पार्टीलाई पुनः सशक्त बनाउने उद्देश्यसहित माओवादी केन्द्रले गत फागुन देखि देशव्यापी अभियान चलाइरहेको छ । माओवादी शान्ति प्रक्रियामा आएको १८ वर्षपछि पहिलोपटक पूर्व मेचीदेखि पश्चिम महाकाली सम्म पार्टी नेतृत्व सहितको अभियान सञ्चालन गरिरहेको छ। पछिल्लोपटक २ जेठदेखि सुदूरपश्चिमको बैतडीबाट सुरु गरिएको मध्यपहाडी लोकमार्ग अभियान अन्तर्गत थवाङ पुगेका प्रचण्डले थवाङमा आयोजित विशाल जनसभाको रोस्ट्रममा उभिएर प्रचण्डले बोल्दै भन्नुभयो। “क्रान्तिकारी आन्दोलनको तयारीको रुपमा रोल्पाले मुख्यत थवाङले आफ्नो पहिचान क्रान्तिको किल्लाको रुपमा स्थापित गर्यो ।

त्यतिबेलाको निरंकुश सरकारको फौजी अत्याचारको प्रत्यक्ष सामना गर्ने पहिलो किल्ला बन्यो थवाङ जतिबेला जनयुद्धको अन्तिम तयारीमा थिए मैले इतिहासका सबै क्रान्ति युद्ध अनुभवहरु जति नेपालमा थिए सबैको अध्ययन गर्दै र त्यसको निचोड निकाल्दै गर्दा र त्यसको तयारीको क्रममा विभिन्न जिल्लामा गएर कमरेडहरुलाई प्रशिक्षण गर्दै जादा रोल्पाको एउटा गाउँमा हाम्रो प्रशिक्षण भएको थियो ”

सभामा प्रचण्ड भाषण गर्दै जादा भन्नु हुन्छ “त्यसबेला रोल्पाका केहि महिलाहरू खास गरि मैले सम्झिने लली रोका एउटा सामान्य महिला ,जनजाति महिला उहाँको क्रान्ति प्रति अघात विश्वास ——- भन्ने शब्द भन्दै गर्दा प्रचण्ड भाबुक भएर आवाज विश्वास शब्दमै रोकिन्छ ….. जनसभामा शुन्यता छाउँछ र एक छिन पछि रुमालले आसु पुछ्न खोज्छन् तर नपुछेर आशु आँखामै हराउने कोसिस गर्दै
फेरि आफ्नो भाषणको कडी जोड्दै ….” उहाँको समर्पण भाव यती उचाईमा थियो त्यसले मलाई धेरै दिन सम्म उधेलित बनाई राख्यो ।हामी पढेलेखेका धेरै जान्ने भन्ने मान्छेहरु भन्दा रोल्पाको एउटा सामान्य मगर महिलामा क्रान्ति प्रतिको आस्था विश्वास निष्ठा यति उचाइ हुनसक्छ भने हामीले आफ्नो कर्तव्य पूरा गर्नको लागी त्यसलाई असाधारण प्रेरणाको रुपमा मैले लिएको थिए । जनयुद्धको अन्तिम तयारीको बेलामा ” प्रचण्डले जनयुद्ध वा ग्रामीण वर्गसंघर्षका आँधिमय दिनहरूमा भएका रोल्पा र थवाङका सहिदहरु अझ नजिकबाट चिनेका ललि रोका जसलाई ज्युँदै आँखा निकालेर विभत्सपुर्ण तरिकाले राज्यले मारेको अनि अर्की थवाङकै सम्झना बुढा जसलाई ज्यँदै जलाएर मारिएको थियो ती घटनाको स्मरण गरेपछि प्रचण्ड भावुक हुनुभएको थियो ।

जब नारायण काजी श्रेष्ठले मंचबाट ” शहिदहरुको सपना तिलान्जली दिएका छैनौँ दिदैनौँ । हामीले क्रान्ति को बाटो मात्र फेरेका हौं, शान्तिपुर्ण कार्यदिशाबाट हामी अगाडि बढेका हौँ। क्रान्तिको निरन्तरता जारी छ।बैज्ञानिक समाजवादको लक्ष्य पूरा गरेरै छाड्छौँ । यो हाम्रो पहिलो प्रतिबद्धता हो। ”
“दोस्रो बैज्ञानिक समाजवादको रणनीतिमा एकैपटक पुग्न सकिदैन त्यसैले आज सम्म प्राप्त भएको राजनैतिक परिवर्तनलाई माध्यम र साधन बनाएर राजनैतिक आर्थिक रुपान्तरण विकास र समृद्धि लाई तीब्र बनाउनु छ। शिक्षा स्वास्थ ,खाद्यान्न , बाटोघाटो आवास , खानेपानी जस्ता दैनिक आवश्यकता पूरा गरेर नेपाली जनताको जिबन फेर्नु छ। प्रत्यक्ष अनुभुती गराउनु छ।”
“यस क्रममा केहि परिवर्तन भएका छन् । तर हाम्रो पार्टीको निष्कर्ष के हो भने सामाजिक आर्थिक रुपान्तरण विकास र समृद्धिको प्रक्रियालाई तिब्र पारेर मात्र समाजवादको आधार सक्छौं । त्यसका लागी गर्नुपर्ने काम सुशासन हो भ्रष्टाचार बिरोधि अभियान चलाएर राज्य लुटाहा डाका तस्करलाई कार्वाही गरेर मात्र सम्भव छ।”
” अध्यक्ष कमरेड प्रचण्डको नेतृत्वमा त्यस कारण पछिल्लोपटक सरकारमा जादा एक सुत्रीय मार्गनिर्देशक नारा तय गर्यौँ सुशासन ,समृद्धि र सामाजिक न्याय त्यहीँ नारा लिएर अगाडी बढयौँ। २००७ साल देखीका कहिल्यै कुनै सरकारले गर्न नसकेका ठुल्ठुला काण्ड लाई अनुसन्धान र कार्वाही गरेयौँ।” भनेर ठुल्ठुलो र स्पष्ट आवाजमा श्रेष्ठले भने त्यस पछी उनी गृहमन्त्री हुँदा भुटानी शरणार्थी काण्डका तत्कालीन आफ्नै सत्तारूढ दलका शक्तिशाली पुर्व गृहमन्त्री बालकृष्ण खांन , प्रमुख प्रतिपक्षीय दलको शक्तिशाली नेता टोपबहादुर रायमाझी ,पुर्व गृह सचीव लगायत दर्जनौं काण्डका सयौं व्यक्तिलाई अनुसन्धानमात्र होइन पक्राउ गरेको सभामा सहभागीले स्मरण गरे अनि उनको बोली र ब्यवहारको तादाम्यता मिलेको बुझे पछि केहि समय थवाङगाउँ सिटि , हुटिङ र तालीले तातियो। उनी भाषण सकाएर मंचमा बस्दै गर्दा उनलाई समर्थन गर्दै मुसुक्क हाँसेर प्रचण्डले श्रेष्ठसँग हात मिलाए ।

त्यसपछि जिबन भरी सर्वहारा निमुखा र उत्पीडितका जिबनका बारेमा गित गाउने जिबन शर्माले … छोराछोरी पालेताले यहीँ भारीको भरमा जिबन भरी कहिल्यै सुदृएन कर्म , बैशाखको धुपमा पनि सुख पाइन् मैले ..
सिमली छायामा बसि भरिया लामो श्वास फेरेको भनेर मिठो स्वरमा शब्दमा गित गाउँदै मंचबाट प्रचण्डलाई उठाएर तल सहभागीतिर अगाडी बढे त्यसपछि केहि बेर मंचबाट प्रचण्ड र नारायण काजी उभिएर ताली पिट्दै थिए जब नारायण काजी ताली बजाउँदै जिबन शर्मा भएको तिर अगाडी बढेर नाच्न थाले त्यसपछि नन्दकिशोर पुन पासाङ त्यहीँ गएर नाच्न लागेपछि अनन्त र बलदेवसँगै प्रचण्ड पनि मंचबाट तल झरेर छ्मछ्म नाच्न थालेपछि पम्फा ओन्सरी लगायत सबै नेताहरू र कार्यक्रममा सहभागी सबै नाच्न ,ताली ,बजाउन ,हुँटिङ गर्न थाले पछि माहोल एकाएक भब्य जनसाँस्कृतिक कार्यक्रममा परिणत भयो । ठुलो उत्सव , उत्साह र उमंगमा छायो । यो माहोलले एकातिर जनयुद्ध ताका राज्यको अत्यधिक खोजी लिस्टमा परेका टाउकोको मुल्य तोकिएका सुप्रीम कमान्डर ,डिपुटी कमान्डरहरु , ठुला नेताहरू त्यतिबेला पनि रोल्पाली निर्धक्क भएर जनतासँग बस्थे ,नाच्थे ,गाउँथे भन्ने बुझाउँछ भने अर्काेतिर शान्ति कालमा प्रवेश गरेपछि तीन पटक सम्म प्रधानमन्त्री भएका, उपराष्टपति भएका ,सभामुख भएका गृहमन्त्री भएका , अरु शक्तिशाली मन्त्री भएकाहरु रोल्पाका सामान्य जनतासँग यसरी नाच्दा जनता र नेता बीच भेद छैन । एउटै हैसियत ,एउटै वर्ग ,एउटै जमिन, एउटै जग एउटै मुल ,एउटै परिवार हो भन्ने बुझिन्थो। ”
आमसभाको आन्तरिक प्रभाव
जनयुद्धको सर्बोच्च कमान्डर प्रचण्ड सहितको पुरै हेडक्वाटर सँग लामो समय पछि जनयुद्धकै उदगम स्थल थवाङमा कार्यकर्ताले प्रत्यक्ष साक्षातकार र भेटघाट गर्न पाउँदा जनसभाले पार्टीमा नयाँ उर्जा पैदा गरेको छ । यो उर्जा प्राप्त गर्ने अवसर बन्यो आमसभा बनेको छ।
प्रचण्ड, नारायण काजी श्रेष्ठ ,कृष्ण महरा , अग्नि सापकोटा , नन्दकिशोर पुन , अनन्त ,ओनसरी , पम्फा भुसाल ,सोनाम ,जोखबहादुर महरा ,सिजल लगायत सबै नेताहरू एक जुट भएर थवाङ पुगेपछि पार्टी भित्रको एकता मजबुत छ भन्ने गतिलो सन्देश पैदा भएको छ।

बस्तुको विकास कि विनास भन्ने कुरा आन्तरिक कुरा प्रधान र बाह्य कुरा सहायक हुन्छ भने जस्तै आन्तरिक कुरा नै प्रधान बनाएर प्रचण्डलाई नेकपा (माओवादी केन्द्र )रोल्पा जिल्लाको १२ बैठकको प्रमुख अतिथि बनाएर पार्टीको आन्तरिक कुरा के छ ? खुलेर राख्ने र राख्न लगाउने वातावरणमा तय भयो । त्यहीँ अनुसार नै पार्टीको राम्रा पक्ष र सुधार्नु पर्ने पक्षहरूको खुलेर राख्नु भयो । लेनिनवादी संगठनात्मक सिद्धान्तको हाम्रो पार्टीमा पालाना के कति भएका छन् ? पछिल्लो समय पार्टी भित्रको आन्तरिक चुनावी प्रक्रियाले कस्तो प्रभाव पारेको छ र भबिस्यमा कस्तो प्रभाव पार्न सक्छ ? लगायतका विभिन्न महत्त्वपूर्ण विषयमा रोल्पाका अगुवा कार्यकर्तालाई स्पष्ट पारेको हुँदा आन्तरिक प्रभाव राम्रो परेको छ।

आमसभाको बाह्य प्रभाव
“विरोधीहरुले प्रशंसा गरेभने संझनु कतै भुल त भएको छैन । तर उनीहरुले तिखो आलोचना गरे भने संझनु हामी सही ठाउमा छौ।” भने जस्तै सभा सकिएपछि स्थानीय देखी राष्ट्रिय स्तरका विभिन्न पत्रपत्रिका सम्म सामाजिक संजाल देखि चिया पसल सम्म सभाको बारेमा चर्चा चुलियो । ७५ प्रतिशत सकारात्मक र २५ प्रतिशत नकारात्मक टिप्पणी भए।
नेताले नेतैले स्वागत गरे भनियो यो नितान्त पुर्वाग्रह सहितको टिप्पणी भयो किनकि जिल्ला वासी भएकाले थवाङमा प्रचण्ड लगायतका नेताहरूलाई अनन्त ,ओनसरी र सयौं कार्यकर्ता अनि हजारौं सर्वसाधारण जनताले स्वागत गरेको थिए । आम सभामा उपस्तिथि थोरै थियो भनेर चर्चा गरियो । कार्यक्रमको अघिल्लो रातिदेखि हावाहुरी सहितको अविरल वर्षा ७ गते दिउँसो १२ बज्ये सम्म नै परेको कारण बाटो बिग्रेकोले १९ वटा बस फर्किए भने सयौं बाईक रोकिए अनी सयौं मानिस घरबाट हिंड्नै पाएनन् ।

तर पनि सभामा सहभागीता भब्य थियो । थवाङ भरिभराउ थियो होटेल ,नास्ता पसल अन्य किराना पसलहरुमा राम्रो व्यापार भएको थियो जसले गर्दा थवाङका ब्यापारी ब्यावसायीहरु लावान्धित भएका छन् ।
स्थानीयको सहभागीता २/४ जना मात्र भयो भनेर कतिपयले कार्यक्रमलाई मिनिमाइज गर्न खोजिएको देखियो । त्यसमा सत्यता छैन । थवाङका माओवादी रोल्पा जिल्लाकै संस्थापक सेक्रेटरी सुर्यलाल बुढा , गाउँपालीका अध्यक्ष सविन , गाउँकमिटी इन्चार्ज मौसम रोका र गाउँ कमिटी अध्यक्ष सोर्णिमलाई मात्र गन्ने हो भने ४ जना त भैहाल्छ भन्ने अन्य थवाङका जनप्रतिनिधि र पार्टी कमिटीका मानिसहरु गन्दा कति पुग्ला ? अर्को कुरा गत स्थानीय चुनावमा माओवादी को उम्मेदवार सबिनलाई भोट दिने भोटरको संख्या २१२२ हो त्यो मध्ये आधा मात्र सभामा सहभागी भएपनी लगभग १००० जना थवाङबाट सहभागी भएको छ ।

थवाङका जनताको घर आंगनमा भोलिपल्ट ८ गते एका बिहानै प्रचण्ड लगायतका नेताहरू साधारण ,सरल र सहज तरिकाले पुगेर जतिसक्दो बढी सहिद परिवार र जनतासँग भेटघाट गरेर थवाङीको वास्तविक स्थिति बुझ्ने कोसिस गर्नुभयो ।

अक्सर चुनाव ताका र भुमिगत बेला मात्र गाउँ पस्ने नेताहरू यसरी चुनाव नआउँदै नमस्कार गर्दै सन्चो बिसन्चो खबर सोधदैं आउँदा अन्य पार्टी भन्दा माओवादीमा भिन्नता देखिएको छ। माओवादी पार्टी आफ्नो वर्गतिर ,गाउँतिर ,जमिनतिर र जगतिर फर्किए छ भनेर खुसी भएका थिए । कम्युनिस्ट नेताहरूको लवाई, खावाई ,हिंडाई ,बोलाई ,बसाई जस्ता कार्यशैलीलाई जनताले चासोका साथ हेरेका हुन्छन् ।

अन्तमा : जसरी जनयुद्धको तयारीको बेला प्रचण्डले दिएको प्रशिक्षण त्यसपछिका आँधिमय दिनहरूको सामाना गरेर शतिसाल झैं उभिएर क्रान्तिको किल्ला बनाएको रोल्पा बारे आमसभामा वक्ता बखान गरे त्यसरी नै यो आमसभा र साझँ रोल्पाका अगुवा नेता कर्याकर्तालाई दिएको प्रशिक्षणले समाजवादको आधार तयार गरेपछि अर्को आमसभामा यो थवाङ आमसभाको ऐतिहासिकता र महत्त्व बारे बोलिने छ।
लेखक : शोभाराम राना नेकपा( माओवादी केन्द्र ) लुम्बिनी प्रदेश समिति सदस्य हुन् ।


