नेकपा (माओवादी केन्द्र) का उपमहासचिब तथा निवर्तमान अर्थमन्त्री वर्षमान पुन अनन्तले आफू अर्थमन्त्री हुँदा सहिद मार्गको घोराही – होलेरी सडक खण्ड पिज गर्नेको निम्ति छुट्टयाएको बजेट रोक्न केहि एमालेका संसदहरु लागिरहेको बताएका छन् ।
आज नेकपा (माओवादी केन्द्र )रुन्टिगढी गाउँपालीका ४ नम्बर वडा कमिटी रोल्पाले सुरपालमा आयोजना गरेको उपचुनाब विशेष कार्यक्रममा बोल्दै अर्थमन्त्री हुँदा सहिद मार्गको घोराही – होलेरी सडक खण्ड पिज गर्नेको निम्ति छुट्टयाएको १ अर्व २५ करोड बजेट रोक्न केहि एमालेका संसदहरु लागिरहेको बताएका हुन् ।
सहिद मार्गकै घोराही – होलेरी सडक खण्ड नै सबैभन्दा नाजुक र खतरापूर्ण सडक खण्ड हो । जुन मार्गमा घोराही देखि रुकुम तकसेरा सम्म जाने सयौं यात्रुले दुख कष्ट मात्र होइन जोखिम मोलेका छन् । यो खण्डले माओवादी नेताहरूले भनाइ खाई रहेका छन् ।
उनले ´माओवादी नेतृत्वको १८ महिने सरकारले जनतामा आशा जगाएको छ।` सुशासन र समृद्धिको महत्त्वपूर्ण कार्यको छ ।` उनले भने ´अध्यक्ष प्रचण्डले भ्रष्टाचारीको बाटो खोज्दै जादा म देखिए भने मलाई पनि नछाड्नु भन्नू भयो ` तर अहिलेको सरकारले उस्तै मुद्दाका आफ्नालाई गिरफ्तार गर्नु त के सोधपुछ नै नगर्न तर विपक्षलाई (रबि )पक्राउ गरेको छ।` भन्दै सरकारको आलोचना गरेका छन् ।


