११ श्रावण २०८२ १९:४२
११ श्रावण २०८२ १९:४२
नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन 'अनन्त' ले ´अध्यक्षको टाउकोमा सबै हालेर हामी उम्किन पाउँदैनौं `भनेर स्पष्ट पारेका छन् । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा पुनले प्रचण्डले आफूलाई रूपान्तरण गर्न भने जरूरी रहेको बताए। प्रचण्डकै नेतृत्वमा जनयुद्ध, शान्ति प्रक्रिया र संविधान निर्माण भएको र समाजवादको आधार बसाउन अझै केही समय उनको नेतृत्व आवश्यक रहेको उनको भनाइ थियो। ‘हामी अध्यक्ष प्रचण्डको नेतृत्वमा एकताबद्ध र गोलबन्द छौं। कमरेड प्रचण्ड परिवर्तनको राजनीतिको ब्राण्ड हो, हामीले उहाँलाई ब्राण्डका रूपमा स्थापित गरेका छौं। उहाँको ब्राण्ड भ्यालु राम्रो छ,’ उनले भने। यद्यपि अध्यक्ष प्रचण्डले पनि आफूलाई रूपान्तरणको प्रयत्न भने गर्नुपर्ने बताए। पुनले पटक पटक मन्त्री, सांसद भएका…