जनयुद्धका सर्वोच्च कमान्डर तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत उच्चतहका नेताहरू जनयुद्धको उदगम स्थल थवाङमा जेठ ६ गते आउँदै छन् ।
झापाको कचनकवल बाट सुरु गरेको जनता सँग माओवादी मधेस तराई जागरण अभियान कंचनपुरमा गएर उत्साहित हुँदै भखरै मात्र समापन गरेको माओवादीले जेठ २ गतेबाट “जनतासँग माओवादी, मध्य पहाडी लोकमार्ग केन्द्रित अभियान” संचालन गर्दै छ् । जस अभियानै अन्तर्गत रोल्पाको थवाङमा आमसभा २०८२ जेष्ठ ६ गते हुने छ। त्यहीँ आमसभालाई सम्बोधन गर्न अध्यक्ष प्रचण्ड कमरेड आउन लागेको रोल्पा जिल्ला संयोजक रेशम पुनले युगपोष्ट सँग बताएका छन् ।
थवाङ गाउँपालिका ,परिवर्तन गाउँपालीका ,सुनछहरी गाउँपालीका लगायत जिल्लाभरबाट पार्टी कार्यकर्ता , समर्थक ,शुभेच्छुक लगायत सम्पुर्ण जनसमुदायको गौरवमय उपस्थितिको लागी माओवादी जिल्ला समन्वय समिति रोल्पाले आह्वान गरेको छ।
प्रचण्डले जहाँ जहाँ पुगे त्यहीँका सहिद परिवार बेपत्ता घाइते अपांगसँग उनीहरु घर आंगनमै गएर भेटघाट छ्लफल गरेका छन् । त्यहाँको ऎतिहासिक ठाउँको अवलोकन तथा प्रबर्द्धनमा गरेका छन् र थवाङमा पनि गर्नेछन् ।


