२ कार्तिक २०८१ १९:२५
२ कार्तिक २०८१ १९:२५
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेका छन्। कास्की जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेलगत्तै नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान व्युराे (सिआइबी)ले उनलाइ पार्टी केन्द्रीय कार्यालय च:मतीबाट पक्राउ गरेकाे हाे। उनलाई पक्राउ गरे लगत्तै सडकमार्ग हुँदै कास्की लगिने प्रहरीले जनाएकाे छ। पक्राउ पर्नु अगाडि कार्यकर्ता र संचारकर्मिलाई सम्बोधन गर्दै भने ´मैले केही कमजोरी गरेको छैन। तर सम्मानित अदालतको सम्मान गर्छु। ` यो सरकार को दादागिरीको विरुद्ध डटेर लड्न कार्यकर्ता निर्देश पनि दिएका छन् ।