काठमाडौँ —नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)को नेतृत्व चयनमा उमेर हद लाग्ने भएको छ ।
अखिल (क्रान्तिकारी)को उमेर हद लगाउने पक्षमा नौ सय र खुला राख्ने पक्षमा आठ सय ७९ मत प्राप्त भएको प्रमुख निर्वाचन अधिकृत मुक्तिनारायण प्रधानले बताएका छन् । २१ मत उम्मेर हद लाग्नेमा बढी आएको छ ।अब क्रान्तिकारीमा ३२ बर्ष उमेर हद लाग्ने भएको हो ।
उमेर हद राख्ने कि नराख्ने भन्नेबारेमा क्रान्तिकारीमा फरक मत रहँदै आएको थियो । प्रमुख निर्वाचन अधिकृत प्रधानका अनुसार, अब ३२ वर्षमुनिबाट नेतृत्व चयन गर्न अखिल क्रान्तिकारीमा आगामी माघ १२ गते निर्वाचन हुने कार्यक्रम तय गरिएको छ ।
अखिल (क्रान्तिकारी )को इतिहासमा पहिलोपटक बिधानमाथी आन्तरिक चुनाव भएको हो । एक उपाध्यक्ष बाहेक दुई दर्जन पदाधिकारी आउट हुनेछन् ।


