नेपाल कम्युनिस्ट पार्टी (बहुमत )का महासचिव धर्मेन्द्र बास्तोला ´कंचन`ले नेकपा साम्राज्यवादीको एजेन्ट भएकोले त्याहाँबाट बिद्रोह गरेको बताएका छन् ।
नेकपा (बहुमत )पार्टीको काठमाडौ जमलमा भैरहेको नौ महाधिवेशनमा त्यस्तो बताएका हुन् ।
बास्तोलाले ´प्रचण्डबाट किरणको नेतृत्वमा विभाजन भएर आएपछि किरण अक्रमन्यतावाद ,जडसुत्रवादमा र संकिर्णतामा फसेको कारण विप्लवको नेतृत्वमा अर्को पार्टी निर्माण गरेका थियौं । जनताको आकर्षण बढेको थियो तर त्यो पार्टी साम्राज्यवादीको एजेण्ड भनेको र जोगिको जस्तो मागिखाने भाडो भएकोले त्याहाँबाट बिद्रोह गरेको` बताएका छन् ।


