नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का दाङ जिल्ला सेक्रेटरी अमर खड्कालाई तत्काल सार्वजनिक र रिहाईको माग गरिएको छ ।
मिटरव्याज र लघुबित्तीय आतंकका बिरुद्ध जनताहरुले गरेको कारबाहीको बिषयलाई लिएर दाङ जिल्ला सेक्रेटरी अमरलाई गिरप्तार गरिको भन्दै उक्त पार्टीले रिहाइको माग गरेको हो । जनताहरु बैंकको शोषण, मिटरव्याज,लघुबित्त र सहकारीको चरम लुटपाटबाट प्रताडित छन् । कयौँ मानिसहरु आत्म हत्या गर्न बाध्य भएका छन् । यस प्रकारका रबैयाका बिरुद्ध प्रतिरोध गर्न र मिटरव्याजी बित्तीय माफियाहरु माथि जनकारबाही गर्न सर्वसाधारण जनतामा अपिल गरिएको छ । सोही बिषयमा दाङ जिल्ला लगाएत देशका बिभिन्न ठाउँमा जनताले आफ्नै पहल कदमीमा जनकारबाही संचालन गर्दै आएका छन् बिज्ञप्तीमा भनिएको छ । साथै पार्टी सेक्रेटरी अमरलाई यथाशीग्र रिहाइ गर्न सम्वन्धीत निकाय सँग माग गर्दछ । यदि हाम्रो माग बेवास्ता गरिएको खण्डमा थप संघर्षका कार्यक्रम घोषणा गरि सशक्त प्रतिरोध गर्ने जानकारी गरिन्छ, बिज्ञप्तीमा भनिएको छ ।
नेकपा (बहुमत) दाङले गत मंसिर ६ गते १६८ बढि सार्बसाधरण सँग मिटरव्याज धन्दा चलाएको आरोपमा माधवा बस्नेत र उनका पति धर्म बहादुर बस्नेतको नाक काटिदिएको थियो भने गत असोज २९ गते दुर्गा पन्तलाई कालोमोसो दलेर जनकारवाही गरेको थियो । पन्तलाई नामुदसुदखोर भएको , जाली तमसुक चेक लिएर जनतालाई शास्ती दिएको चक्रियव्याज दर लगाई जनतालाई बेघरवार बनाएको बित्तिय आतंक मच्चाएको , राजस्व छली गरेको , अबैध ढंगले अकुत सम्पत्ति जोडेको लगाएतका आरोप लगाउँदै उक्त पार्टीले दुर्गा पन्तलाई जनकारबाही गरिएको थियो ।
बस्नेत दम्पती र पन्थी दुबैले अहिलेसम्म प्रहरीमा किटानी नदिनुले एकातिर उनीहरुको कमजोरी देखिन्छ भने अर्काेतिर पीडित भनिएकाले कुनै ब्यक्तिको नाममा किटानी जाहेरी नहुदै अमर खड्कालाई गिरफ्तार गरेर २४ घण्टा सम्म बेपत्ता बनाउनु प्रहरीप्रशासन प्रति गम्भीर प्रश्न उब्जिएको छ।


