Skip to main content

Yug Post

प्रमुख समाचार

दाङको जुम्लेपानीमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

दाङको जुम्लेपानीमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

दाङ, २ कार्तिक। दाङको बंगलाचुली गाउँपालिको जुम्लेपानीमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालिका वडा नं.७ निवासी प्रभु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता ईश्वर थापाले बताए । चुनढुँगा लिन जान लगेको रा १ ख १८५७ नम्बरको टिपर घोराही–तापा सडक खण्ड अन्तर्गत जुम्लेपानीमा दुर्घटना भएको हो।
Read More
समय सन्दर्भमा : ३ प्रश्न

समय सन्दर्भमा : ३ प्रश्न

१ .दशै तथा दीपावली प्रति तपाईको दृष्टिकोण के हो? दशै प्रकृति संग सम्बन्धित  पर्व हाे । बर्षा ऋतु सकिएर शरद ऋतु लाग्दा शुरु हुने पर्व हाे । बर्षातकाे कालरात्री जितेर स्वच्छ शरदकाे उज्यालोमा प्रवेश गरेको खुसियालीमा मनाइने पर्व हुन दशै र तिहार वा दिपावली । जेठ असारमा लगाएको बाली भित्र्याउने र भित्र राखेको बिउ छर्ने समय भएकोले दशैमा जमरा राख्ने चलन चलेको हाे । याे एक त अहिले छर्ने अन्नपात काे अवस्था कस्तो छ ? साल समय कस्तो छ ? भनेर गरिने परम्परागत बिउ परिक्षण हाे, भने अर्को स्वास्थ्यका रुपले बर्षमा एकदिन मात्रै भए पनि जमरा नखाए पनि कानमा वा…
Read More
मनकामना केबलकार भोलिदेखि तीन दिन बन्द

मनकामना केबलकार भोलिदेखि तीन दिन बन्द

काठमाण्डौ – मनकामना केबलकार भोलिदेखि तीन दिन बन्द हुने भएको छ । मर्मत सम्भारका लागि भोलिदेखि कात्तिक १ गतेसम्म बन्द हुने भएको हो । मर्मत सम्भारका साथै केबलकारको लठ्ठासमेत छोट्याउने कामका लागि असोज २९, ३० र कात्तिक १ गतेसम्म तीन दिन बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिनुभयो । उहाँका अनुसार केबलकार कात्तिक २ गतेबाट नियमित सञ्चालनमा आउनेछ । प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि  २०५५ मङ्सिर ८ गतेदेखि मनकामना केबलकार सञ्चालनमा आएको हो ।
Read More
समय सन्दर्भमा : ३ प्रश्न

समय सन्दर्भमा : ३ प्रश्न

१- नेपालीहरुकाे प्रमुख चाड दशै  प्रति तपाईको दृष्टिकोण के हो ? मेरो दृष्टिकोणमा दशैं तथा दिपावली  सामाजिक संस्कृति हुन्। संस्कृतिको रुपमा मनाउनु पर्दछ। तर आज भोलि संस्कृतिमा समेत राजनीतिकरण अनि व्यापारीकरण भएको छ। यस्तो हुनु सकारात्मक पक्ष होइनन्। २-तपाईंले दशैलाई कसरी मनाउदै हुनुहुन्छ? विशुद्ध सामाजिक  सदभाव र संस्कृतिको रूपमा मनाउँछु। दर्शन या सिद्धान्तको रुपमा मान्दैन। ३- हिन्दु नेपालीहरु देश तथा विदेशमा दशै मनाउँदै छन याे अवसरमा जनतालाई के  सन्देश दिनुहुन्छ ? दसैं  हाम्राे चाडपर्वहरुको हकमा हामीले मुख्यतः निम्न विषयमा ध्यान दिनु पर्दछ भन्ने ठान्दछु। पहिलो,परम्परागत चाडपर्वहरुका अवैज्ञानिक र रुढीवादी पक्षहरुलाई हटाउँदै जानु पर्दछ। दोस्रो,चाडपर्वहरू किफायती र सरल  बनाउनु पर्दछ। तेस्रो,भुइँ…
Read More
कुलमान हटाउन सरकारको तयारी , रकम बुझाउन  ४९ उद्योगलाई कुलमानको अल्टिमेटम

कुलमान हटाउन सरकारको तयारी , रकम बुझाउन ४९ उद्योगलाई कुलमानको अल्टिमेटम

काठमाडौ , २४ असोज- विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले बुधबार १५ बुंदे स्पस्टीकरण सोधेका छ। यता बिहीबार डेडिकेटेड र ट्रंकलाइन बापतको विद्युत महसुल ८ कात्तिक भित्र बक्यौता रकम बुझाउन ४९ उद्योगलाई नेपाल विद्युत् प्राधिकरणले अल्टिमेटम दिएको छ। के पि ओली प्रधानमन्त्री भनेको केहि दिनमै प्राधिकरण विरुद्ध उधोगिहरु महसुस नतिरेर लाइन जोडिदिन बिन्ती चढाएका थिए त्यसपछि ओलीले उर्जामन्त्री दीपक खड्कासहित प्राधिकरण सन्चालक समितिलाई काटिएका उद्योगको लाइन तत्काल जोड्न निर्देशन दिए । प्राधिकरणले त्यसरी छुट दिन नसकिने अडान लिएपछि ओलीले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई  हटाउन खोजेका थिए त्यस प्रकरणमा सरकारको चर्को आलेचना भयो । महसुल छुट दिने आफ्नो योजनामा असहयोग गरेपछि ओलीले…
Read More
कविता:शुक्ष्मदर्शक यन्त्र

कविता:शुक्ष्मदर्शक यन्त्र

स-साना मिलेर ठुलो रुप लिएका अनेक थरी रोग फैलाउने किटाणुहरु जस्तै समाजमा फैलिरहेका असमानताका किटाणुहरु विभेदका किटाणुहरु अन्यायका किटाणुहरु विकटताले विनाश निम्त्याएका किटाणुहरु यत्र तत्र छरपस्ट छरीएर भयंकर छन् । जस्लाइ फराकिलो रुपमा हेर्नुपर्ने छ । सामाजिक सुरक्षाको सुक्ष्मदर्शक यन्त्र द्वारा जसबाट देखिनेछन छर्लङ्ग ती किटाणुहरु र मात्रै नष्ट गर्ने औषधि बन्नेछ जोरजोरले कराइरहेका आवाजहरु डर धम्किको दासी बनी थुनिएका आवाजहरु , चरित्र हत्या नभैदेओस भनी रोकिएका आवाजहरु सुस्त सुस्त हुँदै थकित तीन वर्षका बालिकादेखी तिरहत्तर वर्षका आमाहरुको अर्तनाद रोदनका आवाजहरु बलात्कृत बनी सेलाउन खोजेका मसिना धुमैलो सुनिने आवाजहरु न्याय माग्दा माग्दै अन्यायको लेप लागेर मधुरा बनेका कारुणिक आवाजहरु यी…
Read More
५० किलो लागू औषध चरेस र अफिम सहित रुकुम पुर्वका ३ जना  घोराहीबाट पक्राउ

५० किलो लागू औषध चरेस र अफिम सहित रुकुम पुर्वका ३ जना घोराहीबाट पक्राउ

दाङ २३ असोज । ठुलो परिणाममा लागू औषध चरेस र अफिम सहित रुकुम पुर्वका ३ जना दाङको घोराहीबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङले पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । मंगलबार घोराही उपमहानगरपालिका –१८ मसिना स्थित सितारामको घरबाट पक्राउ परेका हुन् । पक्राउ पर्नेमा रुकुम पुर्व पुथा उत्तरगङ्गा गाउँपालिका– ४ निवासी ३७ वर्षका सुविन्द्र पुन, सोही ठाउँ बस्ने ५१ वर्षका चेतन बुढा र भुमे गाउँपालिका घर भई हाल दाङको घोराही उपमहानगरपालिका –१८ मसिना स्थित सिताराम बन्जाडेको घरमा कोठा भाडामा बस्ने ४२ वर्षकी बिनी पुन रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुको साथबाट प्रहरीले ३८ किलो ९७२ ग्राम चरेस ११…
Read More
रोल्पाको त्रिवेणी ३ लिङदुङमा असोज  २९ गते देखि बृहत  महोत्सव सञ्चालन हुने भएको छ।

रोल्पाको त्रिवेणी ३ लिङदुङमा असोज २९ गते देखि बृहत महोत्सव सञ्चालन हुने भएको छ।

-  रोल्पा । रोल्पाको त्रिवेणी ३ लिङदुङमा असोज २९ गते देखि कार्तिक १३ गते सम्म वृहत् महोत्सव सञ्चालन हुने भएको छ। सयपत्री सदावहार युवा क्लब त्रिवेणी ३ लिङदुङ रोल्पाको आयोजनामा `आफ्नो उत्पादन आफ्नै बजार,कृषि उत्पादन र पर्यटन त्रिवेणी समृद्धिको आधार´ भन्ने मूल नाराका साथ महोत्सवको तयारी गरिएको छ । महोत्सवमा राष्ट्रिय स्तरमा ख्यातिप्राप्त ज्योति मगर देखी स्थानीय कलाकारहरूको जमघट हुने जसले स्थानीय कलाकारहरुको उत्प्रेरित गर्नुको साथै महोत्सवमा सहभागीहरुलाई मनोरञ्जन दिने उद्देश्य राखिएको आयोजकले युगपोष्टसँग बताएको छ। जुगारी चामल भनेर प्रचित भएको तर छाप लिङ्दुङमा उत्पादन हुने स्थानीय खुमल चार धानको प्रचारप्रसारका लागि अतिथिहरुलाई खुमलचार धानको चामलबाट भनेको खिर खुवाउने कार्यक्रम रहेको…
Read More
रोल्पाको सुनिल स्मृति गाउँपालीकाले सुलिचौर र रूइनिबाङ बजारमा  ९ वटा सिसि क्यामरा जडान गर्‍यो

रोल्पाको सुनिल स्मृति गाउँपालीकाले सुलिचौर र रूइनिबाङ बजारमा ९ वटा सिसि क्यामरा जडान गर्‍यो

रोल्पाको सुनिलस्मृति गाउँपालिका सुलिचौर र रूइनिबाङ बजारको विभिन्न ९ स्थानमा सिसि क्यामेरा जडान गरि गाउँपालिका र ईलाका प्रहरी कार्यालय सुलिचौरबाट हेर्न मिल्ने गरि राखिएको छ । आज गाउँपालिका अध्यक्ष मनिराम बुढाथोकीले एक कार्यक्रम गरेर सिसि क्यामराको उद्घाटन तथा निरिक्षण गर्नुभएको छ । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गोबिन्द भट्टराईले बजार क्षेत्रमा हुने विभिन्न प्राकृतिक घटना र कृत्रिम अपराधिक घटनाहरूको अनुसन्धान तथा घटनाको तत्काल छानवीन गर्न सहज हुने र कतिपय गोपनियताका विषयहरूलाई ध्यानमा राख्न सजिलो हुने गापा प्रशासकीय अधिकृतले बताए । सिसि क्यामरा जडान गर्न पालिकाले चालू आ.व.को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत पर्यटन प्रवर्द्धन, वन, वातावरण तथा विपद् व्यवस्थापन उपशाखाबाटरू ५ लाख…
Read More
सिधा कुरा डटकमका प्रकाशक र सम्पादक माफी  मागेर सात दिनमा जेलमुक्त भएका छन् ।

सिधा कुरा डटकमका प्रकाशक र सम्पादक माफी मागेर सात दिनमा जेलमुक्त भएका छन् ।

काठमाडौं । सिधा कुरा डटकमका प्रकाशक युवराज कँडेल र सम्पादक नवीन ढुंगानाले अदालतसमक्ष लिखित माफी मागेर सात दिनमा जेलमुक्त भएका छन् । अदालतको अवहेलनामा नौ न्यायाधीशको बृहत् पूर्ण इजलासबाट दोषी ठहर भएका उनीहरूलाई अदालतसमक्ष लिखित माफी मागे सात दिन र माफी नमागे तीन महिना कैद सजाय तोकेको थियो ।  फैसलाको सतर्तअनुसार उनीहरूले थुनामै बसेर माफीका लागि सर्वोच्च अदालतमा कानुन व्यवसायीमार्फत गत बिहीबार निवेदन दिएका थिए । शुक्रबार फाँटबाट निवेदन स्वीकृत भएको पत्र केन्द्रीय कारागार जगन्नाथ देवलमा पुगेपछि दुवैजना रिहा भएका हुन् । रिहा भएसँगै उनीहरुले ´एउटा समाचार बनाए बापत हामीहरु कारागार बस्नु परेको थियो यस्ता थुप्रै समाचार लेख्नु पर्ने छ।`…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search