Yug Post

Day: ३० असार २०८२ १२:०१

चौतर्फी दवाब पछी अन्ततः मन्त्री गुप्ता स्पष्टीकरणमा परे

चौतर्फी दवाब पछी अन्ततः मन्त्री गुप्ता स्पष्टीकरणमा परे

काठमाडौँ —प्रधानमन्त्री केपी शर्मा ओलिले मन्त्री राजकुमार गुप्तालाई घूस डिलसम्बन्धी अडियो सार्वजनिक भएको विषयमा स्पष्टीकरण सोधेका छन्। सोमबार प्रधानमन्त्री ओलीले मन्त्री गुप्तीलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएकाएर प्रधानमन्त्रीले उनीसँग स्पष्टीकरण सोधेका हुन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्रीले गुप्तालाई बोलाएर उक्त घटना के हो ? भन्ने बारेमा स्पष्टीकरण लिएका छन्। राजनीतिक नियुक्तिका विषयमा मन्त्री गुप्ताले आफ्नो मर्यादा विपरीत अर्का मन्त्रीलाई समेत लेनदेनको विषयमा उल्लेख गरेका छन्। उनको अडियो सार्वजनिक भइसकेपछि विपक्षी दलहरूले मन्त्री गुप्तालाई बर्खास्त गर्न माग गरेका छन्। तर उनले पत्रकार रिसि धमलासँग आज बिहान एक अन्तर्वार्तामा गल्ती स्वीकार गरेका छैनन् ।
Read More
प्रधानमन्त्री ओलिसँग मन्त्री गुप्ताले भने : अडियोमा भएको स्वर मेरै हो

प्रधानमन्त्री ओलिसँग मन्त्री गुप्ताले भने : अडियोमा भएको स्वर मेरै हो

घुस काण्डको अडियो बाहिरिएपछि पहिलोपटक राजकुमार गुप्तासँग प्रधानमन्त्री केपी शर्मा ओलीले टेलिफोनमा सोध्दा गुप्ताले भने ´अडियोमा भएको स्वर मेरै हो।` गृहजिल्ला झापा पुगेका प्रधानमन्त्री ओलीले एमाले नेता–कार्यकर्ता, संसद् र सामाजिक सञ्जालको दवाब थेग्न नसकेपछि मन्त्री गुप्तासँग सोधपुछ गरेकाे नेकपा एमाले झापाका एक पदाधिकारीले बताएका छन्। स्राेतका अनुसार सरुवा र नियुक्तिका विषयमा ७८ लाख रुपैयाँको डिल गरेको अडियोकाण्ड बाहिरिएपछि विवादीत बनेका मन्त्री गुप्ताविरुद्ध प्रधानमन्त्रीले एक्सन लिन लागेका हुन्। प्रधानमन्त्रीसँगको कुराकानीमा मन्त्री राजकुमार गुप्ताले हालै सार्वजनिक भएको अडियोकाण्डमा उल्लेख भएको पैसा भैँसेपाटीस्थित मन्त्री क्वार्टरमै भेटिएको स्वीकार गरेका ती नेताले बताएका छन्। प्रधानमन्त्री निकट स्रोतका अनुसार उक्त अडियो गएको पुस २८ गतेको भएको…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search