Yug Post

प्रधानमन्त्री ओलिसँग मन्त्री गुप्ताले भने : अडियोमा भएको स्वर मेरै हो

Advertisement

घुस काण्डको अडियो बाहिरिएपछि पहिलोपटक राजकुमार गुप्तासँग प्रधानमन्त्री केपी शर्मा ओलीले टेलिफोनमा सोध्दा गुप्ताले भने ´अडियोमा भएको स्वर मेरै हो।`

गृहजिल्ला झापा पुगेका प्रधानमन्त्री ओलीले एमाले नेता–कार्यकर्ता, संसद् र सामाजिक सञ्जालको दवाब थेग्न नसकेपछि मन्त्री गुप्तासँग सोधपुछ गरेकाे नेकपा एमाले झापाका एक पदाधिकारीले बताएका छन्।

स्राेतका अनुसार सरुवा र नियुक्तिका विषयमा ७८ लाख रुपैयाँको डिल गरेको अडियोकाण्ड बाहिरिएपछि विवादीत बनेका मन्त्री गुप्ताविरुद्ध प्रधानमन्त्रीले एक्सन लिन लागेका हुन्।

प्रधानमन्त्रीसँगको कुराकानीमा मन्त्री राजकुमार गुप्ताले हालै सार्वजनिक भएको अडियोकाण्डमा उल्लेख भएको पैसा भैँसेपाटीस्थित मन्त्री क्वार्टरमै भेटिएको स्वीकार गरेका ती नेताले बताएका छन्।

प्रधानमन्त्री निकट स्रोतका अनुसार उक्त अडियो गएको पुस २८ गतेको भएको मन्त्री गुप्ताले स्वीकारेका हुन्। प्रधानमन्त्रीले मन्त्री गुप्तालाई फोन गर्नुअघि पूरै अडियो सुनेका थिए।

एमाले झापाका ती नेताका अनुसार अडियो सुन्ने बित्तिकै ओलीले मन्त्री गुप्तलााई फोन गरे। मन्त्री गुप्ताले ‘प्रधानमन्त्री ओलीज्यू नमस्कार…’ गर्न नपाउँदै ओलीले चर्को स्वरमा ‘अडियोमा भएको स्वर तपाईंको हो कि होइन्?’ भन्दै झपारे।

मन्त्रीले ‘मेरै हो हजुर तर…’ भन्न नपाउँदै ‘भएको के हो नि?’ भन्दै ओलीले प्रश्न सोधिहाले।

त्यसपछि मन्त्री गुप्ताले नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई पनि पोलेका ती नेताले बताए।

ती नेताका अनुसार मन्त्री गुप्ताले भने, ‘अडियोमा भएको स्वर मेरै हो। लेकिन रेशम चौधरीकी श्रीमती र केही बिचौलिया मेरो क्वार्टरमा आएका थिए। अडियोमा भएजस्तो कुराकानी पनि गरेका हुन्। छिटो जालान् भनेर सहकारीमन्त्रीको नाम लिएको पनि हुँ। यसमा बलराम कमरेडको पनि दोष छ। तर उनीहरूले मलाई फसाउने नियतले पैसाको बिटो यतै छोडेर हिँडेछन्।’

एमालेका एक केन्द्रीय सदस्यले पनि मन्त्री गुप्ताले प्रधानममन्त्रीसँग घुसकाण्डको अडियोमा भएको आवाज आफ्नै भएको स्वीरेको बताएका छन्।

ती केन्द्रीय सदस्यका अनुसार मन्त्री गुप्ताको कुरा सुनेपछि प्रधानमन्त्री ओलीले अनुहार निन्याउरो बनाउँदै ‘अच्छा…’ भन्दै फोन काटे।

यस विषयमा ओलीले झापाबाट फर्किने बित्तिकै एक्सन लिने तयारी गरेका छन्। ‘सम्भवतः प्रधानमन्त्रीज्यू काठमाडौं आइपुग्ने बित्तिकै कि मन्त्रीले राजीनामा दिन्छन्। कि प्रधानमन्त्रीले बर्खास्त गर्नुहुन्छ,’ ती नेताले भने।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search