Yug Post

नव नेपाल क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रिया पुनः अगाडी बढ्यो , नेविसंघको आपत्ति

Advertisement

टेक मगर ,रोल्पा – त्रिभुवन विश्वविद्यालय अन्तर्गत नव नेपाल क्याम्पस, जुगार, रोल्पामा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन प्रक्रिया पुनः अघि बढाउने निर्णय गरिएको छ।

यसअघि, मिति २०८१ फागुन २७ गते उम्मेदवारी दर्ताका क्रममा विभिन्न विद्यार्थी संगठनहरूबीच आपसी असमझदारी उत्पन्न भई निर्वाचन प्रक्रिया अवरुद्ध भएको थियो। तर, त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी कल्याणकारी तथा खेलकुद निर्देशनालय अन्तर्गत स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिको मिति २०८१ चैत ५ गतेको पत्र (सङ्ख्या ३२२/०८१/०८२) अनुसार सम्बन्धित पक्षहरूले आपसी समझदारी कायम गर्दै रोकिएको अवस्थामा नै निर्वाचन प्रक्रिया पुनः सञ्चालन गर्ने निर्देशन प्राप्त भएको छ।

निर्देशनानुसार, जहाँबाट रोकिएको हो त्यहीँबाट प्रक्रिया अगाडी बढाई स्ववियु निर्वाचन कार्य आगामी १५ दिनभित्र सम्पन्न गर्ने भनिएको छ। तर नवनेपाल क्याम्पसमा छुटेको संघ /संगठनलाई दर्ता गर्ने भनिएको ch

नेविसंघको आपत्ति र निर्वाचन पुनः शुन्यबा सुरु गर्न माग

यसैबीच, नेपाल विद्यार्थी संघ (नेविसंघ) ले नव नेपाल क्याम्पस इकाई कार्यसमिति जुगार, रोल्पाका निर्वाचन अधिकृतलाई पत्र पठाउँदै स्ववियु निर्वाचन सम्पूर्ण प्रक्रियालाई सुरुदेखि पुनः सुरु गर्न माग गरेको छ।

नेविसंघका अनुसार, मिति २०८१ फागुन २७ गते बिहान ११ बजे देखि दिउँसो २ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता गर्नुपर्ने कार्यतालिका रहे पनि तोकिएको समयमा कुनै पनि संगठनले नोमिनेसन नगराएको थियो। तथापि, निर्वाचन समितिले प्रक्रिया पूरा नगरी र कुनै आधिकारिक सूचना ननिकाली साँझ ७:४० बजे अनेरास्ववियु र अखिल क्रान्तिकारीको संयुक्त प्यानललाई मनोनयन दर्ता गराएको थियो।

नेविसंघले दाबी गरेको छ कि उक्त दर्ताको अभिलेख अध्ययन गर्दा निर्वाचन अधिकृतको हस्ताक्षर नभएको तथा सो प्रक्रिया रजिस्टरमा समेत अद्यावधिक नगरिएको पाइएकाले सम्पूर्ण कार्यहरू नियमविपरीत रहेको देखिन्छ।

यस परिप्रेक्ष्यमा, नेविसंघले निर्वाचन प्रक्रियाका सम्पूर्ण कार्यहरू प्रारम्भिक चरणबाटै पुनः सुरु गर्न माग गरेको छ। साथै, यदि प्रक्रिया विपरीतका कार्यहरूलाई त्यसैबाट अघि बढाइएमा संगठनले त्यसलाई मान्यता नदिने चेतावनी दिएको छ। यस्ता गतिविधि दोहोरिएमा त्यसको सम्पूर्ण जिम्मेवारी निर्वाचन समिति र क्याम्पस प्रशासनले लिनुपर्ने नेविसंघले स्पष्ट पारेको छ।

नेविसंघद्वारा बसन्ती भण्डारीलाई संगठनबाट निष्कासन

त्यस्तै, नेपाल विद्यार्थी संघ (नेविसंघ) ले एक प्रेस विज्ञप्ति जारी गर्दै नव नेपाल क्याम्पस इकाई कार्यसमितिकी सभापति बसन्ती भण्डारीलाई संगठनबाट मुक्त गर्ने निर्णय गरेको छ।

विज्ञप्तिमा उल्लेख गरिएअनुसार, भण्डारीले नेपाल विद्यार्थी संघको विधान, नीति र निर्देशन विपरीत कार्य गर्दै संगठनलाई कुनै जानकारी, सम्पर्क वा समन्वय नगरी सांगठनिक हितविपरीतका गतिविधिमा संलग्न भएकाले उनलाई मिति २०८१ चैत ५ गतेदेखि लागू हुने गरी पदमुक्त गरिएको हो।

साथै, नेविसंघले संगठनको नीति र समन्वयविपरीत गरिएका सम्पूर्ण निर्णय तथा भण्डारीद्वारा सम्पादित कार्यहरू खारेज गरिएको जानकारी गराएको छ। विज्ञप्तिमा नेविसंघको तर्फबाट उनको प्रतिनिधित्वमा भएका कुनै पनि निर्णय र सहभागितालाई मान्यता नदिन सम्बन्धित सबै पक्षलाई अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search