Yug Post

Day: ७ फाल्गुन २०८१ १६:१४

राजनीतिक दल र  उम्मेदवार इमानदार नहुँदा निर्वाचन महंगो  : थपलिया

राजनीतिक दल र उम्मेदवार इमानदार नहुँदा निर्वाचन महंगो : थपलिया

  प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राजनीतिक दल र तिनका उम्मेदवार इमानदार नहुँदा निर्वाचन प्रणाली महँगो भएको बताउनुभएको छ । नवौं निर्वाचन दिवस २०८१ का अवसरमा आज आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन व्यवस्थापन लागत कम रहे पनि राजनीतिक दल तथा उम्मेदवारहरूले आफूले गर्ने खर्चलाई देखाएर निर्वाचन प्रणाली महँगो भएको भन्ने खराब भाष्य स्थापित गरिरहेको बताउनुभयो । ‘चुनाव महँगो भएको भन्ने गलत भाष्य निर्माण गरिन्छ भने त्यो राजनीतिक दल र उम्मेदवारहरूको इमानदारितामाथिको प्रश्न हो । निर्वाचन प्रणाली महँगो भयो भन्ने उम्मेदवारहरूलाई मैले सोध्ने गरेको छु– तिम्रो बेइमानीको खास्टो मेरो प्रणालीमाथि ओढाएर ओभानो हुने दुस्साहस नगर्नू’, उहाँले भन्नुभयो । चुनावका…
Read More
दाङमा बस दुर्घटना १५ जना घाइते

दाङमा बस दुर्घटना १५ जना घाइते

फागुन ७ दाङ – दाङमा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । सुर्खेतबाट काठमाण्डौका लागि छुटेको कर्णाली प्रदेश ०००१ ख ०७०१ नम्बरको रात्रीबस दाङको बबई गाउँपालिका–२ ट्वाङखोलामा गएराति ९ बजेतिर दुर्घटना भएको इलाका प्रहरी कार्यालय खिलतपुरले जनाएको छ । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । बसमा ६० जना भन्दा धेरै यात्रु रहेका प्रहरीको अनुमान छ । बस अनियन्त्रित भएर पल्टिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search