२१ कार्तिक २०८३ २१:०९
२१ कार्तिक २०८३ २१:०९
२० कात्तिक २०८३, दाङ। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ‘सन मेडिकेयर’ अन्तर्गतको ‘आपत्मा राहत’ राइडरमार्फत बीमितलाई उपचार खर्चबापतको दाबी भुक्तानी गरेको छ। कम्पनीको दाङ शाखाले मोटरसाइकल दुर्घटनामा घाइते भएका बीमितका प्रस्तावक युवराज न्यौपानेको घरमै पुगेर दाबी भुक्तानी प्रक्रिया पूरा गरेको हो।तुलसीपुर उपमहानगरपालिका–१२, टरिगाउँस्थित न्यौपानेको निवासमै पुगेर कम्पनीका दाङ शाखा प्रमुखले डिस्चार्ज भौचरमा हस्ताक्षर गराएका थिए। मोटरसाइकलमा यात्रा गर्ने क्रममा दुर्घटनामा परी बायाँ खुट्टा भाँचिएपछि न्यौपाने तुलसीपुरस्थित सिटी हस्पिटलमा भर्ना भएका थिए। उनको शल्यक्रियासहित तीन दिनसम्म उपचार गरिएको थियो। उपचारमा लागेको खर्च बीमामार्फत प्राप्त हुने भएपछि आफूलाई ठूलो राहत मिलेको उनले बताए। सामान्य रकम तिरेर ‘आपत्मा राहत’ राइडर लिएको…