Yug Post

जेनजी आन्दोलनमा सहभागी हुम्लाका एक युवक ११ दिनदेखि बेपत्ता

Advertisement

काठमाडौं : काठमाडौंमा भएको जेनजी आन्दोलनमा सहभागी हुम्लाका एक युवक ११ दिनदेखि बेपत्ता भएका छन्।

हुम्लाको नाम्खा गाउँपालिका-३, खगालगाउँ स्थायी घर भई हाल काठमाडौंको तीनचुलीमा बस्दै आएका २४ वर्षीय थुक्तेन पाल्वर तामाङ सम्पर्कविहीन भएका हुन्।

परिवारका अनुसार, भदौ २४ गते दिउँसो २ बजे उनी बौद्धमा भएको प्रदर्शनमा सहभागी हुन कोठाबाट निस्केका थिए। उनका बुबा टासी छिरिङका अनुसार, होटेलमा काम गर्ने थुक्तेन बिहानको सिफ्ट सकेर कोठामा आएलगत्तै आन्दोलनमा जान्छु भनी निस्केका थिए, तर त्यसपछि उनी फर्किएनन्।

छोरा ११ दिनसम्म पनि सम्पर्कमा नआएपछि परिवारले काठमाडौंका विभिन्न स्थानमा खोजी गरे पनि फेला पार्न सकेको छैन।

‘जेन-जी प्रदर्शनमा गएको छोरो आजसम्म फर्केन, जहाँ भए पनि खोजी गरिदिनुहुन सबैलाई आग्रह गर्दछु,’ बुबा टासीले भने। उनका दुई छोरामध्ये बेपत्ता भएका थुक्तेन कान्छा हुन्।

थुक्तेनको खोजीका लागि हुम्लाबासीको सामाजिक संस्था ‘नाम्ख्योम हुम्ला बौद्ध समाज’ पनि सक्रिय भएको छ। समाजका अध्यक्ष अंगबहादुर लामाले बुधबार ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री कुलमान घिसिङलाई ज्ञापनपत्र बुझाएर खोजी कार्यमा सहयोग गर्न आग्रह गरिएको बताए।

नारायणथान गुम्बामा लामा ज्ञानको अध्ययन सकेका थुक्तेन हाल तीनचुलीमा आफ्नो भतिजोसँग कोठा लिएर बस्दै आएका थिए।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search