Yug Post

Day: २७ श्रावण २०८२ २२:३६

अखिल (क्रान्तिकारी ) त्रि वि इन्चार्ज घाइते

अखिल (क्रान्तिकारी ) त्रि वि इन्चार्ज घाइते

अनेरास्ववियू (क्रान्तिकारी) द्वारा त्रिविमा जारी शान्तिपूर्ण आन्दोलनमा प्रहरीले लाठीचार्ज र गिरफ्तार गरेको छ। अखिल(क्रान्तिकारी) द्वारा त्रिविमा जारी शान्तिपूर्ण आन्दोलनको क्रममा दलाल सरकारको निर्देशनमा प्रहरीद्वारा गरिएको अखिल ( क्रान्तिकारी )माथीको ममता जोशी बोहोस भएकि थिन अनेरास्ववियू (क्रान्तिकारी) द्वारा त्रिविमा भएको विकृति र अनियमितताको विरुद्ध आन्दोलन गरिरहेको बेला प्रहरीले आन्दोलन बिथोल्न थुप्रैपटक लाठी चार्ज र धेरै विद्यार्थी नेताकार्यकर्ता गिरफ्तार गरेको छ । त्रिवि इन्चार्ज ममता जोसि घाइते भएका छन् भने केहिलाई प्रहरीले गिरफ्तार गरेको छ। संगठनले सशत आन्दोलन गर्ने र अहिले काठमाडौ प्रहरी कार्यालयमा जम्मा भएर प्रहरी हस्तक्षेप र गिरफ्तारी विरुद्ध अहिले राती ९:३० सम्म प्रदर्शन गरेका थिए।
Read More
अखिल (क्रान्तिकारी )को त्रिविमा जारी शान्तिपूर्ण आन्दोलनमा प्रहरीले लाठीचार्ज र गिरफ्तार

अखिल (क्रान्तिकारी )को त्रिविमा जारी शान्तिपूर्ण आन्दोलनमा प्रहरीले लाठीचार्ज र गिरफ्तार

अनेरास्ववियू (क्रान्तिकारी) द्वारा त्रिविमा जारी शान्तिपूर्ण आन्दोलनमा प्रहरीले लाठीचार्ज र गिरफ्तार गरेको छ। अनेरास्ववियू (क्रान्तिकारी) द्वारा त्रिविमा भएको विकृति र अनियमितताको विरुद्ध आन्दोलन गरिरहेको बेला प्रहरीले आन्दोलन बिथोल्न थुप्रैपटक लाठी चार्ज र धेरै विद्यार्थी नेताकार्यकर्ता गिरफ्तार गरेको छ । केहि घाइते भएका छन् भने केहिलाई प्रहरीले गिरफ्तार गरेको छ। संगठनले सशत आन्दोलन गर्ने र अहिले काठमाडौ प्रहरी कार्यालयमा जम्मा भएर प्रहरी हस्तक्षेप र गिरफ्तारी विरुद्ध प्रदर्शनको तयारी गरेको छ ।
Read More
बर्दिवासमा हाँसो र व्यङ्ग्यले भरिएको गाईजात्रा समारोह

बर्दिवासमा हाँसो र व्यङ्ग्यले भरिएको गाईजात्रा समारोह

बर्दिवास, साउन २४ – सिस्नुपानी नेपाल महोत्तरीको आयोजनामा शनिबार बर्दिवासमा गाईजात्रा विशेष हास्यव्यङ्ग्य कार्यक्रम ‘अब हाँस्छ बर्दिवास’ भव्य रूपमा सम्पन्न भयो । कार्यक्रम उल्लासमय र मनोरञ्जनपूर्ण वातावरणमा सम्पन्न भएको थियो ।कार्यक्रममा संस्थाका अध्यक्ष नारद प्रसाद काफ्लेको अध्यक्षता, प्रदेश सभा सदस्य माननीय सारदा देवी थापाको प्रमुख आतिथ्य तथा बर्दिवास नगरपालिकाका नगरप्रमुख प्रह्लाद कुमार क्षेत्रीको विशिष्ट आतिथ्य रहेको थियो । सह–सञ्चालन विनोद ढुङ्गेल र रामकृष्ण भण्डारीले गरेका थिए भने उपाध्यक्ष जीवनराज दाहालले सबै अतिथिहरूलाई हार्दिक स्वागत गरेका थिए । यस अवसरमा वडा अध्यक्ष पदम आले, नगरका विभिन्न वडाका जनप्रतिनिधि, समाजसेवी, साहित्यकार, पत्रकार, व्यवसायी र विविध क्षेत्रमा सक्रिय व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो…
Read More
कांग्रेसको  पकड क्षेत्र सिर्प जुतुङ खोला टोलका ५२ घर धुरी माओवादीमा प्रवेश

कांग्रेसको पकड क्षेत्र सिर्प जुतुङ खोला टोलका ५२ घर धुरी माओवादीमा प्रवेश

लुङ्ग्री गाउपालिका वडा नम्बर २ सिर्प जुतुङ खोर टोलका ५२ घर धुरीका सयौं कांग्रेस त्याग गरि माओवादीमा प्रवेश माओवादी लुङ्ग्री गाउपालिका समिति अध्यक्ष रेलले नेपाली काङ्ग्रेसका गरि ५२ घर घुरि परित्याग गराएर नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र) मा प्रवेश गराएका हुन् । रोल्पाकै प्रभावशाली मानिने रेल पार्टी अध्यक्ष भएपछि पहिलो स्थानीय चुनावमा माओवादीले हारेको लुङ्ग्री गाउपालिका माओवादीलाई जिताएका हुन् । उनले पार्टीमा प्रतिबद्धता गरेअनुसार अबको चुनावमा किलिनस्विप गर्ने योजनामा छन् । उनले पार्टीलाई आन्तरिकरूपमा मजबुत बनाउनु साथै अन्य पार्टीमा प्रवेश गराई राखेका छन् ।जस अनुसार कांग्रेसको बलियो पकड मानिने सिर्प जुतुङ खोर टोलनै प्रवेश गराएका छन् ।
Read More

आज देशभर बर्षाकाे सम्भावना

काठमाण्डौ – आज देशका धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकीको पहाडी भू-भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागको एक/दुई ठाँउमा ठूलो पानी पर्ने सम्भावना छ । यस्तै पहाडी भू-भागका धेरै ठाउँहरुमा र मधेश प्रदेशलगायतका तराई भू-भागका केही ठाउँमा मध्यम वर्षाको सम्भावना छ । यस्तै राति कोशी प्रदेशको पहाडी भू-भाग तथा मधेश प्रदेशसहित कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै मधेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भू-भागकाका धेरै ठाउँहरूमा मध्यम वर्षाको सम्भावना रहेको…
Read More
एल–फाशेर सहरमा कुपोषणले हप्तामा ६३ जनाको मृत्यु

एल–फाशेर सहरमा कुपोषणले हप्तामा ६३ जनाको मृत्यु

एल–फाशेर नामक सहरमा कुपोषणका कारण केवल एक साताभित्र ६३ जनाको मृत्यु भएको छ। सुडानको केहि समय देखी घेराबन्दीमा परेको एल–फाशेर नामक सहरमा कुपोषणका कारण केवल एक साताभित्र ६३ जनाको ज्यान गएको छ । नेपाल लगायत अन्य राष्ट्रले त्याहाँको भोकमरी विरुद्ध खाद्यान्न लत्ताकपडा सहयोग गरिरहेका छन् । अन्तर्राष्ट्रिय संघसंस्थाले पनि सहयोग गर्दै आएको छ । यस्तो समस्याको समाधान कहिले हुन्छ अनिश्चित बनेको छ ।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search