Yug Post

को हुन् मृत्यु शैयामा हुँदा पनि जनप्रतिनिधिको काम गर्छु ,भन्ने गोवर्धन घर्ती मगर ´सागर

Advertisement

शोभाराम राना /रोल्पा – भौतिक हिसाबले यो धर्तीमा कुनै मानिसको स्थायी जिबन छैन। मानिसको मृत्यु हुँदा दुनियाँ स्तब्ध हुन्छ कि खुसी हुन्छ जिवित हुँदा गरेको कर्मले निर्धारण गर्छ । एउटा उखान छ ´राम्रो गर्नेको मलामी धेरै हुन्छन् नराम्रो गर्न कम हुन्छन् । अहिले त सामाजिक संजालमा दुख कतिले व्यक्त गरे भन्ने बाट नापिन्छ ।

दुई दिन अघि थवाङ ५ नम्बर वडाका अध्यक्ष गोवर्धन घर्ती मगर ´सागर`को उपचारका क्रममा निधन भएको खबरले सामाजिक संजालमा छ्याप छ्याप्ती आयो ।
उनको परिचय र समाजप्रतिको योगदान खुल्दै गयो ।
उनले सघन उपचार कक्षमा हुँदा बोलेको शब्दको कारण सबैलाई गहिरो गरि छोएको छ।

गोवर्धन घर्ती मगर (सागर) को निधन भएपछि श्रद्धाञ्जली दिदै पुर्व अर्थमन्त्री वर्षमान पुनले सामाजिक संजालमा यस्तो लेख्छन् …….
´थबाङ गाउँपालिका वडा नं. ५ उवा रोल्पा निवासी, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बाट जननिर्वाचित वडा अध्यक्ष जनयुद्दका योद्धा कमरेड गोवर्धन घर्ती मगर (क.सागर) को उपचारका क्रममा निधन भएकोमा मर्माहत तुल्याएको छ । यस दुखद घडीमा क.सागर प्रति हार्दिक श्रध्दाञ्जली अर्पण गर्दै उहाँका परिवारजनमा समवेदना व्यक्त गर्दछु ।`

जनयुद्धका एक कुशल कमान्डर देखि जनप्रतिनिधि हुँदा सम्म निरन्तर ३५ वर्ष सम्म जनसेवामा समर्पित घर्तीलाई श्रद्धाञ्जली दिदै नेकपा (माओवादी केन्द्र ) रोल्पाका जिल्ला संयोजक रेशम पुन चट्याङ लेख्छन्

´विगत ३५ वर्षदेखि निरन्तर जनसेवा र समाज परिवर्तनको अभियानमा समर्पित रहनु भएका क. सागर जनयुद्धकालीन कुशल कमाण्डर तथा निष्ठावान् क्रान्तिकारी योद्धा हुनुहुन्थ्यो। उहाँले २०६३ देखि २०६५ सम्म रोल्पा जिल्ला YCL अध्यक्षको जिम्मेवारी वहन गर्नुका साथै हाल थबाङ गाउँपालिका–५ का जननिर्वाचित वडाध्यक्षको रूपमा स्थानीय जनताको नेतृत्व गर्दै आउनु भएको थियो। पछिल्लो समय उहाँ पार्टीको थबाङ गाउँपालिका समितिको निर्वाचित उपाध्यक्ष र जिल्ला समन्वय समितिको सक्रिय सदस्यका रूपमा निरन्तर क्रियाशील रहनु भएको थियो।

उहाँको असामयिक निधनले हाम्रो पार्टी, संगठन, समुदाय र सम्पूर्ण जनआन्दोलनलाई अपूरणीय क्षति पुर्‍याएको छ। पार्टीले एक इमान्दार, निष्ठावान् नेता, अनुभवी योद्धा र सच्चा जनप्रतिनिधि गुमाएको छ।

यस दुःखद घडीमा हामी स्वर्गीय क. गोवर्धन घर्ती मगर (सागर) को क्रान्तिकारी जीवन, त्याग र योगदानलाई उच्च सम्मानका साथ स्मरण गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं। साथै उहाँका शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछौं।`

जनयुद्ध उत्कर्षमा पुगेको बेला जनयुद्धको इपिसेन्टर पनि इपिसेन्टररूपमा स्थापित नमुना एरियाको सेक्रेटरीको रूपमा उनी सँगै काम गरेका सन्जिब झाकृले सामाजिक संजालमा यस्तो लेख्छन् ।

´२०५७ असोजमा नेकपा(माओवादी)को तत्कालीन राप्ती उप क्षेत्रले पार्टी र जनसतालाइ नमुना अभ्यास गर्ने तथा केन्द्रीय रुपमा आधार इलाकाको काम गर्ने गरी जलजला वरिपरिका ५ वटा गाबिसहरु मिलाएर नमुना एरिया बनाएको थियो । नमुना एरियाको इन्चार्ज मलाइ र सेक्रेटेरी कमरेड सागरलाइ दिइयो । हामीले थुप्रै केन्द्रीय ,उपक्षेत्र र जिल्लाका योजनाहरु सफलतापुर्बक सम्पन्न गरेको सम्झनाहरु आज पनि ताजैछन । आज बेलुकी मात्र कमरेड सागरको( थबाङ गापा- ५,का वडा अध्यक्ष) निधन भएको खबरले स्तब्ध बनायो । कमरेड सागर प्रति हार्दिक श्रद्दान्जली । परिवार तथा आफन्तजनहरुमा गहिरो समबेदना व्यक्त गर्दछु ।`

निधन हुनु केही दिनअघि राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान दाङको ICU मा अचेत अवस्थामा हुँदा रोल्पाली सेवा समाजको अध्यक्ष डिलाराम ओलिसँग कुरा गर्दा यस्तो भनुभएको थियो।
ओलि :तपाई काहाँ हुनुहुन्छ ?
घर्ती : म अहिले उवामा छु l
ओलि : के गर्दै हुनुहुन्छ उवामा ?
घर्ती :अरु केहि गर्दैन जनप्रतिनिधिको काम गरिरहेका छु जनतालाई सेवा दिइरहेको छु
ओलि :आज सिगनेचर गर्नुभयो ? कि भएन ?
घर्ती :अहिले पनि भैरा छ ।
ओलि :कति जनालाई सेवा दिनु भयो? घर्ती :आवश्यकताका आधारमा गर्दैछु।
जिबनभर जनताको जनजिबिकाको बारेमा लड्दै अन्तिम घडीमा मृत्यु शैयामा चट्पटी हुँदा पनि जनताकै चिन्ता गर्दै बर्बराउने घर्ती जस्ता योद्धाले नै यस धर्ति कमै जन्मिन्छ्न ।

– घर्ती जनयुद्धताका एक कुशल कमान्डर संगठक र व्यवस्थापक हुन ।

– शान्तिपुर्ण कालमा प्रवेश गरेसँगै ६३ देखी ६५ साल सम्म YCL रोल्पाका सफल जिल्ला अध्यक्षका हुन् ।
दुई पटक सम्म वडा अध्यक्ष भएका हुन् ।

– भखरै सम्पन्न नेपपा (माओवादी केन्द्र )का निर्वाचित थवाङ गाउँ कमिटी उपाध्यक्ष थिए।

– माओवादी जिल्ला समन्वय समिति रोल्पाका सदस्य समेत थिए

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search