राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले काठमाडाैं महानगरलाई एक लाख रुपैयाँ जरिवाना बुझाएको छ ।
पूर्वराजाको स्वागत र्याली गर्दा फोहोर तथा भाैतिक क्षति गरेको भन्दै महानगरले राप्रपालाई एक लाख रुपैयाँ जरिवाना तोकेको थियो । जरिवाना तोकेको दोस्रो दिनै सोमबार राप्रपाले उक्त रकम तिरेको हो ।


