चन्दा नदिएको कारण पालिका अध्यक्षले यति १० प्रतिशत रकम खान्न भनेर कर्मचारीलाई नै फिर्ता गर्यो भन्ने आरोप लगाएका हुन।
नेपाल कम्युनिस्ट पार्टी रोल्पा भन्ने फेसबुक पेज बाट भाद्र ३१ गते यस्तो कुरा लेखेर पोस्ट भयो ´ रोल्पा जिल्ला अन्तर्गत माडी गाउँ पालिकाका कर्मचारी मध्यका दुई चार जना नाइकेहरु भ्रष्ट भएको पुस्ती भएको छ ।
जम्मा गरिएको १००% कमिसनबाट तपाईंलाई १०% मात्रै छुटट्याइ दिएका छौँ त्यो मध्य ३६००००! तिनलाख साठी हजार लिनुहोस र ९०% केहि कर्मचारीहरुले मात्रै बाटी सकियौ अध्यक्ष ज्यु भनेर कर्मचारीले माडी गाउँ पालिका अध्यक्ष अमर सिह घर्ती ( क मित्रमणि ) लाई दिए पछि तिमि कर्मचारीहरुले कुल कमिसनको ९०% खाने , मलाई चाहिँ १०% मात्रै हो भनेर ३६००००! तिनलाख साठीहजार मात्रै दिने म यत्ती रकम खान्न भनेर कर्मचारीहरुलाइ नै त्यो रकम फालिदिए भनेर माडी गाउँ पालिका अध्यक्ष अमर सिह घर्तीले स्वीकार गर्नु भएको छ । उहाँले फालिदिएको त्यो रु ३६००००!( तिनलाख साठी हजार रकम ) कस्ले लग्यो ? माडी वासी आम जनसमुदायहरुले खोजी गरि दोषी माथी कडा कार्वाहीको माग गर्न अनुरोध छ।`
त्यसमा भनिएको छ कर्मचारी भ्रष्ट भएको पुष्टि भएको छ। तर कुन कुन नाम गरेका कर्मचारीले कुन कुन व्यक्ति बाट कतिकती पैसा लिएको उल्लेख छैन हुन नाम उल्लेख छैन ।
जम्मा रकमको १० प्रतिशत तपाईलाई हो अध्यक्ष ज्यु भन्दा यती पैसा लैजान भनेर फिर्ता गरीदिएको भनिएको छ। तर कुन कर्मचारीले त्यो रकम दिएको हो ? काहाँ र कहिले दिएको स्पष्ट छैन
आज असोज १ गते नेकपा (एमाले ) माडी गाउँपालीका अध्यक्ष देब प्रशाद ओलिले एक विज्ञप्ति निकाल्दै भनेका छ्न। यति गम्भीर विषयमा माडी गाउँपालीकाको तर्फबाट कुनै प्रतिक्रिया नआउनुले झन् शंसकित बनाएको छ। १० प्रतिशत ३६०००० आउनुपर्ने हो भने कर्मचारीले ३२लाख ४० हजार बाड्फाड भएको देखिन्छ । यसले माडी बासिलाई लज्जित बनाएको छ।
विज्ञप्तिमा भनिएको छ। यति ठुलो बिषय उठाइ सकेपछि उठान गर्नले प्रमाणीत गर्नुपर्छ ।
यस विषयमा पालिका अध्यक्ष मित्रमणि सँग प्रश्न गर्दा युगपोष्ट सँग भने ´हामीसँग ती मान्छेहरु चन्दा माग्न आएका थिए चन्दा भनेर बजेट हुँदैन कसरी दिन सकिन्छ र ? हामी सक्दैनौं भनेपछि त्यसको झोकमा निराधार ,कपोलकल्पित र आरोप लगाएका हुन् ।`
´म आफै भ्रष्टाचार विरुद्ध लडिरहेको व्यक्ति हुँ ती साथिहरुले मेरो पालिकामा कार्यरत कर्मचारी र मेरो प्रमाण लिएर आउन भनेर चुनौती दिए।`
तपाईको यस बिषयमा कुनै प्रतिक्रिया आएन भनेर एमालेको विज्ञप्तिमा भनिएको छ? ´ हतार हतारमा प्रतिक्रिया नदिएर हामी हाम्रो उचित समयमा दिन्छौं ।` आम जनताले देख्ने गरि आधारिक प्रतिक्रिया आउँछ भनेर युगपोष्टसँग बताए ।
रोल्पाकै अर्को स्थानीय तहको अध्यक्षलाई ती व्यक्तिहरु नै चन्दा माग्न गएका र किन चन्दा दिने? भन्दा जीउ त पाल्नु पर्यो भनेर जवाफ् दिएको स्रोतले जनाएको छ।


