Yug Post

Day: ४ आश्विन २०८२ २१:०६

हमासले विपिन जोसि सहित ४८ इजरायली बन्दीहरूको तस्बिर सार्वजनिक गर्‍यो

हमासले विपिन जोसि सहित ४८ इजरायली बन्दीहरूको तस्बिर सार्वजनिक गर्‍यो

हमासले ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको पनि तस्वीर सार्वजनिक गरेको छ ।  इजरायलले गरेको व्यापक स्थलगत र हवाई आक्रमणबाट गाजा क्षेत्रमा राखिएका बन्दीहरूको सुरक्षालाई खतरा पुर्याएको हमासले जनाएको छ ।  टाइम्स अफ इजरायलले भने हमासले सार्वजनिक गरेको तस्वीरलाई बन्दीका परिवार र इजरायली सरकारमाथि दबाब दिन खोजेको उल्लेख गरेको छ ।  हमासले सार्वजनिक गरेको तस्वीरसँगै लेखिएको छ, ‘नेतान्याहुको अस्वीकार र जामिरको आत्मसमर्पणका कारण गाजा सहरमा सैन्य कारबाही सुरु भइरहेका बेला एउटा बिदाइ तस्बिर।’ सार्वजनिक गरिएको सूचीमा प्रत्येक तस्बिरको क्याप्सन “Ron Arad”  राखिएको छ। 
Read More
जेनजी आन्दोलनमा सहभागी हुम्लाका एक युवक ११ दिनदेखि बेपत्ता

जेनजी आन्दोलनमा सहभागी हुम्लाका एक युवक ११ दिनदेखि बेपत्ता

काठमाडौं : काठमाडौंमा भएको जेनजी आन्दोलनमा सहभागी हुम्लाका एक युवक ११ दिनदेखि बेपत्ता भएका छन्। हुम्लाको नाम्खा गाउँपालिका-३, खगालगाउँ स्थायी घर भई हाल काठमाडौंको तीनचुलीमा बस्दै आएका २४ वर्षीय थुक्तेन पाल्वर तामाङ सम्पर्कविहीन भएका हुन्। परिवारका अनुसार, भदौ २४ गते दिउँसो २ बजे उनी बौद्धमा भएको प्रदर्शनमा सहभागी हुन कोठाबाट निस्केका थिए। उनका बुबा टासी छिरिङका अनुसार, होटेलमा काम गर्ने थुक्तेन बिहानको सिफ्ट सकेर कोठामा आएलगत्तै आन्दोलनमा जान्छु भनी निस्केका थिए, तर त्यसपछि उनी फर्किएनन्। छोरा ११ दिनसम्म पनि सम्पर्कमा नआएपछि परिवारले काठमाडौंका विभिन्न स्थानमा खोजी गरे पनि फेला पार्न सकेको छैन। ‘जेन-जी प्रदर्शनमा गएको छोरो आजसम्म फर्केन, जहाँ भए…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search