२३ जेष्ठ २०८२ २०:४१
२३ जेष्ठ २०८२ २०:४१
घनराज खड्का/ सल्यान दार्मा गाऊँपालिका ५ मा रहेको उज्यालो युवा क्लब सामाजिक गतिविधिहरू सञ्चालन गर्दै आएको स्थानीय क्लबले बिहिवार जनकल्याण आधारभूत विद्यालय, भालुमारेमा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेकोछ। क्लबका सचिव घनराज खड्काको नेतृत्वमा सम्पन्न कार्यक्रममा बालविवाह तथा वर्षाका कारण उत्पन्न हुन सक्ने जोखिमबारे विद्यालयका विद्यार्थीहरूलाई जानकारी दिइएको थियो। कार्यक्रममा सहभागी विद्यार्थीलाई सचेतना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न क्रियाकलापहरू पनि सञ्चालन गरिएका थिए। उक्त अवसरमा विद्यालयस्तरीय खुला हाजिरीजवाफ प्रतियोगिता समेत आयोजना गरिएको थियो, जसमा ६ टिमको सहभागिता रहेको थियो। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टिमलाई प्रमाणपत्रसहित करिब १५ सय रुपैयाँ बराबरको पुरस्कार वितरण गरिएको क्लबले जनाएको छ। कार्यक्रमको समापनमा विद्यालय परिवारले क्लबको प्रयासको प्रशंसा…