Yug Post

कर्णाली र कृषि जनजीवन

Advertisement

नेपालको भुगोलको सबैभन्दा ठुलो (३०,२११ ) वर्ग कि.मी अर्थात( २१.६ प्रतिशत) क्षेत्रफल ओगटेको कर्णाली प्रदेश ऐतिहासिक तथा विशाल प्राकृतिक स्रोत र सुन्दरता भएको प्रदेश हो । कर्णालीमा कृषि जीविकोपार्जन र व्यवसायिक रुपमा पनि कृषि पेसामा नागरिकहरु जोडिएका छन् । एक सरकारी तथ्याङका अनुसार कर्णालीका ३० प्रतिशत नागरिक मात्रै उत्पादनबाट आत्मनिर्भर छन् । कृषि गणना २०७८ अनुसार कुल कृपक परिवारको ७० प्रतिशत घरपरिवारलाई आफ्नो उत्पादनले खान पुग्दैन। कर्णाली प्रदेशमा खेतीयोग्य जमिनको क्षेत्रफल २,९९,३३९ हेक्टर र प्रतिशतमा ९.९०८ रहेको छ । कृषि र पशुपालनको परम्परा इतिहास कालदेखि कर्णाली क्षेत्रमा चलेका विशाल खस साम्राज्य हुँदै उत्पादित वस्तुको निर्यात गर्ने र घरायसी समान खरिद गर्न जडीबुटी व्यापार तथा च्याङग्रा, भेडा लगायतका पशुपालन र विक्रिवितरण गर्ने गरेको पाइन्छ । धान, गहु, मकै, कोदो, जौ, फापर, उबा, चनो, कागुनो, लट्टे कृषि बाली हुन भने भैसी, गाई, भेडा, बाखा, चौरी, घोडा, च्याङग्रा आदि प्रमुख पशुपालन हुन्। यस्तै उखु, कपास, आलु, अलैची, अदुवा, स्याउ, नासपति, ओखर, आरु, किवी, सुन्तला, कार्गात लगागत यहाँका प्रमुख नगदे तथा फलफुल खेतीहरु हुन् । कर्णाली कृषि र खेतीयोग्य
जमिनको प्रयाप्तता नभएपनि मानिसहरु कृषि पेसामा आश्रित रहनुपर्ने बाध्यता छन् । नेपालमा बहुसङ्ख्यक नागरिक निर्वाहमुखी र केही व्यवसायीक कृषि पेसामा संलग्न छन् । एकाथरी किसानहरु निर्वाहमुखी तथा व्यवसायीक किसानकहरुका बजार भाउ लगायतका समस्या छन् । यद्धपि देशका नागरिकका दैनिक उपभोग्य वस्तु दाल, चामल, तरकारी, दुध, मासु, लगायत वस्तु विदेशबाट आयात गर्नुपर्ने लज्जास्पद अवस्थाबाट देश गुर्जिरहेको छ। उत्पादनयोग्य जमिन बाँझो रहँदै गएको छ यो समस्याबाट कर्णाली पनि अछुत हुनसकेको छैन। कृषि पेसाको आधुनिकीकरण र व्यावसायीकरण गर्नु आजको प्रमुख आवश्यकता हो। कर्णाली खाद्यान्न उत्पादन मात्र नभई जडीबुटी, फलफुल र पशुपालनमार्फत आत्मनिर्भरताको व्यापक सम्भावना छ। भेडा, घोडा, वाखा, चौरी लगायतका पशुपालनका लागि कर्णालीका हिमाली जिल्लामा भएका पाटनहरु प्रयोगमा हुनुका साथै विशाल सम्भावना पनि बोकेका छन् । कृषि उत्पादनका लागि कर्णाली, भेरी, सानीभेरी, ठुलीभेरी, शारदा, हुम्ला कर्णाली, मुगु कर्णाली, तिला, जुवा लगायतका पानीका स्रोत प्रयोग भइरहेको छ भने यी स्रोतको व्यवस्थित उपयोग गर्नुपर्ने योजना आवश्यकता छ । बजारको अभाव, प्रविधी यन्त्रको अभाव, उपयुक्त ज्ञान सिपको अभाव सिंचाई सुविधा अभाव, उत्पादित वस्तु बजार लिन यातायातको पहुंच हुन नसक्नु जटिलताहरु रहेका छन्। हाम्रो देशको ६५ प्रतिशत जनता कृषिमा निर्भर भएपनि कुल बजेटको २.५ प्रतिशत मात्र बजेट छुट्याइन्छ जसले देश कृषि प्रधानको नारामा मात्र सिमीत भएको कुरा प्रष्ट हुन्छ । कृषि क्षेत्रको विकास प्रवर्द्धनसँगै किसानको हकहितको लागि संघ, प्रदेश सरकार, स्थानीय सरकारको भुमिका प्रयाप्त हुन नसकेको प्रष्ट हुन्छ । सरकारले वितरण गर्ने अनुदान, व्याज अनुदान र अन्य सहुलियत लगायतको प्रभावकारितामा प्रश्नहरु खडा भएका छन् । सरकारबाट वितरण गरिएका सहुलियत अनुदान राजनितिक प्रभाव रहनु प्रयाप्त अनुगमन हुन नसक्दा राज्यको बजेट सहि प्रयोग हुन नपाएको अवस्था छ। देशलाई बढ्दो परनिर्भरताबाट मुक्त गर्न भएका प्राकृति स्रोत र साधनको प्रयोगबाट रोजगारी सिर्जना गर्नुपर्दछ । देशमा रोजगारका सम्भावना नदेखेर पलायन लाखौंलाख युवाहरुको स्वदेश र कृषि उत्पादनमा होमिने वातावरण निर्माण गनुपर्छ । खाडी विश्वका अन्य मुलुकमा प्रयोग हुने श्रम पसिना नेपालको खर्चन एकपटक राज्यको निति योजना र युवाहरुको अठोट भएमा नेपालको समृद्धि सम्भव छ । युगौदेखि दासता अन्त्य आत्मनिर्भर कृषि प्रणालीवाट मात्र सम्भव छ। परम्परागत निर्वाहमुखी कृषिको विकल्प आधुनिक र व्यवासायिक कृषि पेशामा आर्कषण बढाउन सकेमा कर्णाली पनि यसको लाभ लिने थुप्रो सम्भावनाहरु छन्। उत्पादित वस्तुको बजारीकरण र प्रशोधन गर्न सकेमा कृषि औद्योगिकरणमा प्रवेश गर्न सकिन्छ। कर्णालीको सयौं प्रजातीको जडीबुट, स्याउ र सुन्तलाको प्रशोधनका लागि उचित भण्डारणको आवश्यकता रहेको छ । यहाँका जडिबुटीबाट आर्युवेदजन्य औषधि तथा फलफुलबाट विविध जुस लगायतका पेव पर्दार्थहरु बनाउन सकिन्छ। कर्णालीका हिमाली जिल्लामा पालन गरिने च्याङग्रा धेरै माग रहेको पाइन्छ। कर्णाली कृषि प्रवर्द्धनका व्यवस्थित गुरुयोजना आवश्यक हिमाली जिल्लाहरुमा जडिबुटी, फलफुल, पशुपालनका रुपमा पहाडी जिल्लालाई पशुपालन, फलफुल र खाद्यान्न उत्पादनको राम्रो सम्भावनाहरु छ ।

आर्गनिक उत्पादन र कर्णाली

कर्णाली प्रदेश अर्गानिक उत्पादनको प्रदेश हो। प्रदेश सरकारको २०७४ फागुन ६ गते अर्गानिक प्रदेश बनाउने निर्णय अनुसार कर्णाली प्रदेश सरकारले अर्गानिक कृषि खेती र अर्गानिक कर्णालीका विभिन्न कार्यक्रमहरु सञ्चालनमा छन् । अर्गानिक कर्णाली कार्यक्रम अन्तंगत यहाँ रहेका लोपन्मुख रैथानेबाली उत्पादन, प्रवर्द्धन, बजारीकरण, उत्पादित वस्तुको भण्डारका लागि शीतभण्डार निर्माण विभिन्न अनुदान लगायतका कार्यक्रम सञ्चालन भएका छन्। कर्णाली प्रदेश सरकारले अर्गानिक कृषि विधेयक २०७५’ प्रदेशसभावाट पारित गरिसकेको छ। कर्णालीको जुम्ला जिल्लामा उत्पादन हुने स्याउ पुर्ण अर्गानिक रहेको छ। यस वर्ष ५० करोड बढीको स्याउ जुम्लाबाट निर्यात गरिएको छ । यसबाहेक कर्णाली कालिकोट लगायतका जिल्लामा पनि व्यावसायिक स्याउ खेती गरिन्छ। दैलेख, सल्यान लगायतका जिल्लामा उत्पादन हुने सुन्तला देशभर प्रसिद्ध छ। कपुरकोटको तरकारी, बाफुखोोलको आलु, हरैको तरकारी, चापा बीउ उत्पादन केन्द्र लगायतका ठाउँ कृषिमा एकदमै प्रसिद्ध छ । नेपालको अदुवा उत्पादनको प्रसिद्ध ठाउँ सल्यानको मालनेटा र टिमुर उत्पादनमा पनि सल्यान जील्ला देशकै पहिलो बनेको छ । भौगोलिक रुपमा देशको सबैभन्दा ठुलो भुगोल भएपनि मानविय बसोवास न्युन हँदा कर्णाली र यहाँको उत्पादनलाई अर्गानिक बनाउने राम्रो सम्भावना छ । कर्णालीका जिल्लाहरु जुम्ला, मुगु, हुम्ला, कालिकोट लगायतका जिल्ला अर्गानिक उत्पादनका केन्द्र बनिसकेका छन्। भित्री मधेस अवस्थित सुर्खेत जील्ला र पहाडी भागमा रहेका सल्यान, रुकुम पश्चिम, जाजरकोट र दैलेख जस्ता जिल्लाहरु पूर्ण रुपमा अर्गानिक बनाउन थप मिहिनेत आवश्यक छ ।
कर्णाली क्षेत्र र उत्पादनमा पहिचान बनाउन सफल चर्चामा रहेको मार्सी धान, मकै, जौ, कोदो, सिमी, फापर, कागुनो जस्ता बालीहरु अर्गानिक उत्पादनका पहिचान हुन् । बजारिया विभिन्न मानव स्वास्थ्यका लागि हानिकारक विषादी प्रयोग मानव स्वास्थ्य संकटउन्मुख भइरहेको सन्दर्भमा कर्णाली अर्गानिक उत्पादनले मानव स्वास्थ्यका लागि हितकरका साथै सकारात्मक कामको सन्देश प्रवाह भएको छ ।
कर्णाली प्रदेश सरकारको पूर्ण अर्गानिक कर्णाली नारा कार्यान्वयनमा हेर्दा पुर्ण हुन नसकेको स्थिति छ ।

कृषि पर्यटनको विशाल सम्भाव्यता

कर्णाली प्रदेश प्राक्तिक, धार्मिक, तथा सांस्कृतिक महत्वको भर्जिन पर्यटकिय गन्तव्य हो । नेपालको सबैभन्दा ठुलो रारा ताल, सिंजा साम्राज्यको केन्द्र र नेपाली भाषाको उत्पतिस्थल, बुलबुले ताल, कुपिन्डेदह, स्यार्पुदह, पचालझरना, शिरस्थान र लिमी उपत्यका लगायत सयौं तालतलैया, हिमाल, नदी लगायतका प्राकृतिक स्रोत र खस राज्यको अवषेश संस्कृति तथा भोटे लगायतको सांस्कृतिक विविधता यहाँका पर्यटकिय आर्कषण हुन्। यी पर्यटन गन्तव्यसँग कृषि पर्यटन महत्वपूर्ण आयामको रुपमा जोडिएको छ । यसलाई अझै सुव्यवस्थित किसिमको योजनामा विकास गनुपर्ने आवश्यता देखिन्छ। जुम्लाको सभ्यता तथा प्राकृतिक मनोरमका लागि गएका पर्यटक मासीं

धानको भात र अर्गानिक स्याउ बगैचामा लटरम्म फलेका देख्दा मोहित बन्दछन्। गुठिचौर पुग्दा भेडा, वाखा, गाई चौरी लगायतको दुध तथा दुधजन्य परिकार र अन्य स्थानीय उत्पादनमा बनेका परिकार यहाँका होमस्टेका पर्यटकको रोजाई बन्दछ। सल्यानको बागचौर नगरपालिका सुन्तला पकेट क्षेत्रमा सिजनमा, सल्यानकै जयतपानीमा स्याउ फलेको हेर्न तथा मालनेटाको अदुवा हेर्नेको लाम नै देख्न सकिन्छ । पर्यटन प्रवर्द्धनको महत्वपुर्ण आयाम कृषि हो कृषिलाई पर्यटनसग जोड्न निकै जरुरी छ। कृषि व्यवसायले आत्मनिर्भर तथा स्थानीय उत्पादन पर्यटकीय रोजाई बन्नु र फलफुल लगायतका उत्पादनले सिजनमा सुन्दरता थपेको हुन्छ। हिमाली जिल्लाका पाटनहरुमा वर्षे याममा भेडा लगायतका वस्तुभाउ चराउन लिने गरिन्छ । जसको सुन्दरतामा रमाउन सकिन्छ । त्यसकारण पर्यटन र कृषि पर्यटनलाई सँगै जोडेर लिनसकेको खण्डमा दोहोरो लाभका कारण कृषि क्षेत्रमा थप आर्कषण पनि बढाउनेछ। विश्व र नेपालमा पनि पर्यटनसँगै कृषि फार्मस्टे तथा उपजको बजारिकरण तथा परिकारका निम्ति पनि होमस्टेहरु सञ्चालन र विकास भइरहेका छन् । नेपाल कृषि पर्यटन प्रवर्द्धनका कार्यक्रमहरु सरकारी तहबाट केही सकारात्मक थालनी र लगानि भएको छ । कर्णाली पर्यटनको प्रमुख गन्तव्य भएकाले कर्णालीसहित देशको समग्र समृद्धिमा महत्वपुर्ण आयाम हाे ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search