Yug Post

त्रिवेणी गाउँपालिकामा १,३०३ जना किशोरीलाई पाठेघर क्यान्सर विरुद्धको खोप लगाइदै

Advertisement

टेक मगर, रोल्पा -त्रिवेणी गाउँपालिकामा १,३,०३ (एक हजार तिन सय तीन) जना किशोरीलाई एचपीभी खोप लगाइने भएको छ । खोप अभियान सञ्चालनको तयारीलाई तीव्रता दिदै गाउँपालिकाका अध्यक्ष कर्णबहादुर बाठाको अध्यक्षतामा बुढा बा र बुधबार अभिमुखीकरण कार्यक्रम समेत सम्पन्न गरिएको छ ।

कार्यक्रममा त्रिवेणी गाउँपालिका काे स्वास्थ्य शाखा प्रमुख पूर्ण बहादुर बुढा ले एचपीभी रोग, खोप अभियान, पूर्ण खोप सुनिश्चितता, लागायत दिगोपनाका विषयमा जानकारी गराउनु भएको थियो । प्रत्येक वडामा रहेका आवि, मावि तथा खोप केन्द्र हरुमा सञ्चालन हुने स्वास्थ्य शाखा प्रमुख ले बताएका छन्। खोप अभियान माघ २२ गते देखि फागुन ६ गते सम्म सञ्चालन गरिने बताईएको छ ।

नेपालमा महिलाहरूको मृत्यु हुने प्रमुख कारण पाठेघरको मुखको क्यान्सर रहेको जानकारी गराउँदै उक्त खोपले क्यान्सरको रोकथाममा महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गरिएको छ । खोप अभियान विद्यालय जाने कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिरका १० देखि १४ वर्ष उमेरका किशोरीलाई लक्षित गरिएको छ ।

खोप केन्द्रहरू सम्बन्धित विद्यालय र स्वास्थ्य चौकीमा स्थापना गरिने स्वास्थ्य प्रमुख पुर्ण घर्तीले बताउनुभयो। कार्यक्रममा बोल्दै गाउँपालिका का कुनै पनि किशोरी खोपबाट बञ्चित नहोस् भन्नका लागि सबै पक्षले विशेष ध्यान दिनुपर्ने बताउनु भयो । खोप अभियानलाई प्रभावकारी बनाउन सबै पक्षको सहकार्य अपरिहार्य रहेको स्वास्थ्य शाखा प्रमुख घर्तीले बताउनु भएको छ । माघ २० गते स्वास्थ्यकर्मीहरूलाई थप तालिम प्रदान गरिने भन्दै पहिले सम्पूर्ण वडाका विद्यालयमा खोप लगाएर विद्यालय बाहिर भएकाहरूलाई अन्तिम दिन तोकिएको स्वास्थ्य चौकीमा गएर लगाउनुपर्ने बताउनुभयो । सबै स्थानीय तहमा स्वास्थ्य सेवा सुनिश्चित गर्दै स्वास्थ्य क्षेत्रमा यस अभियानले सुधार ल्याउने अपेक्षा समेत गरिएको छ ।

त्रिवेणी गाउँपालिकामा १३०३ जना किशोरीलाई खो प लगाइनेछ भएको मा १३०३ भित्रकै १ जना ४ नं वडाकाे किशोरी विद्यालय बाहिर रहेको तथ्याङ्क आएको बताउनुभएको हो। पूर्ण खोप सुनिश्चितता वडा देखि गाउँपालिकासम्म घोषणा गर्ने बताउनुभएको छ। माघ २२ गते विश्व क्यान्सर दिवसको दिनबाट सुरु गर्ने निर्णय भएको त्रिवेणी गाउँपालिका का स्वास्थ्य प्रमुख पूर्ण घर्तीले बताउनुभएको छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search