Yug Post

समितिले रबिलाई कार्वाहीको सिफारिस तर उनले भन्छन् किलिन चिट पाए

Advertisement

सोमबार प्रतिनिधिसभाको बैठकबाट पारित भइ सरकारलाई कार्यान्वयनका लागि समेत सिफारिस भएको प्रतिवेदनले गोर्खा मिडिया नेटवर्कमा आएको सहकारीको रकममा तत्कालीन प्रबन्ध निर्देशक लामिछाने सहित चार जनालाई जिम्मेवार ठहर्‍याइ कारबाहीको सिफारिस गरिएको छ ।

प्रतिबेदन सार्वजनिक हुन बितिकै रास्वपा पार्टी कार्यालयमा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै प्रतिबेदन लामिछानेले ‘हामीमाथि लागेको आरोप समितिले खारेज गरेको’ दाबी गरेका छन् ।

‘हामीमाथि जे आरोप लगेको थियो, त्यो आरोप खारेज भएको छ । पूर्ण रुपमा । यति लामो समयसम्म हामी त्यो आरोप सहेर बसेका थियौं । जुन प्रताडना भएको थियो, समितिले स्पष्ट पारेको छ,’ लामिछानेले भने, ‘सहकारीको रकम अपचलन गर्नमा सहकारीको पैसा गोर्खा मिडियामा ल्याउनमा हाम्रो कुनै पनि भूमिका छैन ।’ उनले अझै यो समितिको प्रतिवेदनलाई भ्रम छर्ने कोसिस हुने र आफ्नो ढंगबाट व्याख्या हुने दाबी पनि गरे । आफुले किलिन चिट पाएको भनेर एकपटक फेरि अल्लारे प्रस्तुत गरे।

समितिले लामिछानेसहितलाई जिम्मेवार ठहर गर्दै कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गरेको छ । तर रवि भन्दैछन्- आफूमाथि लागेको आरोप खारेज भयो । दुई तथ्य एक ठाउँमा राखेर हेरौं त तथ्यलाई भ्रमित पार्ने का

प्रतिवेदनको परिच्छेद १८मा स्पष्ट भनिएको छ। ´सहकारी संस्थामा रहेको रकम अनियमित रुपमा गोर्खा मिडिया नेटवर्कमा आएको र उक्त रकम खर्च गर्ने गराउने प्रक्रियामा सञ्चालकहरू गितेन्द्रबाबु राई, सदस्य कुमार रम्तेल, प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चाल छविलाल जोशी जिम्मेवार रहेकाले कानुनबमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गर्ने `

कानुनको सामान्य सिद्धान्त बुझ्नेले पनि थाहा पाउने कुरा हो कि गैरकानुनी रुपमा आएको पैसालाई प्रयोग गरेर कुनै काम गरिन्छ भने त्यो पनि गैरकानुनी नै ठहरिन्छ । तर, लामिछाने भन्दैछन्- सहकारीको रकम अपचलन गर्नमा आफ्नो भूमिका छैन ।
माओवादी संसद तथा संसदीय समितिका सदस्य राजन दाहालले सिधा रविले रकम लिएको प्रमाण भेटिएन तर सेयर सदस्य भएको र आएको रकम बितरण उहाँले नै गरेको हुँदा कार्वाहीको सिफारिस गरेका छौँ बाकीँ काम अख्तियार प्राप्त निकाएले गर्न युगपोष्टसँग बताए ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search