Yug Post

यथास्थितिवादी र प्रतिगामी षड्यन्त्रका विरुद्ध प्रचार संयन्त्रमार्फत लड्नुपर्छ

Advertisement

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यक्ष प्रचण्डले यथास्थितिवादी र प्रतिगामी षड्यन्त्रका विरुद्ध प्रचार संयन्त्रमार्फत लड्नुपर्ने जिकिर गरे । 

शनिबार काठमाडौंमा प्रेस सेन्टर नेपालको शपथग्रहण तथा पद हस्तान्तरण कार्यक्रममा बोल्दै प्रचण्डले हिजो जनमुक्ति सेनाले संगठनको रक्षा , पार्टीको प्रचारप्रसार गर्थ्यो। अब यथास्थितिवादीसँग र प्रतिगामी षड्यन्त्रका विरुद्ध प्रचार संयन्त्रमार्फत लड्नुपर्ने बताएका हुन् ।

अर्को सन्दर्भमा उनले चैत्र १५ गतेपछि राजावादीको होहल्ला र रणनीति पूर्णरुपमा असफल भइसकेको र गणतन्त्रबादी सफल भएको बताएका हुन् । 

उनले आउने दिनमा पनि बितण्डा मच्चिन सक्ने भएकाले प्रतिगामीहरुलाई खवरदारी गर्ने जिम्मेवारी सवैको भएको उल्लेख गरे । प्रचण्डले अहिलेको सरकार सुशासनका बिरुद्ध खडा गरिएको बिचौलियाको सरकार भएको दोहररयाए । विद्यालयका लाखौं शिक्षकहरु निरन्तर आन्दोलनमा रहँदा पनि सरकारका नेतृत्व गैरजिम्मेवार ढंगले प्रस्तुत भएको उनले बताए । 

हिजो शिक्षकहरुलाई किन आन्दोलन नगरेको भनेर उस्काउने व्यक्ति अहिले प्रधानमन्त्रीको कुर्सीमा रहेको भन्दै प्रचण्डले प्रधानमन्त्रीले नै शिक्षकहरुलाई अपमानीत गर्ने काम गरेको आरोप लगाए । उनले आफु प्रधानमन्त्री हुँदा शिक्षक, सहकारी र लघुवित्त पीडितहरूको जायज माग सम्बोधन गर्ने पहल गरेको दावी गरे । 

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search