२७ चैत्र २०८१ १३:५८
२७ चैत्र २०८१ १३:५८
टेक मगर रोल्पा, वैशाख २८ – सुनिल स्मृति गाउँपालिका–५ अन्तर्गत काप्झिङ्ग र बुद्रीबास बस्तीमा बिहीबार राति करिब १२ बजे आएको भीषण हावाहुरीसहितको चट्याङले ठूलो क्षति पुर्याएको छ। चट्याङको प्रहारबाट रोल्पा नगरपालिका–१०, धवाङ कुतिवाङ निवासी जम्के खत्रीकी १६ वर्षीया छोरी धनमाया खत्रीको घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ। यस दुखद घटनामा तिक बहादुर खत्रीका १५ वर्षीय छोरा नवीन खत्री र बुद्रीबास निवासी तिक बहादुर घर्तीकी १३ वर्षीया छोरी लिला घर्ती गम्भीर घाइते भएका छन्। उनीहरूको स्थानीय स्तरमा तत्काल उपचार भइरहेको जनाइएको छ। यस घटनामा प्रबल घर्तीका दुई वटा बाख्रा समेत चट्याङ लागेर मरेका छन्। चट्याङका कारण मानवीय तथा पशुजन्य क्षति हुनुका…