Yug Post

अहिलेको आवश्यकता : राजा कि राजनेता

Advertisement

आज भोलि चियापसल , चोक चोक र सामाजिक संजाल देखि संसद सम्म पुर्वराजाको चर्चा छ। पुर्व राजा फकाउनु पर्छ ? राजा आवश्यक छ भन्ने पक्ष र राजा फर्किदैन आवश्यक छैन भन्ने पक्ष बीचको बहसले अझ बढी यो बिषय तातिरहेको छ। राजतन्त्र किन ढलेको थियो ? राजाको पालामा नेपालको स्थिति के थियो ? गणतन्त्र किन आयो ? गणतन्त्रमा जनता असन्तुष्टि किन भए ? मानौं राजतन्त्र फर्किए के हुन्छ ? जनताले के पाउँछन् ? जस्ता यावत् प्रश्नको उत्तर खोजे पछि मात्र सहि बुझाई र न्याय हुन्छ ।

विश्वको इतिहासमा राजाहरू अन्त्य कसरी भयो । त्यतातिर खोद्ल्नु पर्छ । बेलायतका राजा चार्ल्स प्रथमको निरंकुशता र दमनकारी कदम पछि उनको सत्ता गुमेको थियो । उनलाई इच्छाचारी ,मनोमानी र देशद्रोहको मुद्दा चलाएर सेनाको हिरासतमा राखियो। उनलाई पछि १६४९ मा मृत्युदण्डको सजाय सुनाइयो।उनलाई पातलो फिर्फिरे टिसर्टसँग जाडो समयमा रोडबाट मृत्यु दण्ड दिन लग्दै गरेको अवस्थामा दाउरा चिरे झैं बन्चरोले चिरेर मारियो । उनको सजाय कार्यान्वयन गर्न लैजादाको दृश्य बारे अहिले सुन्दा पनि कारुनिक ,निर्ममता लाग्छ ।

फ्रान्सका राजा लुइँसोहौँ का विरुद्ध आन्दोलन बढ्दै जादा जनताले उनी बस्ने बर्सेलेलि दरबार आक्रमण गर्न सक्ने सम्भावना देखिसके पछि उनले अन्तमा संवैधानिक राजतन्त्र स्वीकार गरे देशमा गणतन्त्र आयो । उनी केही समय चुपचाप पनि बसे तर पछि गणतन्त्र उल्टाएर तानाशाही व्यवस्था फर्काउन खोजेपछि त्यो कुराको अनुसन्धान गर्नका लागि एउटा टिम खटाइयो र वास्तविक रुपमा प्रमाणित भयो। त्यसपछि उनलाई १७९३ मा काटेर मारियो ।
यसरी विवत्स तरिकाले काटियो कि उनको खलक वा परिवारबाट कहिले पनि तानाशाही व्यवस्था फर्काउनलाई कोसिस नगरियोस् भनेर उनको शरीरलाई आधा टुक्रा पारेर बीच सडकमा राखियो। ताकि त्यहाँका राजावादीहरूले देखुन् र आगामी दिनमा त्यस्तो हर्कत नगरुन् भनेर राखियो। त्यति मात्र होइन त्यसको ९ महिनापछि उनको श्रीमती महारानी मेरी एन्टोनेटलाई लाई पनि काटियो र त्यसैगरी रोडमा राखिएको इतिहास छ । उनी पहिले जसरी चुपचाप लागेर बसेको थिए त्यसरी नै बसेको भए त्यस्तो दु:खद बिदाई हुने थिएन ।

त्यस्तैगरी रुसको पनि त्यस्तै इतिहास छ।रूसमा लेनिनले नेतृत्व गरेको बोल्सीपिक पार्टीले अक्टोबर क्रान्तिले हजार वर्ष रुसमा चलेको राजतन्त्र र पछिल्लो ३०० वर्षदेखि चलेको रोमानोव वंशको सत्ता फालेर कम्युनिस्ट सत्ता घोषणा भयो। राजालाई जेल हालियो। केही समयपछि ती राजाका ह्वाइटस गार्ड्सको एकीकृत प्रतिरोध गर्दै निकोलस द्वितीयलाई राजा बनाउन खोजेपछि बन्दी बनाइएका निकोलस द्वितीयलाई १९१८ मा उनको सम्पुर्ण परिवारका सदस्यहरू सहित सबैलाई गोली हानेर मारियो र एउटै खाल्डोमा गारियो। ताकि उनको खानदान वा वंशबाट कहिल्यै फर्किने कोसिस नगरोस्।

माथी उल्लेखित जस्तै नेपालका तत्कालीन राजाहरुको शासन व्यवस्था पनि विश्वका अन्य राजतन्त्र जस्तै तानाशाह ,निरंकुश र एकतन्त्रीय नै थियो । राजतन्त्र त्यस्तो व्यवस्था हो जहाँ वंशको पनि जेठो छोराले शासन गर्ने जो जड्याहा ,गंजेडी , अयोग्य र क्षमताविहिन जस्तो भएपनी उसैले नेतृत्व गर्नुपर्ने । अहिलेको जस्तो नेतृत्वको प्रतिस्पर्धात्मक क्षमता प्रदर्शन र जनअभिमतबाट मात्र नेतृत्व चुनिने थिएन ।सरकारी जागीर होस् या अन्य नियुक्ति मनलाग्दै थियो।कलेजका राम्रा राम्रा किशोरी उठाएर लग्ने र जबर्जस्त इज्जत लुट्ने मात्र होइन यदि नमाने मारिदिए पनि केही हुँदैन थियो । नागरिक एकातिर भोकले मर्थे भने अर्कोतिर सामान्य रुघाखोकी ,झाडापखालाले पनी मर्थे। विदेशजादा र आउँदा जेसुकै सामान लिदा पनि उनलाई जेकजाँच हुँदैन थियो त्यसैले अबैध लागुऔषध देखी अन्य बहुमुल्य बस्तु तस्कर उनैबाट हुन्थ्यो ।
तत्कालीन प्रधानमन्त्री सुर्य बहादुर थापाका अनुसार ज्ञानेन्द्रले आफ्नै परिवारको राजा विरेन्द्रलाई असफल बनाउन भुमिगत गिरोह संचालन गरे त्यहीँ गिरोहबाट विश्वभर चरेस जस्ता लागुऔषत व्यापार गर्थे । एक हात जग्गा नभएर नागरिक छ्ट्पटी हुन्थ्यो भने राजासँग लाखौं बिगा जमीन थियो ।

यस्तै खालको राजाको विभेदकारी शैली , हुकुमी व्यावहारले जनता जुरमुराई रहेका थिए यसै बेला माओवादीले २०६२ मा जनयुद्धको घोषणा गर्‍यो । जनयुद्धक अभुतपुर्ण जनताको आकर्षण भयो । हजारौं सर्वहारा वर्गका छोराछोरीले तत्कालीन शाही सत्तासँग लड्दा उच्च सहादत प्राप्त गरे । त्यसको जगमा २०६२/ ६३ सालको १९ दिने जनआन्दोलनमा करोडौं मान्छे सहभागी भए। तत्कालीन गृहमन्त्री कमल थापा र उनका समर्थकले राजाको रक्षा गर्न नसक्ने अवस्था आएपछि राजाले गणतन्त्र स्वीकार गरे
उनलाई सात राजनीतिक दलले उनलाई नारायणहिटि दरबारबाट दारा र नंग्रा भाचेर बाँदर बस्ने नागार्जुनको दरबारमा लगेर भौतिकरुमा शुरक्षित बसालियो ।

त्यसरी सुरक्षित बसालिएको १७ वर्ष पछि त्यसलाई सात दलको कमजोरीको रुपमा लिएर सत्ताको मुख मिठाउँदै हिडिरहेका छन् । ज्ञानेन्द्र विक्रम शाहलाई राम्रोसँग थाहा छ कि त्यतिबेलाको जस्तो मसँग अन्तर्राष्ट्रिय सम्बन्ध छ न त आफ्नै प्रहरी प्रशासन छ न त शाही सेना छ न त जनतालाई आकर्षण गर्न सक्ने भिजन र एजेन्डा छ न त माओवादी जनयुद्धमा जस्तै देश र जनताको निम्ति बलिदानी गर्न सक्ने हजारौं कार्यकर्ताको पंक्ति छ ।न त आन्दोलनको आँधीबेरी सिर्जना गर्न सक्ने ल्याकत छ । न त त्यतिबेलाको जस्तो उम्मेर छ । तर पनि मुर्खता गर्दैछन् ।
बेलायतका राजा चार्ल्स प्रथम, फ्रान्सका राजा लुइँसोहौं र रूसका राजा निकोलस द्वितीयलाई जस्तै नेपालका पुर्व राजा ज्ञानेन्द्र शाहलाई पनि पहिलोपटक छुट दिएकोमा दोस्रोपटक फेरि चुरिफुरी गर्ने हो भने भौतिक रुपमै खतरा हुनसक्छ ।
यस्तो भनिरदा प्रश्न उठ्छ अहिलेको व्यवस्था प्रति आम जनता सन्तुष्टि ,खुसी छन् त ? अवस्थ छैनन् । गाउँमा एउटा भाले चल्ला किनबेच गर्दा देखि केन्द्र सरकार परिवर्तन गर्न सम्म बिचौलिया सक्रिय छन् । एक लाख देखी अर्व सम्मको विकास निर्माणमा घोटाला छ।राम्रो काम गर्नेलाई फाल्ने जालझेल षड्यन्त्र रचेर रातारात फालिन्छ।तत्कालको तितो उदाहरण उज्यालोका नायक भनेर चिनिने कुलमान घिसिङ लाई विद्युत प्राधिकरणको प्रमुखबाट रातारात सरकारले बिना कारण हटाएको छ। जसले १८ घण्टा लोडसेडिङबाट देश लाई मुक्त गरेरकाले उनी जनता माझ अत्यन्तै लोकपि्रय छन् ।उनैलाई कार्यकाल सकिनै लाग्दा बद्नामित हुने गरि सरकारले कार्वाही गरेको छ। सरकारको यस्तै अलोकपि्रय कामकार्यले जनता झन् बढी चिडियका छन् ।
त्यसैले यो संघीय लोकतान्त्रिक गणतन्त्रलाई मर्मत गर्नुपर्ने छ। यो भन्दा राम्रो कार्यक्षमता भएको मेसिन रुपि सामाजिक व्यवस्था समाजवाद नआउँदा सम्म यसैलाई मर्मत गर्नुपर्छ । कर्मचारीतन्त्र ,नेतातन्त्र ,न्यायालयतन्त्र हटाउनु नै मर्मत गर्नु हो। यसका लागि पार्दशिता ,जवाफदेहिता , योग्यता ,क्षमताका ,विज्ञता , दुरदर्शिता , रिस्कता र जोखिमता मोल्न सक्ने राजनेता चाहिएको छ। अहिलेको आवश्यकता राजा होइन राजनेताको आवश्यकता हो।
व्यवस्था कसरी बद्लिन्छ
प्राबिधिक हिसाबले व्यवस्थाको ब्याक गियर हुदैन कहिल्यै उल्टो हिँड्दैन। समाज विज्ञानको हिसाबले पनि व्यवस्थाको उल्टो फर्किदैन सधैं अगाडि मात्र बढ्छ। तत्कालीन व्यवस्था भन्दा उन्नत अग्रगामी व्यवस्था तिर जान्छ । इतिहास फर्केर हेर्दा आदिम साम्यवादी युगभन्दा उन्नत व्यवस्था दास व्यवस्था थियो त्यसैले दास युग आएको थियो ।

दास व्यवस्था भन्दा सामन्तवादी व्यवस्था उन्नत भएकाले सामान्तवादी व्यवस्था आएको थियो । सामान्तवादी व्यवस्था भन्दा प्रगतिशिल उन्नत व्यवस्था संघीय लोकतान्त्रिक व्यवस्था हो। त्यसैले सामान्तवादको विस्थापन गरेर पुँजिवाद भित्रको संघीयता लोकतान्त्रिक व्यवस्था आएको हो। जहाँ समावेशीता, धर्मनिपेक्षता र स्वतन्त्रता छ । जनतालाई सबैभन्दा माथि राखिएको छ । जनता सर्वपरी छन् । सामान्य किसान र भरियाको छोराछोरी राष्ट्र प्रमुख हुन पाउने व्यवस्था छ। अहिलेको व्यवस्था भन्दा उन्नत व्यवस्थाका निम्ति अझ छलाङ हान्नेर लिइने व्यवस्था समाजवादी व्यवस्था हो। प्राबिधिक ,बैज्ञानिक र समाज विज्ञानको नियम कुनै हिसाबले पनि गणतन्त्र राजतन्त्र तिर फर्किदैन। सामान्तवाद तिर पुँजीवाद फर्केदैन बरु समाजवादतिर जान्छ ।

अन्त्यमा
राजा राजा भन्दै हाँ हाँ हुँ हुँ गर्ने मध्ये एकथरी राजाको पालामा अबैध तरिकाले अकुत कमाएका पन्चेहरु छ्न। जो राजाको गुन तिर्न निनको सोझो गर्न आएका छन् । तिनीहरुलाई बाजाबजाएर पुर्वराजा सँगै डाडा कटाउनु पर्छ किनकि राजाको पावरमा जनताको रुवाबासी गराउने पंन्चेहरु नै हुन् र अहिले फेरि तिनीहरु नै मिलेर बसेको समाजलाई भाँजो हाल्न खोज्ने कोहि कसैलाई छुट छैन । अर्कोथरी राज्यको गलत रवैयाका कारण गरीबी ,अभाव , अन्याय र मारमा परेका जनता छन् । उनीहरु राज्यसँग आक्रोशित र असन्तुष्टि छन्। उनीहरु जसले राज्यको बिरोध गरे पनि सहयोग गर्छन् के कारण भन्ने सँग मत्लब हुँदैन । उनीहरु राजा ल्याउनका लागी होइन बाँस गाँस र मुक्तिका लागी असन्तुष्ट हुन् । उनीहरुलाई तत्काल सन्तुष्ट नबनाए दुरुपयोग हुने खतरा छ। यो खतराबाट बचाउन राजनेता आवश्यक छ।

लेखक :शोभाराम राना ,नेकपा (माओवादी केन्द्र ) लुम्बिनी प्रदेश सदस्य हुन् ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search