Yug Post

रुन्टीगढी गाउँपालिका ६ नम्बर वडाको शिक्षक आन्दोलनप्रति ऐक्यबद्धता

Advertisement

टेक मगर ,रोल्पा – नेपाल शिक्षक महासंघको नेतृत्वमा जारी शिक्षक आन्दोलनले सामुदायिक विद्यालयहरूमा पठनपाठन ठप्प हुँदा विद्यार्थी र अभिभावकहरू गम्भीर अन्योलमा परेका छन्। शिक्षा ऐन संशोधन र पेशागत हकहितका मागसहित २०८१ सालको चैत्र २० गतेदेखि सुरु भएको काठमाडौँ केन्द्रित आन्दोलन अझै जारी रहँदा त्यसको प्रत्यक्ष असर विद्यालयको नियमित शिक्षण कार्यमा परेको छ।

यसै सन्दर्भमा रुन्टीगढी गाउँपालिका वडा नम्बर ६ को वडा समितिले २०८२ वैशाख १५ गते बसेको बैठक को पत्रमार्फत आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ। समितिको सर्वसम्मत निर्णय अनुसार शिक्षकहरूको आन्दोलन उचित र न्यायोचित भएको भन्दै घाइते शिक्षकहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

वडा समितिको भनाइअनुसार शैक्षिक वर्ष २०८२ सुरु भएको लामो समय बितिसक्दासमेत विद्यालयहरूमा पठनपाठन सुरु नहुनु गम्भीर विषय हो। विद्यालय नचलेका कारण सयौं बालबालिका र अभिभावक अन्योलमा छन् भने धेरैजसो विद्यार्थीहरू निजी विद्यालयमा महँगो शुल्क तिरेर अध्ययन गर्न बाध्य भएका छन्।

शिक्षक आन्दोलन टुंगोमा नपुगेर अझ लम्बिने अवस्था आएमा सामुदायिक विद्यालयहरूको अवस्था झन् गम्भीर हुने देखिएको छ। यसले बालबालिकाको मौलिक हकजस्तै अनिवार्य, गुणस्तरीय र निःशुल्क शिक्षामाथि प्रत्यक्ष आघात पुग्ने वडा समितिको ठहर छ।

समितिले संघीय सरकारलाई शिक्षकका जायज माग तुरुन्त सम्बोधन गर्न र वार्ता तथा संवादमार्फत आन्दोलन अन्त्य गरी विद्यालयमा शिक्षण कार्य सुरु गर्न वातावरण बनाउने आग्रह गरेको छ। साथै, शिक्षक महासंघलाई पनि नियमित पठनपाठनमा फर्किन पहल गर्न ध्यानाकर्षण गराएको छ।

यसअघि रुन्टीगढी र त्रिवेणी गाउँपालिकाले विद्यालय सञ्चालन गर्न पत्र सार्वजनिक गरे पनि शिक्षक महासंघले त्यसको प्रतिक्रिया स्वरूप आन्दोलन बाध्यता भएको स्पष्ट पार्दै नयाँ शिक्षा ऐन जारी नभएसम्म शैक्षिक तथा प्रशासनिक गतिविधि नगराउने चेतावनी दिएको छ।

विद्यालय सञ्चालन नहुँदा न बालबालिका कक्षा कोठामा फर्कन पाएका छन्, न त अभिभावकहरूले भविष्यप्रति ढुक्क हुन सकेका छन्। आन्दोलन कहिले अन्त्य हुन्छ भन्ने अन्योल कायमै रहेको यो परिस्थितिमा, शिक्षक, सरकार र अभिभावकबीच संवाद र सहकार्य अपरिहार्य देखिन्छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search