Yug Post

एमालेको अध्यक्ष हुनैका लागी राजनीतिमा सक्रिय भए : पुर्व राष्ट्रपति भण्डारी

Advertisement

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा आफ्नो पुनरागमन नेकपा एमालेको नेतृत्व लिनकै लागि भएको बताएकी छन्। अहिले राजतन्त्रात्मक व्यवस्था नभएकाले म सक्रिय हुँदा शेर बहादुर देउवाले आपत्ति जनाउनु आश्चर्य लागेको बताइन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफूले यो कुरा भनिसकेको र पार्टी सदस्यता लिइसकेको उनले बताएकी छन्।

सक्रिय राजनीतिमा फर्केको घोषणा गरेपछि आम सञ्चार माध्यममा पहिलो पटक बिहीबार इमेज टेलिभिजनलाई अन्तर्वार्ता दिँदै भण्डारीले अहिले नै घोषणा गर्ने समय आइनसकेको तर आफू एमालेको अध्यक्ष बन्नकै लागि राजनीतिमा फर्किएको बताएकी हुन्।

पत्रकार जगदिश खरेललाई अन्तर्वार्ता दिने क्रममा पूर्वराष्ट्रपति भण्डारीलाई खरेलले एमालेमा फर्किनुको लक्ष्य अध्यक्ष बन्न हो भनेर प्रश्न गरेका थिए।

जबाफमा उनले भनिन्, ‘तपाईंले भनेको कुरामा सत्यता छ। ११ औं महाधिवेशन तोकिएको छैन। तर यो सार्वजनिक बहसको विषय भइसक्यो। मेरो कुरा त्यही लाइनतिरै जान्छ। समय आउनुपर्‍यो नि!’

एमालेको नेतृत्व लिनकै लागि सक्रिय राजनीतिमा फर्किएको हो भन्ने खरेलको प्रश्नमा भण्डारीले भनिन्, ‘त्यसमा कुनै सन्देह छ र?’ 

दुई कार्यकाल राष्ट्रपति भइसकेको मान्छे राजनीतिमा फर्केर अब प्रधानमन्त्री बन्ने हो भन्ने खरेलको प्रश्नमा भण्डारीले आफू सबै विकल्पका लागि खुला रहेको बताएकी छन्।

‘पूर्वराष्ट्रपतिले लिने सबै सुविधा परित्याग गरेर म जनताको सेवा गर्न र राष्ट्रिय आकांक्षा पूरा गर्न आएकी हुँ। यो वा त्यो भन्ने बेला भएको छैन। जे गर्दा (देशलाई) राम्रो हुन्छ, त्यही गर्ने हो,’ उनले भनिन्

५५ मिनेटभन्दा लामो अन्तर्वार्तामा खरेलले भण्डारीलाई प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीका बारे, कांग्रेस सभापति शेरबहादुर देउवाले उनको राजनीतिमा भएको पुनरागमनबारे राखेको धारणाबारे प्रश्न गरेका थिए।

पार्टी अध्यक्षमा ओली अझै दोहोरिने विश्वास आफूलाई नभएको बताउँदै उनले भनिन्, ‘उहाँ दुई कार्यकाल अध्यक्ष भइसक्नुभयो। मैले चिनेको केपी ओली अझै मै हुन्छु भन्ने खालको होइन। एउटै कक्षाको जाँच दोहोर्‍याएर दिन्नँ भन्ने मान्छे हो उहाँ। उहाँ अध्यक्षमा दोहोरिनु हुन्न भन्ने मेरो विश्वास छ।’ 

अध्यक्ष ओलीले राजनीतिमा भएको आफ्नो आगमनलाई स्वागत नै गरेको दाबी गर्दै भण्डारीले उनीसँग निरन्तर संवाद भइरहेको बताएकी छन्।

‘उहाँसँग निरन्तर संवाद भइरहेको छ,’ उनले भनिन्, ‘मेरो निर्णयलाई उहाँले हार्दिक रूपमा लिएको ठानेकी छु। सकारात्मक छ, ठीक छ भन्नुभएको छ।’

एकै जना व्यक्तिले नेतृत्व सधैं धानिरहन नसक्ने उल्लेख गर्दै उनले आफ्नो टिमको कसैलाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताइन्।

‘मलाई आशा र विश्वास छ, मेरो निर्णयलाई उहाँले स्वागत गर्नुहोला,’ उनले भनिन्।

कांग्रेस सभापति देउवाले पूर्व राष्ट्रपति सक्रिय राजनीतिमा आउँदा प्रणालीमा समस्या आउने बताएको र ओलीले एमालेको संस्थगत चाहना बेगरै भण्डारी राजनीतिमा आउन लागेको बताएका थिए।

त्यसबारे भण्डारीले आफू नेपालको छोरी भएको र अहिले राजतन्त्रात्मक व्यवस्था नभएको उल्लेख गर्दै आफ्नोबारे किन छलफल भयो भन्नेमै आश्चर्य लागेको बताइन्।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search