१५ पुष २०८१ १९:३६
१५ पुष २०८१ १९:३६
विराटनगर —नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले माओवादी केन्द्रले भ्रष्टाचार विरोधी अभियानलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाएको र यस अभियानमा जनताको साथ थपिएमा भ्रष्टाचार मुक्त नेपाल निर्माण सम्भव रहेको उद्घोष गरेका छन् । केपी ओलीको जिल्ला झापाको झापाको गौरीगञ्ज गाउँपालिकामा सोमबार आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै दाहालले त्यस्तो उद्घोष गरेका हुन् । दाहालले २०८४ को निर्वाचनमा आफ्नो पार्टी पहिलो बन्ने दाबी गरे । उनले पछिल्लो उपनिर्वाचनमा कोशी प्रदेशमा माओवादी पहिलो पार्टी बनेको उदाहरण पेस गर्दै उनले अब माओवादी एक्लै चुनाव लड्न सक्ने हैसियतमा पुगेको र कांग्रेस वा एमालेसंग मिल्न जरुरी नरहेको जनाए । ‘अब मसँग भ्रष्टाचारमुक्त मुलुक निर्माण गर्ने, उपेक्षित…