Yug Post

Day: ३१ श्रावण २०८१ १४:४०

विद्यालय जाँदै गरेकी एक शिक्षिकाको पहिरोले पुरीएर मृत्यु

विद्यालय जाँदै गरेकी एक शिक्षिकाको पहिरोले पुरीएर मृत्यु

खोटाङ - पहिरोले पुरिएर बिहीबार बिहान विद्यालय जाँदै गरेकी एक शिक्षिकाको मृत्यु भएको छ। रावाबेसी गाउँपालिका–३ लामीडाडाँस्थित विश्वज्योति मावि जाँदै गरेकी ५७ वर्षीया साबित्रादेवी नेवारको बिहीबार बिहान पौने दश बजे पहिरोले पुरिएर मृत्यु भएको हो बाटो देखि करिब ३०–३५ मिटर माथिबाट खसेको पहिरोले पुरिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले बताएका छन् । शव पोष्टमार्टमका लागि अहिले दिक्तेल ल्याइदै छ ।
Read More
मङ्कीपक्सको प्रकोप फैलिए पछि विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा

मङ्कीपक्सको प्रकोप फैलिए पछि विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा

– विश्व स्वास्थ्य संगठनले अफ्रिकाका केही भागहरूमा यौन सम्पर्क देखी सास फेर्दा समेत सर्न सक्ने  मङ्कीपक्सको प्रकोप फैलिएपछि विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा प्रारम्भिक प्रकोपको क्रममा कम्तीमा ४ सय ५० जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । अहिले यो प्रकोप मध्य र पूर्वी अफ्रिकन राष्ट्रहरूमा पनि फैलिरहेको बताइएको छ । छिटो फैलिरहेको सङ्क्रमण र मृत्युको दरबारे वैज्ञानिकहरूले चिन्ता व्यक्त गरेका छन् । यस रोगको नयाँ संस्करण छिटो फैलिरहेको र त्यसको मृत्युदर उच्च रहेको भन्दै डब्ल्यूएचओले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको हो । डब्ल्यूएचओका प्रमुख टेड्रोस गेब्रिएससले अफ्रिका भित्र र बाहिर फैलिने सम्भावना रहेकाले यो अवस्था धेरै चिन्ताजनक रहेको बताए । यौन सम्पर्क, छाला सम्पर्क…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search