Yug Post

शिक्षण पेशाबाटै सन्तानहरु बैंकिङ क्षेत्रको कर्मचारी , विज्ञ ,बैज्ञानिक अनुसन्धान कर्मि बनाएका ओलीले लिए पेशाबाट अवकाश

Advertisement

शोभाराम राना , रोल्पा – गोबिन्द मा वि दुम्ला रोल्पाका निवर्तमान प्रधानाध्यापक नर बहादुर ओलि दम्पतीका छोराछोरी बैज्ञानिक अनुशासन कर्ता , बैंकको कर्मचारी र वातावरण विज्ञ छोराछोरी बनेका छन् ।

विद्यार्थीका लागि असल गुरु , अभिभावकका लागि कर्तव्यनिष्ट शिक्षक , विधालयका लागि एक कुशल प्रशासक , स्टापका लागी एक असल साथी , समाजका एक बौद्धिक व्यक्तित्व र छोराछोरी लागी नमुना बुवा नर बहादुर ओलिले असार २० गते ३९ वर्ष शिक्षण पेशाबाट स-सम्मान बिदा लिए।

त्रिवेणी गाउँपालिका ५ जुगार तत्कालीन जुगार गाबिस जाबल घर भएका नर बहादुर ओलिले जनजागृति मा.वि. जुँगार रोल्पाबाट बि.सं २०४३ साल देखि शिक्षण पेशामा सेवा प्रवेश गरेका थिए।ओली अवकाश लिदा श्री गोबिन्द मा.बि. दुम्ला रोल्पाको ९ वर्ष प्रधानाध्यापकको रूपमा जिम्मेवारी समालीरहेका थिए।

प्र अ भएपछि दिनमा एक दुई पिरियड मात्र अध्यापन गर्ने प्रवृत्ति भएका प्र अ हरुको भिडमा उनी विद्यार्थीप्रती यति जिम्मेवार प्र अ थिए कि बिदाई हुनको दिन पनि पाचौँ पिरियड अध्यापन गरे । उनी प्र अ को जिम्मेवारी लिदा बिधालयको बचत हजार थियो भने लाखौंको बचत बनाए । कम्जोर भौतिक पुर्वाधार र खस्कदो शिक्षाको गुणस्तर सुधार गरेर आफ्नो प्रशासनिक क्षमता सुधार गरेका थिए।


उनी स्टापहरुको मन जितेरै कामकाज लगाउँथे उनले कहिल्यै स्टापको चित्त दुखाएनन् । यो हेड सर कहिले हट्ला यसलाई कसरी हटाउने भनेर स्टाप र अभिभावकले जन्मदेखीको बल लगाउने प्रवृत्ति रहेको समाजमा उनलेे बिदाई लिदा सबै दुखित भए उनलाई रोल्पाबाट दाङ घर सम्म वर्षादको समयमा पनि स्टापले पुर्याउन गए।

यो माया सद्भाव उनले ३९ वर्ष कमाएको सामाजिक पुँजी हो । उनले राजनीतिक सामाजिक शैक्षिक हिसाबले कहिल्यै कुनै निश्चित पार्टी समुदाय समुहको पक्षविपक्षको व्यावहार देखाएनन साझा हुने कोसिस गरे। फलस्वरूप शिक्षण पेशाबाट सुखान्त र ओजिलो तरिकाले बिदाई भए।

वुवाले शिक्षण पेशाबाट बिदाई हुँदाको दिन
रसायन बिद छोरी अस्मिता ओली डाँगीले सामाजिक संजाल फेसबुकमा वुवाको योगदान सम्झदै लेख्छिन

“हामी छोरा-छोरीको शैक्षिक उपलब्धीमा पनि बुवाको कुशल मार्गदर्शनकै अहम भूमिका छ। ”


यो स्थिति सम्म ल्याउन आमाको भुमिका पनि छ भन्दै अस्मिता लेख्छिन “बुवाको यो लामो शिक्षण यात्रा मध्ये करीब २२ वर्ष एक्लै घर व्यभार सम्हाल्दै बुवालाई आजको दिन सम्म हरेक पलमा साथ दिनुहुने आमालाइ पनि बधाई तथा धन्यबाद । ”

छोराछोरीका नमुना वुवा – आमा ओलि दम्पती

चिनियाँ बाँसको कथामा जस्तो बाँस जसलाई पाँच वर्ष सम्म प्रत्येक दिन पानीमा भिजाउनुको साथै मल दिनुपर्छ जब उम्रनछ त्यसपछि पाँच हप्तामै ९० फिट अग्लो हुन्छ । देख्नेले पाँच हप्तामै त्यति अग्लो भएको ठान्छन् तर वास्तवमा पाँच वर्ष सम्मको निरन्तर संघर्ष ले बाँस उत्पादन भएको हुन्छ । त्यस्तै गरि रोल्पाको भूगोलमा सामान्य परिवारमा जन्मेर आफ्ना छोराछोरीलाई बैकिङ ,वातावरण र वैज्ञानिक खोज अनुसन्धान कर्ताको हैसियत दिने नरबहादुर र उनकी श्रीमतीले कथामा जस्तै संघर्ष दुख कष्ट गरेका छन् ।

उनका जेठा छोरा डा टुपेन्द्र कुमार वली जनजागृती मा वि जुगारबाट २०५९ सालमा एस एल सी मा जिल्ला उत्कृष्ट भएका हुन् । जेठो छोराले संयुक्त राज्य अमेरिकाको युनिभर्सिटी अफ साउथ डकोटाबाट भौतिकशास्त्रमा र बुहारी डा श्रृजना डि. सीले पनि संयुक्त राज्य अमेरिकाको युनिभर्सिटी अफ साउथ डकोटाबाटनै पीएचडी गरेका छन् । जेठो छोरा बुहारी अहिले अमेरीकामै पीएचडी पुरा गरेर वैज्ञानिक खोज अनुसन्धानमा सक्रिय रहेका छन् ।


मानव समाजलाई प्रकृति प्रयोग गरेर सुखी बनाउने र मानव समाजलाई आईपर्ने बिपत्ति , प्रकोप , महामारीबाट बच्ने उपाए बैज्ञानिक खोज अनुसन्धान नै पत्ता लाग्ने हो । अहिले भएका क्रान्तिकारी परिवर्तनमा बैज्ञानिक खोजको मुख्य भुमिका छ। यस्तो महत्त्वपूर्ण भुमिका निर्वाह गर्न सक्ने क्षमता बनाए ।

छोरी अस्मिता वलीले जनजागृती मा वि जुगारबाट २०६२ सालमा छात्रातर्फ जिल्ला दोस्रो भएकी थिइन् ।उनी अहिले रसायनशास्त्रमा स्नातकोत्तर गरी नेपाल सरकार अन्तर्गतको वातावरण विभागमा

रसायनबिदको रूपमा कार्यरत छिन्। ज्वाईं २०५८ को एस एल सी मा रोल्पा जिल्ला दोस्रो भएका   सिभिल इन्जिनियरिङमा स्नातकोत्तर गरिसकेका डिल्ली राम डाँगीले नेपाल सरकारको एक हाइड्रोपावर कम्पनीमा कार्यरत छन्।


कान्छा छोरा दिपक ओली र बुहारी सङ्गिता गिरी दुवैले व्यवस्थापनमा स्नातकोत्तर (MBA) गरेका छन् र हाल नेपाल बैंक लिमिटेडमा कार्यरत छन्,। जहाँ उनीहरूले वित्तीय क्षेत्रमा आफ्नो दक्षता देखाइरहेका छन्।


यसरी समाजका लागि आवश्यक विभिन्न प्रकारका दक्ष जनशक्ति एउटै घरबाट उत्पादन भएको अनौठो संगम ओलि परिवारमा छ। जसको कमान्डर नि वर्तमान प्र अ नरबहादुर ओलि हुन् । जेठो छोरा बुहारी भौतिकशास्त्री र रसायनशास्त्री , छोरी रसायनविद् र ज्वाईं सिभिल इन्जिनियर त्यस्तै गरि कान्छो छोराबुहारी बैंकमा सिनियर कर्मचारी छन् ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search