पन्न भएर पनि पानी वितरण हुन नसकेका एक सय ५६ वटा योजना यस बर्ष सम्पन्न भई पानी वितरण गर्ने योजना प्रदेश सरकारको छ ।

यी आयोजना सम्पन्न भएमा सात लाख सात हजार थप उपभोक्तालाई पानीको सुविधा पुग्ने आँकलन गरिएको छ । आगामी बर्ष ६० देखि ८० प्रतिशतसम्म काम सम्पन्न भएका योजनामा बजेट थप गरेर सम्पन्न गरिने मुख्यमन्त्री आचार्यले जानकारी दिए । “जहाँ हात हाल्छौँ त्यहाँ सफलता प्राप्त हुन जरुरी छ । अधुरा आयोजनालाई पुरा गर्नेगरी सरकारले रणनीति बनाएको छ”, उनले भने, “संविधानले प्रदत्त गरेको खानेपानीको अधिकारलाई पुरा गर्न प्रदेश सरकार प्रतिबद्ध छ ।”

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search