८ कार्तिक २०८२ २०:२४
८ कार्तिक २०८२ २०:२४
भारतले राजधानी नयाँदिल्लीमा पहिलो पटक क्लाउड सिडिङ अर्थात बादल जम्मा गर्ने परीक्षण सञ्चालन गरेको छ । यसले वायुमण्डलमा रहेका घातक धुवाँ र कणहरूलाई वर्षाको माध्यमबाट हटाउने तथा सहरको प्रदूषणलाई नियन्त्रणमा ल्याउने अपेक्षा रहेको दिल्लीका मन्त्री मञ्जिन्दर सिंह सिरसाले विज्ञप्ति निकालेर जानकारी गराउनुभएको छ । क्लाउड सिडिङ भन्नाले विमानमार्फत नुन वा अन्य रासायनिक पदार्थहरू बादलमा छाड्ने प्रक्रिया हो । यसबाट कृत्रिम रूपमा वर्षा हुनेछ । केही देशले यसअघि नै यस्तो प्रविधिको प्रयोग गरेपनि भारतले पहिलोपल्ट प्रयोग गरेको हो । चीनले सन् २००८ को ओलम्पिकका बेला बेइजिङमा वर्षा रोक्न यही प्रविधिको प्रयोग गरेको थियो । दिल्लीको उत्तरी क्षेत्र बुराडीमा सेनाले विमान प्रयोग…