१८ पुष २०८१ २२:२५
१८ पुष २०८१ २२:२५
नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का दाङ जिल्ला सेक्रेटरी अमर खड्कालाई तत्काल सार्वजनिक र रिहाईको माग गरिएको छ । मिटरव्याज र लघुबित्तीय आतंकका बिरुद्ध जनताहरुले गरेको कारबाहीको बिषयलाई लिएर दाङ जिल्ला सेक्रेटरी अमरलाई गिरप्तार गरिको भन्दै उक्त पार्टीले रिहाइको माग गरेको हो । जनताहरु बैंकको शोषण, मिटरव्याज,लघुबित्त र सहकारीको चरम लुटपाटबाट प्रताडित छन् । कयौँ मानिसहरु आत्म हत्या गर्न बाध्य भएका छन् । यस प्रकारका रबैयाका बिरुद्ध प्रतिरोध गर्न र मिटरव्याजी बित्तीय माफियाहरु माथि जनकारबाही गर्न सर्वसाधारण जनतामा अपिल गरिएको छ । सोही बिषयमा दाङ जिल्ला लगाएत देशका बिभिन्न ठाउँमा जनताले आफ्नै पहल कदमीमा जनकारबाही संचालन गर्दै आएका छन् बिज्ञप्तीमा भनिएको छ…