Yug Post

त्रिवेणी गाउँपालिका–२ मा फेला परेको सकेट बम नेपाली सेनाद्वारा सुरक्षित रूपमा डिस्पोज

Advertisement

रोल्पा —टेक मगर- त्रिवेणी गाउँपालिका–२ स्थित दहवनमा निर्माणाधीन भगवती माध्यमिक विद्यालयको भवनको जग खन्ने क्रममा फेला परेको सकेट बम नेपाली सेनाले सुरक्षित रूपमा डिस्पोज गरेको छ।

मिति २०८२ साल जेठ ६ गते बिहान ११:०० बजे श्री सूर्यदल गण, लिवाङबाट सेनानी शंकर थापा मगरको कमाण्डमा १/८ को B.D. (बम डिस्पोजल) टोली ना.१ झ.१०३४ नम्बरको गाडीमार्फत घटनास्थलमा पुगेको थियो।

टोलीले आवश्यक सुरक्षा मापदण्ड अपनाउँदै विद्यालय क्षेत्रदेखि करिब २०० मिटर तल रहेको खाल्डोमा दिउँसो १२:४२ बजे उक्त सकेट बमलाई डिस्पोज गरेको जनाइएको छ।

स्थानीय बासिन्दा र विद्यालय प्रशासनले समयमै बम फेला परेको जानकारी दिएर सुरक्षाकर्मीलाई खबर गरेको र सेनाले जोखिम व्यवस्थापन गर्दै घटनालाई सुरक्षित रूपमा समाधान गरेकाले राहत महसुस भएको बताएका छन्।

स्थानीय प्रशासनले बम फेला परेकामा सतर्क रहन र शंकास्पद वस्तु देखिएमा तुरुन्त सुरक्षाकर्मीलाई जानकारी दिन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search