५ भाद्र २०८१ ०८:४२
५ भाद्र २०८१ ०८:४२
काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशभर पानी परेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तरतर्फ सरेकाले देशभर मनसुनी वायु सक्रिय भएर पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले सात वटै प्रदेशका केही ठाउँमा पानी परिरहेको छ । पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै बाराको सिमरा विमानस्थलको जल मापन केन्द्रमा १ सय २८ मिलिमिटर वर्षा मापन भएको छ । पर्साको रङ्गापुर टांडी बजारमा १ सय १७ दशमलव ८, कैलालीको धनगढीमा ९८ दशमलव ४, कञ्चनपुरको सुन्दरपुरमा ९८, बाराको कोल्भीमा ९० दशमलव ४, कञ्चनपुरको हनुमान नगरमा ८४ दशमलव ४, लमजुङको बेसीशहरमा ६६ मिलिमिटर पानी परेको छ । यस्तै…