प्रदेशस्तरीय सम्मेलन र खबरदारी सभाका साथै माओवादीले केन्द्रीय समिति बैठकको तयारी समेत थालेको छ ।
आगामी २१ पुसमा बस्ने गरी बोलाइएको बैठकको तयारीमा रहेको नेताहरूले बताएका छन् । बैठकमा पेस गर्ने राजनीतिक प्रतिवेदन लेखनको तयारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले थालेका छन् । सुशासन, सामाजिक न्याय र समृद्धिका लागि सदन र सडकबाट सशक्त खबरदारी गर्ने गरी प्रतिवेदन आउने माओवादी उपमहासचिव शक्ति बस्नेतले बताए । उनका अनुसार समाजवादी आन्दोलनको विषय पनि प्रतिवेदनमा समेटिनेछ ।
प्रतिवेदन स्थायी समितिबाट अनुमोदन गरेर केन्द्रीय कमिटीमा प्रस्तुत गर्ने तयारी छ । माओवादी खबरदारी सभा र पालिका सम्मेलनका कारण केन्द्रीय समिति बैठकको मिति सारिएको सापकोटाले बताए । केन्द्रीय समिति बैठकको तयारीका लागि माओवादीले १८, १९ र २० पुसमा स्थायी समिति बैठक बोलाएको छ ।


