Yug Post

Day: २२ श्रावण २०८१ १६:४४

बागलुङ पहिरोमा पुरिएर ७ काे मृत्यु

बागलुङ पहिरोमा पुरिएर ७ काे मृत्यु

बाग्लुङ – बागलुङमा पहिरोमा पुरिएर सात जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् । आज बिहान बडिगाड गाउँपालिका–९ मा एउटा घर पुरिँदा दुई जना  र बडिगाड–१० आरुपाटामा जोगलाल बुढाको घर  पुरिँदा पाँच जनाको ज्यान गएकाे हो । आज बिहान पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये ६ जनाको शव निकालिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो । ज्यान गुमाउनेहरूकाे परिचय खुलिसकेकाे छैन । पहिरोमा पुरिएका चार जनाको जीवितै उद्धार गरिएको छ । उनीहरू घाइते छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।
Read More
अन्तरिम सरकारको  नेतृत्व मोहम्मद युनुसले पाउनुपर्छ  :विद्यार्थी नेताहरु

अन्तरिम सरकारको नेतृत्व मोहम्मद युनुसले पाउनुपर्छ :विद्यार्थी नेताहरु

बाङ्ग्लादेशको विद्यार्थी आन्दोलनका संयोजकहरूले फेसबुकमा एउटा भिडिओ सार्वजनिक गर्दै सैन्य शासन अस्वीकार गर्ने र नयाँ अन्तरिम सरकारको नेतृत्व मोहम्मद युनुसले गर्नुपर्ने बताएका छन्। "हामीले सिफारिस गरेकोभन्दा अन्य कुनै सरकार स्वीकार्य हुने छैन," विद्यार्थी आन्दोलनका नेता नाहिद इस्लामले भिडिओमा भनेका छन्। उनले युनुस उक्त जिम्मेवारी लिन सहमत भएको समेत जनाउँदै भने, "हामी सेनाको साथ भएको वा सेनाले नेतृत्व गरेको कुनै सरकार स्वीकार गर्दैनौँ।" समाचारसंस्था रोएटर्सले पनि युनुसका प्रवक्तालाई उद्धृत गर्दै यस जिम्मेवारीका लागि युनुस सहमत रहेको उल्लेख गरेको छ। उसका अनुसार हाल स्वास्थ्य उपचारका लागि फ्रान्सको प्यारिसमा रहेका युनुस "सामान्य चिकित्सकीय प्रक्रिया पूरा गरेर तत्कालै" स्वदेश फर्कने छन्। विद्यार्थी नेताहरूले स्थानीय…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search