दाङ जिल्ला स्तरीय ड्राइगन फ्रुट उत्पादकहरुको प्रथम भेलाबाट शोभाराम डाँगीको संयोजकत्वमा तदर्थ समिति गठन भएको छ।
दंगाली ड्राइगन फ्रुट घोराही १८ अकबरेका संचालक श्री दुर्गा बहादुर बुढामगरको अध्यक्षतामा सम्पन्न भेलामा जम्मा १७ जना व्यवसायीहरुको उपस्थितिमारहेको थियो।
भेलाले ड्राइगन फ्रुटको व्यवसायिक उत्पादन र बजारीकरणको बारेमा व्यापक छलफल गरेको छ । आजको भेलामा उपस्थितहरुको विवरण र सहभागी हुन नसक्नु भएकाहरुको बगैचामा यस वर्ष उत्पादन हुनसक्ने अनुमाणित ड्राइगन फ्रुट करिव १५० मेट्रिक टन अनुमान गरिएको छ ।
भेलाले विभिन्न प्रस्तावहरु छ्लफल गरि निर्णयहरु समेत गरेको छ। दाङ जिल्लामा रहेका व्यवसायिक ड्राइगन फ्रुट व्यवसायीहरुको पहिलो बैठकबाट यो व्यवसायलाई अझ दिगो व्यवसायमूखि र नाफामूखि बनाउनका लागि उत्पादकहरुको हकहित गर्दै उत्पादित बस्तुलाई सही रुपमा बजार व्यवस्थापन गर्न दाङ जिल्ला स्तरको तदर्थ समिति गठन गर्ने सहमती बमोजिम तपसिल बमोजिमको तदर्थ समिति गठन गरेको छ जसमा संयोजक श्री शोभाराम डाँगी रहेका छन् भने सदस्यहरुमा श्री दिपक बस्नेत , श्री दुर्गा बहादुर बुढामगर, श्री श्री प्रसाद बुढामगर, श्री रेग बहादुर के सी,श्री खेमराज घर्तीमगर, श्री प्रकाश भट्ट त्यस्तै गरि सल्लाहकारहरुमा नेकपा एस रोल्पा का नेता तथा व्यावसायि हरिप्रसाद घर्तीमगर , माओवादी घोराही का नेता तथा व्यावसायि शक्तीराम डाँगी र माओवादी रोल्पाका नेता तथा युवा व्यावसायि भरत बहादुर बुढामगर रहने निर्णय भएको छ।
त्यस्तै गरि ड्राइगन फ्रुटको यस असार महिनाको लटमा बजार मुल्य र उत्पादनको आधारमा रातोलाई होलसेल मुल्य रु ३५० र खुल्लामा ४०० यसैगरी सेतोलाई होलसेलमा रु ३०० र खुल्ला रु ३५० मा विक्री वितरण गर्ने निर्णय गरियो । यसमा फलको गुणस्तरलाई समेत ध्यान दिनुपर्ने निर्णय गरेको छ।
समितिले सबै व्यवसायीको उत्पादित फल विक्रीको लागि सहजिकरण गर्नेछ र यसरी सहजिकरण गर्दा समितिमा प्रति केजी रु ५ को हिसाबले जम्मा गर्नुपर्ने निर्णय समेत भएको सल्लाहकार भरत बहादुर बुढाले युगपोष्टसँग बताएका छन् ।


