८ भाद्र २०८१ २०:५७
८ भाद्र २०८१ २०:५७
संघीय मामिला तथा सामान्य विकास मन्त्रालयले स्थानीय सरकार संस्थागत क्षमता स्वमूल्यांकन प्रणाली (लिजा) अनुसार देशभरका ७४९ स्थानीय तहहरुलाई गरिएको मुल्यांकनमा उत्कृष्ट भएका २५ गाउँपालिका मध्ये सबैभन्दा बढी ११ वटा नेकपा (माओवादी केन्द्र )ले नेतृत्व गरेका स्थानीय तह रहेका छन्। । त्यस्तै नेपाली कांग्रेस र नेकपा( एमाले) नेतृत्व गरेका सात सात वटा स्थानीय मात्र उत्कृष्ट २५ मा परेका छन् । संघीय मामिला तथा सामान्य विकास मन्त्रालयले स्थानीय सरकार संस्थागत क्षमता स्वमूल्यांकन प्रणाली (लिजा)को आ व २०७९/८० नतिजा २०८१ भदै ६ गते सार्वजनिक गरेको थियो । जस अनुसार निलकण्ठ नगरपालिका धादिङले प्राप्त अंक ९२:०० अंक प्राप्त गर्यो ,तिलोत्तमा नपा रुपन्देही ९२:००,रत्ननगर नगरपालिका…