१२ मंसिर २०८२ १८:२४
१२ मंसिर २०८२ १८:२४
घाेराही दाङ /टंक प्रकाश के .सी — पश्चिम नेपालको शक्तिशाली राज्यका रूपमा परिचित तत्कालीन जाजरकोट राज्य सञ्चालन भएको ऐतिहासिक जाजरकोट दरबार (सेतो दरबार)पुनःनिर्माणको पर्खाइमा छ। ठूलो ऐतिहासिक, सांस्कृतिक र राजनीतिक महत्व बोकेको यो दरबार विगतका विभिन्न भूकम्पहरूले क्षतिग्रस्त बनाएपछि अहिले पूर्ण पुनर्निर्माण आवश्यक बनेको हो। विक्रम संवत १८५२ मा जाजरकोटका १६औँ राजा इन्द्रनारायण शाहले निर्माण गरेको सेतो दरबारलाई पछि भव्य स्वरूपमा विस्तार गर्ने काम वि.सं. १९२६ मा जाजरकोटका २०औँ राजा तथा श्री ३ जंगबहादुर राणाका ज्वाँई नरेन्द्रविक्रम शाहले गरेका थिए। दरबार निर्माणका लागि स्थानीय जाजरकोटी जनताले श्रमदान गरेका थिए भने भक्तपुरबाट नाक्चेनामक कालीगाढ बाेर्लाइएकाे थियाे । सुरुमा चार नालमा निर्माण…