Yug Post

Day: १४ भाद्र २०८२ २१:३०

लुम्बिनी प्रदेशसभा सदस्य पुनले छोरीलाई जन्म दिएर निधन

लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुन मगरको निधन भएको छ । उपचारका क्रममा काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगञ्ज अन्तर्गत मनमोहन सेन्टरमा आज शनिबार उनको निधन भएको एमाले पोलिटब्यूरो सदस्य तथा रुकुम पूर्व इन्चार्ज खेममान खड्काले बताए । पूर्वी रुकुम तकसेरा निवासी पुनलाई केही दिनअघि स्वास्थ्य समस्या देखिएपछि काठमाडौं लगिएको थियो । अस्पतालमा एकैपटक दुईवटा ठूलो शल्यक्रिया (मेजर अपरेशन) गरिएको थियो । पहिलो अपरेशनमार्फत उनले छोरीलाई जन्म दिएकी थिइन् भने दोस्रो अपरेशनमार्फत उनको मुटुमा कृत्रिम भल्भ प्रत्यारोपण गरिएको थियो ।
Read More
रोल्पाको लुङ्ग्रीमा ५ वर्षिय बालिकालाई बलत्कार गरेको आरोपमा एक जना पक्राउ

रोल्पाको लुङ्ग्रीमा ५ वर्षिय बालिकालाई बलत्कार गरेको आरोपमा एक जना पक्राउ

रोल्पाको लुङ्ग्रीमा ५ वर्षिय बालिकालाई बलत्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ लुङ्ग्री गाउँपालिका १ पाङमा भाद्र १० गते १४ वर्षिय बालकले पीडित बालिकालाई जवरजस्ती बलात्कार गरेको भन्दै पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालय रोल्पामा उजरी दिनुभएको छ । शुक्रबार राती पीडकलाई सुलिचौर प्रहरी कार्यालयमा लिइएको थियो । हाल इलाका प्रहरी कार्यालय सुलिचौरबाट लिबाङ लिइएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक विरेन्द्र विर विश्वकर्माले घटना कुनै दवाव र प्रभावभावमा नपरी निष्पक्ष रुपमा छाबीनका लागि अनुसन्धान अगाडि बढाउने बताउनुभयो । उहाँले भन्नुभयोः–“अपराधमा संलग्नलाई अनुसन्धानमामा लिएर न्यायिक रुपमा अगाडि बढ्ने बताएका छन् ।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search